पुष १५ गते बुधबार, यस्तो छ तपाईको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
दाजुभाई तथा छिमेकिसँग सामान्य कुरामा मनमुटाव सिर्जना हुनेछ । छोटो यात्रा हुने भएपनि यात्राका क्रममा बिभिन्न बाधा अवरोधहरुको सामना गर्नुपर्नेछ । न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईँको पक्षमा नहुने हुनाले आज मुद्दा मामिलामा सामेल नहुनुहोला । माया प्रेममा धोका तथा बिश्वास घात हुन सक्छ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक पक्ष सबल रहनेछ । मातापिता, मान्यजन वा विशिष्ट व्यक्तिसँग आत्मियता बढ्नेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वद्धि हुनेछ । पारिवारिक माहोलमा जमघट भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
व्यापार व्यावसाय वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । धार्मिक र सामाजिक काममा मन जाने तथा समाजमा राम्रा काम गरि नाम तथा दाम दुवै कमाउन सकिनेछ । घरपरिवार तथा आफन्तबाट साथसहयोग प्राप्त हुनेछ । समयले साथ दिने हुनाले राम्रा अवसरहरू प्राप्त हुनेछन् ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
समय मध्ययम रहेकोले सानातिना सरसामान हराउन सक्ने वा चोरी हुने योग रहेको छ । रकमको कारोबार र लेनदेनमा विवाद आउने सम्भावना छ । ठूलो योजनाहरु केही समयको लागी थाती राख्नु नै उचित हुनेछ । तरपनि काम वा अध्ययनको सवालमा विदेशी भूमिमा हुनुहुन्छ भने समयले साथ दिनेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
बिद्यामा अरुभन्दा पछि परिनेछ भने माया प्रेममा एक अर्कालाई अबिश्वास गर्नाले मनमुटाब बढ्नेछ । व्यापार व्यावसायमा प्रशस्त समय दिएपनि थोरै लाभ लिन सकिनेछ । तरल पदार्थ, पानी तथा पानीसँग सम्बन्धीत व्यावसायमा लगानी गर्दा ध्यान दिनुहोला । दाजुभाई तथा आफन्तजनबाट असहयोग हुनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
व्यापारमा मन्दि आई दैनिकी कष्टकर नहोला भन्न सकिन्न । गलत चिन्तन तथा सोचाईलो कार्य क्षेत्रमा समस्या पैदा हुनेछ । अरुकै लागि रुपैया पैसा खर्चनु पर्नेछ । तरपनि औषधीजन्य तथा दैनिक उपभोग्य बस्तुको खरिद बिक्रिबाट लाभ लिन सकिनेछ । कृषि क्षेत्रमा गरिएको लगानि फस्टाएर जानेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
धार्मिक अनुष्ठान तथा परोपकारजन्य क्रियाकलापमा समय बित्नेछ भने छोटो दुरिको यात्राको तय गर्न सकिनेछ । गहना, कपडा वा धातु जोड्ने समय रहेको छ । शुभ तथा माङ्गलिक कार्यमा सहभागि भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । आत्मविश्वास र हिम्मतका साथ अघि बढेमा भाग्य भावमा रहेको छ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
समय मध्ययम रहेकोले राम्रो बोल्दा बोल्दै बोलीको विपरीत अर्थ लगाई आलोचना गर्नेहरु शक्रिय हुनेछन् । काम वा अध्ययनको शिलशिलामा विदेशी भूमिमा हुनुहुन्छ भने समयले साथ दिनेछ । आलस्य र थकानको अनुभूती हुनेछ । बाटो काट्दा वा भौतिक सम्पतीको प्रयोग गर्दा ध्यान दिनुहोला ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
परिवारका साथ रमाईलो वातावरणमा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर आएपनि खानपानमा ध्यान नदिदा स्वास्थ्य सम्बन्धी समस्या आउनेछ । आलोचना गर्नेहरु बढ्नेछन् भने सानातिना घरेलु समस्याले सताउनेछ । पहिलेको काम तथा मुद्दाहरु पुनह दोहोरिने हुँदा मानशिक तनाब सिर्जना हुनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
सामान्यतया झैझगडा र वादविवादमा फस्ने योग रहेको छ । मुद्दामामिला र दैनिक काममा चुनौतीको सामना गर्नुपर्छ । आफन्त र मित्रवर्गको सहयोग नपाइने काम गर्न गाह्रो महशुष हुनेछ । बन्दव्यापार र साझेदारीबाट राम्रो प्रतिफल प्राप्त गर्न सकिनेछ । न्यायिक निर्णयहरु तपाईँको पक्षमा नआउन सक्छ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
पढाइ लेखाइमा मन जानेछ भने खोज तथा अनुशन्धानको क्षेत्रमा भनेजस्तो नतिजा निकाल्न सकिनेछ । बित्तिय क्षेत्रमा गरिएको लगानिबाट भनेजस्तो आम्दानी हुनेछ । बौद्धिक तथा प्राज्ञिक सभा समारोहमा सहभागी भई गतिलो प्रश्तुति दिने अवसर जुर्नेछ भने आफन्त तथा गुरुवर्गहरु खुशि हुनेछन् ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
कामधन्दा र प्रयासमा ढिलो गरी सफलता पाउन सकिने समय रहेको छ । घरगृहस्थीमा आफन्त तथा आफन्तसँग मनमुटाब बढ्नेछ । आकस्मिक रूपमा स्वास्थ्यमा समस्या आउन सक्छ ध्यान दिनुहोला । मातापितासँगको सम्बन्धमा समेत दरार आउनसक्छ । डुबेको धन उकास्न दौडधूप गर्नुपर्छ ।
सम्बन्धित समाचार
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज १ गते बिहीबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
ट्रेन्डिङ
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य

