विभागले भन्यो : ‘भिजिट भिसाका लागि राहदानी वा रकम बुझाएकाहरु तीस दिनभित्र सम्पर्कमा आउनुहोस्’
काठमाडौँ । वैदेशिक रोजगार विभागले भिजिट भिसामा रोजगारीको लागि विदेश गएका वा गएर अलपत्र परेका वा जाने भनी राहदानी वा रकम वुझाएका व्यक्तिहरुलाई सम्पर्कमा आउन अनुरोध गरेको छ । विभागले मंगलबार एक सूचना जारी गर्दै अवैधानिक रुपमा भिजिट भिसाबाट वैदेशिक रोजगारमा गएका वा गएर अलपत्र परेका वा जाने भनी राहदानी वा रकम बुझाएका व्यक्तिहरुलाई तीस दिन भित्र यथेष्ट प्रमाण सहित विभागमा निवेदन दिन आग्रह गरेको हो ।
भिजिट भिसामा पठाएको वा पठाउने म्यानपावर वा व्यक्ति वा ट्राभल एण्ड टुर्सको स्पष्ट नाम ठेगाना सहित वैदेशिक रोजगार विभाग वा नजिकको श्रम तथा रोजगार कार्यालय वा जिल्ला प्रशासन कार्यालयमा उजुरी दिनुहुन वा विभागको अनुगमन शाखाको इमेल ठेगना Monitoring@dofe.gov.np मा इमेल गरि उजुरी दिनको लागि विभागले अनुरोध गरेको छ ।
“पछिल्लो समय विभिन्न इजाजतपत्रवाला (म्यानपावर)संस्थाले खाडी लगायत अन्य मुलुकमा वैदेशिक रोजगारको लागि पठाइदिने भनि विभिन्न व्यक्तिहरु सँग राहदानी र चर्को रकम असुल गरी भिजिट भिसामा अवैध तरिकाले पठाउने गरेको भन्ने प्राप्त सूचना एवम उजुरीको आधारमा विभागवाट खटिइगएको आकस्मिक अनुगमन टोलीले विभिन्न म्यानपावरमा र ट्राभल एण्ड टुर्समा आकस्मिक अनुगमन गर्दा वैदेशिक रोजगारको लागि भिजिट भिसा मार्फत व्यक्तिहरु पठाउने गरेको प्रमाण फेला पारी आवश्यक कागजात नियन्त्रणमा लिई हाल सो कार्यमा संलग्न संस्था उपर छानविन भइरहेको क्रममा वैदेशिक रोजगारीको लागि भिजिट भिसामा गई अलपत्र परेका र जाने भनी रकम र राहदानी बुझाएका व्यक्तिहरुवाट आफूहरु ठगीमा परेको भनि विभाग समक्ष उजुरी प्राप्त भइरहेको छ” विभागद्वारा जारी गरिएको सूचनामा उल्लेख छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
