दीपेन्द्रसँग विवाह नजुरेपछि अविवाहित बसेकी सुप्रिया शाहको जर्नेलसँग विवाह
काठमाडौं, २५ मंसिर । तत्कालिन युवराज दीपेन्द्र शाहसँग विवाह नजुरेपछि अविवाहित नै रहेकी सुप्रिया शाहले विवाह गरेकी छिन् । उनले विनयविक्रम राणासँग विवाह गरेकी हुन् । राणाको यसअघिको पत्नीसँग पारपाचुके भएको थियो । त्यसपछि अविवाहित रहँदै आएकी सुप्रियासँग मंसिरमै विवाह भयो ।
सुप्रियाका पिता प्रदीपविक्रम शाह पनि पूर्व सैनिक हुन् । उनी पूर्व रानी रत्नका अंगरक्षक थिए । सुप्रियालाई तत्कालिन रानी ऐश्वर्याले खुबै मनपराएकी थिइन् । तत्कालिन अधिराजकुमारी श्रुतीकी साथी हुन् सुप्रिया । उनको दीपेन्द्रसँग पनि सम्बन्ध जोडिएको थियो । तर, दीपेन्द्रले भने पशुपतिशमशेर राणाकी छोरी देवयानीलाई मन पराए । दरबारहत्याकाण्डपछि देवयानी विवाह गरी भारत पुगिन् । सुप्रिया भने अविवाहित नै बसिन् । २० वर्षपछि बल्ल उनको विवाह जुर्यो ।
सुप्रियासँग विवाह सम्बन्ध गाँसेका विनयविक्रमको तत्कालिन राजा वीरेन्द्रका अंगरक्षक शान्तकुमार मल्लकी छोरी साधना मल्लसँगको सम्बन्ध टुटेको थियो । सम्बन्ध टुटेपछि विनयको सुप्रियासँग विवाह भएको छ । उनी हाल दुई तारे जर्नेल भएर पश्चिम पृतनाका पृतनापति छन् । उनी प्रधानसेनापति पूर्णचन्द्र थापाले रुचाएका जर्नेल हुन् ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह

