• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        सोमबार, पुष १४, २०८२
सोमबार, पुष १४, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

लुम्बिनी प्रदेशमा अधिकृत तहका पदपूर्तिका लागि आवेदन खुला

२०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

नेप्से आज घट्यो कि बढ्यो ?

आईकार भी२३ को पहिलो ग्राहक बनिन् चर्चित मोडेल तथा इन्फ्लुएन्सर इभा गिरी

सुपर खुदी हाइड्रोपावरको आईपीओ पुस २१ देखि

यामाहा नेपालकै ठूलो पप-कल्चर फेस्टिभलमा सह-प्रायोजकको रूपमा सहभागीता

क्वालिटी काठमाडौं स्कुल्सको (क्यु के एस) पाँचौं एथलेटिक्स प्रतियोगिता सम्पन्न, खेलमा गणितको नवीन प्रयोग

सुनको मूल्यमा नयाँ रेकर्ड कायम, कतिमा हुँदैछ कारोबार ?

कोशी र गण्डकी प्रदेशमा वर्षासहित हिमपातको सम्भावना

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ४. २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ५. २०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६. रोमाञ्चक फाइनल राउण्डसँगै यामाहाद्वारा प्रस्तुत एनआरआरसी २०२५ को सुखद समापन

  • ७. शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत

  • ८. आज पनि बढ्यो सुनचाँदीको मूल्य, निरन्तर बनाउँदै नयाँ रेकर्ड

  • ९. २०८२ साल पौष १३ गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. पुष्प खेतीमा आधुनिकता : ग्लोबल आइएमई बैंकले दिने भयो ‘हरितगृह कर्जा’

नेपालमा कोरोना निको हुने दर बढ्दो

काठमाडौं, २६ मंसिर । नेपालमा कोभिड–१९ निको दर बढेको पाइएको छ । विश्वका तुलनामा नेपालमा निको हुने दर बढेको हो । बिहीबारको तथ्याङ्कानुसार विश्वमा निको हुने दर ६९.३ प्रतिशत पुग्दा नेपालमा त्यसभन्दा बढी ९४.२ प्रतिशत पुगेको छ । विश्वमा ६ करोड ९२ लाख ५४ हजार ३०० सङ्क्रमित भएका अवस्थामा चार करोड ८० लाख नौ हजार ४३७ जना निको भएका छन् । बिहीबारसम्मको तथ्याङ्कानुसार नेपालमा दुई लाख ४५ हजार ६५० सङ्क्रमितमध्ये दुई लाख ३१ हजार ६०१ जना निको भई घर फर्किसकेका छन् ।

नेपालमा कुनै समय ६०–६२ प्रतिशत मात्र कोभिड–१९ का सङ्क्रमित निको भएकामा अहिले ९४ भन्दा बढी प्र्रतिशत पुगेको छ । विगत दुई महिनाको तथ्याङ्क हेर्दा निको हुने दर ६८ प्रतिशतबाट बढेको देखिन्छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नेपालमा सङ्क्रमितको उपचार सेवा राम्रो भएकाले निको दर बढेको बताए । “अहिले उपचार सेवा पनि राम्रो भएको छ”, उनले भने, “त्यसैले सङ्क्रमितको निको हुने दर पनि बढेको हो ।” गत असोज २८ गते ६८.८ प्रतिशत सङ्क्रमित निको भएका छन् । यस्तै कात्तिक ९ गते ७०.६, कात्तिक १६ गते ७७.६ र कात्तिक २६ गते ८० प्रतिशत सङ्क्रमित निको भई घर फर्केका थिए ।

यही मङ्सिर १९ गतेदेखिको तथ्याङ्क हेर्दा पनि सङ्क्रमित दर बढेको पाइन्छ । मङ्सिर १९ गते ९२.९, २० गते ९३.४, २१ गते ९३.७, २२ गते ९४, २३ गते ९४.१ र २४ गते ९४.३ प्रतिशत सङ्क्रमित निको भएका छन् । बिहीबार मात्र मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कानुसार ९४.२ प्रतिशत सङ्क्रमित निको भएका छन् । सो दिन एक हजार ६४ जना निको भई घर फर्किएका थिए ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा सागरराज भण्डारीले उपचार पद्धति अन्य मुलुकको जस्तो भए पनि अहिले लक्षण नभएका सङ्क्रमित घरमै बसेर निको हुने गरेको बताए । उनले परीक्षण नै कम भएकाले सङ्क्रमित पनि कम हुने भएकाले निको हुने दर बढेको जिकिर गरे।

सशस्त्र प्रहरी बल अस्पतालका डा प्रवीण नेपाल परीक्षण नै कम भएर सङ्क्रमणको दर पनि कम देखिनाले निको हुनेको सङ्ख्या बढेको बताउछन् । “अहिले लक्षण नभएका सङ्क्रमित घरमै बसेर आफैँ निको हुने गरेका छन्”, उनले भने, “अस्पताल आएर उपचार गराउनेको सङ्ख्या पनि कम हुँदै गएकाले निको दर बढेको हो ।”

मृत्युदर कम

यस्तै नेपालमा विश्वका तुलनामा मृत्युदर पनि कम छ । पछिल्लो तथ्याङ्कमा नेपालमा सङ्क्रमितमध्ये ०.६७ प्रतिशत मात्र मृत्यु हुने गरेको पाइएको छ । प्रतिदश लाखमा ५६.५ जनाको मात्र मृत्यु हुने गरेको छ । नेपालमा अहिलेसम्म एक हजार ६६३ जनाको सङ्क्रमणका कारणले निधन भइसकेको छ ।

विश्वमा २.३ प्रतिशत सङ्क्रमितको कोभिड–१९ का कारणले मृत्यु हुने गरेको पाइएको छ । विश्वमा १५ लाख ७६ हजार ८५ जनाको सङ्क्रमणको कारणले निधन भएको छ । रासस

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    लुम्बिनी प्रदेशमा अधिकृत तहका पदपूर्तिका लागि आवेदन खुला
    कोशी र गण्डकी प्रदेशमा वर्षासहित हिमपातको सम्भावना
    शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत

    लोकप्रिय

    २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

    ताजा

    लुम्बिनी प्रदेशमा अधिकृत तहका पदपूर्तिका लागि आवेदन खुला

    २०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

    नेप्से आज घट्यो कि बढ्यो ?

    आईकार भी२३ को पहिलो ग्राहक बनिन् चर्चित मोडेल तथा इन्फ्लुएन्सर इभा गिरी

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • लुम्बिनी प्रदेशमा अधिकृत तहका पदपूर्तिका लागि आवेदन खुला
    • २०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल
    • नेप्से आज घट्यो कि बढ्यो ?
    • आईकार भी२३ को पहिलो ग्राहक बनिन् चर्चित मोडेल तथा इन्फ्लुएन्सर इभा गिरी
    • सुपर खुदी हाइड्रोपावरको आईपीओ पुस २१ देखि

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.