मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
काम गर्दा साबधानी अपनाउनु होला समय मध्ययम रहेको छ । धार्मिक प्रतिष्ठान तथा मन्दिरतिरको यात्रा गर्न सकिने भएपनि बाटोमा दुःख हुन सक्छ, ख्याल गर्नुहोला । पढाइ लेखाइमा मन जाने छैन भने नतिजा अरुकै पोल्टोमा पर्नेछ । माया प्रेममा सामान्य मनमुटाबको अवस्था सिर्जना हुनेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
घर परिवारमा मानसिक तनाव, व्यापारमा घाटा, अध्ययनमा अनावश्यक बाधा अवरोध र काममा अपजस व्यहोर्नु पर्ने छ । सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला, यात्रा घातक बन्न सक्छ । सामाजिक र परोपकारका क्षेत्रमा काम गर्न खोज्दा अवरोध हुनेछ । स्वास्थ्यप्रती समेत सचेत रहनु होला ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्नी बीच मायाको डोरो कसिलो हुनेछ । पारिवारिक यात्रा हुने अधिक सम्भावना रहेको छ भने यात्राका क्रममा बिभिन्न मनमोहक दृष्यहरु मन मुुटुमा कैद गर्न सकिनेछ । पारिवारिक यात्राका क्रममा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
मन पर्ने साथि तथा आत्मिय मित्रका साथमा रमाईलो गफ गरि दिन व्यातित गर्न सकिनेछ । सत्रु परास्त हुनेछन् भने न्यायलयबाट हुने न्यायिक निर्णयहरु तपाईँकै पक्षमा हुनेछन् । बिद्या तथा प्रतिस्पर्धामा तपाईको नाम अग्र पंत्तिमा आउनेछ भने नतिजा आफ्नै पोल्टोमा पार्न सकिनेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
व्यापार व्यावसायमा लगानी गर्नको लागि केहि समय कुर्नु नै राम्रो रहेकोछ । सन्तान तथा आफन्तसँग मनमुटाव सिर्जना हुन सक्छ ध्यान दिनुहोला । खानपानमा ध्यान नदिए स्वास्थ्यमा समस्या देखा पर्न सक्छ । प्रेम प्रशङगमा रमाउन चाहनेहरुका लागी समय मध्ययम रहेको छ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
प्रत्येक काममा बाधाअडचन आउने तथा ढिलो गरी कार्यसम्पादन हुनेछ । मित्र वा नातेदारले अपमानित तुल्याउन सक्छन् ध्यान दिनुहोला । सामाजिक र परोपकारको क्षेत्रमा काम गर्न खोज्दा अवरोध हुनेछ । प्रतिष्ठा प्राप्तिका लागि संघर्ष गर्नुपर्छ । छोटो दूरीको निरर्थक यात्रा हुने योग छ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न सकिनेछ । बन्धुबान्धव र दाजुभाइको सहयोग पाईने हुनाले काम गर्न सहज हुनेछ । वैदेशिक व्यापार, कृषि व्यवसाय र नोकरी गर्नेका लागी समय उत्तम रहेकोछ । माया प्रेममा रमाउन चाहनेहरुका लागी समय उत्तम रहेको छ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
बोलिको प्रभाव घट्ने हुनाले बोल्दा वा कुनै निर्णय गर्दा ख्याल गर्नुहोला । व्यापार व्यावसायमा समय दिन नसक्दा भनेजस्तो आम्दानि गर्न कठिन रहेकोछ । साथिभाई तथा आफन्तहरु तपाईको आलोचना गर्न लागी पर्नेछन् । सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ खानपानमा ध्यान दिनुहोला ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
बिशिष्ट व्याक्तिहरुको भेटघाटले नयाँ योजनाहरु बनाउन सहयोग पुग्नेछ । रोकिएर बसेका तथा पुराना कामहरु हल भएर जाने योग रहेको छ । पढाइ लेखाइमा मन जाने हुनाले अरुभन्दा अग्र पंत्तिमा तपाईको नाम आउनेछ । राजनीति तथा समाजसेवामा समय दिनेहरुका लागी समय उत्तम रहेको छ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
लामो दुरिको यात्राको अधिक सम्भावना रहेकोछ भने विदेशमा उत्पादित सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । सम्मानित काम गरेर चर्चा बटुल्न सकिनेछ भने मान सम्मानमा बृद्धि भएर जाने योग रहेकोछ । काममा व्यास्त हुनुपर्दा पढाइ लेखाइमा तपाईंको उपस्थिति कमजोर रहने छ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
पैत्रिक धन तथा प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ । खाद्यान्न,औषधी तथा निर्माण सामाग्रीको व्यापारमा वृद्धि हुने तथा अन्य सामान्यको कारोबारमा सामान्य मन्दि आउनेछ । कृषि तथा पशुपालनको क्षेत्रमा राम्रो मुनाँफा कमाउन सकिनेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
व्यापार व्यावसायमा लगानी गरि आम्दानी गर्न सकिनेछ । पुराना समस्याहरु केही भए थोरै समय दिएर फत्ते गर्न सकिनेछ । समाजिक काम गर्ने वाताबरण बन्ने तथा मानसम्मान,ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । अध्ययन अध्यापनमा मन जानेछ भने माया प्रेममा प्रिय पात्रसँग नजिक हुन पाउदा मन प्रशन्न हुनेछ ।