समताकी अस्मितालाई आइग्लोनमा पढ्ने अवसर
काठमाडौं, मंसिर २५ । संसारकै राम्रो र महँगो स्कूलमा पढ्ने रहर कसलाई नहोला र ? धनी परिवारका छोराछोरीले पैसाकै बलमा भएपनि महँगो स्कुलरकलेज ताक्छन् तैपनि सबैले अवसर पाउँदैनन् । त्यसमाथि गरिबका छोराछोरीले त झन् कसरी कल्पना गर्नु ? संसारकै महँगो र उत्कृष्टमध्येको एक अन्तर्राष्ट्रिय कलेजमा नेपालबाट एक विपन्न परिवारकी छोरीले पढ्ने अवसर पाएकी छन् ।
उनी हुन् चितवनकी १५ वर्षीया अस्मिता अधिकारी । उनले स्विट्जरल्यान्डको आइग्लोन कलेजमा चार वर्षका लागि निःशुल्क छात्रवृत्तिमा पढ्ने अवसर पाएकी हुन् । जोन कर्टेलले १९४९ मा स्थापना गरेको उक्त कलेज संसारकै विशिष्ट कलेजमध्येमा गनिन्छ ।
भारतीय अभिनेता अमिताभ बच्चनका छोरा अभिषेक बच्चनले समेत त्यहीं पढेका थिए । नेपालबाट व्यापारी उपेन्द्र महतोकी छोरीले मात्रै त्यहाँ पढ्ने अवसर पाएकी छन् । अब अस्मिता पनि त्यही कलेजमा जाँदैछिन् जहाँ वार्षिक एक करोडभन्दा बढी शुल्क लाग्छ ।
पढाइ र प्रतिस्पर्धामा अब्बल भएका कारण अस्मिताले उक्त कलेजमा निःशुल्क पढ्ने अवसर पाइन् । समतामा सय रुपैयाँ शुल्कमा पढेकी उनले वार्षिक एक करोड शुल्क लाग्ने कलेजसम्मको यात्रा तय गरेकी छन् । नागरिक दैनिकबाट
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
