अमेरिकामा कोरोना बिरुद्धको खोप फाइजरको प्रयोग अनुमति दिन सिफारिस
जानकारी केन्द्र
२०७७, मंसिर, २६
मंसिर २६, काठमाडौं | विश्व महामारीको रुपमा फैलिएको कोरोनाभाइरस बिरुद्ध फाइजर-बायोएनटेकको खोपलाई आपत्कालिन रूपमा प्रयोग गर्न अमेरिकी खाद्य तथा औषधि नियामक एफडिएलाई चिकित्साविज्ञहरूले सुझाव दिएका छन् |
खोपको राम्रो नराम्रो पक्ष पत्ता लगाउन बनेको २३ सदस्यिय विज्ञहरूको टोलीले उक्त सुझाव दिएको हो | यसघि बेलायत,क्यानाडा, बहराइन र साउदी अरबले फाइजरको खोप सर्वसाधारणका लागि प्रयोग अनुमति दिइसकेका छन् |
उक्त खोपलाई एफडिएका खोप प्रमुखले औपचारिक स्वीकृति दिन बाँकी रहेको छ जुन आउँदा केही दिनमा हुने अपेक्षा गरिएको छ | अमेरिकाको सङ्घीय सरकारको खोप वितरण कार्यक्रम अपरेसन र्याप स्पीडले खोप स्वीकृत भएको २४ घण्टामै खोप वितरण सुरु हुने जनाएको छ |
अमेरिकामा बुधबार सबैभन्दा बढी मानिसको मृत्यु भएको दोश्रो दिन बिज्ञयहरुको टोलीले उक्त सुझाव दिएको हो |
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
