कतार भिसा सेन्टर मङ्सिर २५ गतेदेखि खुल्दै, अपईन्टमेन्ट बुकिङको कार्य सुरु
नेपाल स्थित कतार भिसा सेन्टरको अपेरसन कार्य १० डिसेम्बर (मङ्सिर २५) देखि देखी पुनःसुरु हुने भएको छ । कतार भिषा सेन्टरले दिएको जानकारी अनुसार कतार भिषा सेन्टरले अहिले अपईन्टमेन्ट बुकिंगको कार्य सुरु गरेको जनाएको छ । सेन्टरले एक सूचना जारी गर्दै आम नागरिकहरुलाई सचेत गराएको छ ‘कतार भिसा सेन्टरले कुनै किसिमको रोजगारी प्रस्ताव गर्दैन । कतार भिसा सेन्टरको भूमिका भनेको भिसा स्विकृती गर्नको लागी आवस्यक कानुनी सेवा प्रदान गर्नु मात्र हो । तर पनि बाहिरी एजेन्ट र कतार भिसा सेन्टरका प्रतिनिधिहरुबाट हुनसक्ने कपट्पूर्ण र काल्पनिक रोजगारिको प्रस्ताबहरुप्रती सावधान हुनुहोला ।’
पछिल्लो समय केहि म्यानपावर कम्पनी तथा कतार पठाउने एजेन्टहरुले कतारमा वैदेशिक रोजगारीमा पठाउने क्रममा कतार भिषा सेन्टरमा छुट्टै पैसा तिर्नुपर्ने भन्दै कामदारसँग अशुली मागेको वैदेशिक रोजगार एप मार्फत गुनाशो बढेको छ । सेन्टरले नेपाली कामदारसंग कुनै आर्थिक अशुली नगर्ने स्पष्ट पार्दै आएको छ ।
कतार भिषा सेन्टर काठमाडौं महानगरपालिका ४ महाराजगञ्जमा रहेको छ । सेन्टरले रोजगारीका लागि कतार जाने नेपाली कामदारको भिसा, स्वास्थ्य परीक्षण र कामदारको औंठा छाप सेवा दिँदै आएको छ । यसका अलावा सेन्टरमा कामदारले सक्कली करारपत्रमा हस्ताक्षर गर्ने प्रकृया पूरा गर्न पाउछन् ।
यसैगरी सेन्टरमा कागजात स्क्यानिङ, मेडिकल, बिमा र भिसा प्रोसेसिङका कामहरु पनि हुन्छन् । नेपालमा भिषा सेन्टर हुनुअघि माथिका सबै काम कतारमा हुने गर्थे। अहिले यी सबै काम नेपालबाट पूरा हुन्छन्, जसका कारण नेपाली कामदार कतार पुग्नासाथ आफ्नो परिचयपत्र पाउने वयवस्था छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
