सुरक्षा परिषद्को बैठक सकियो, विप्लवमाथि लागेको प्रतिबन्ध फुकुवा होला ?
काठमाडौं । आज बसेको राष्ट्रिय सुरक्षा परिषद्को बैठक सकिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारमा बसेको बैठकमा विप्लव समूहलाई लगाईएको प्रतिवन्ध फुकुवा गर्न हुने नहुने, चुनाबी सुरक्षा लगायतका बिषयमा छलफल भएको जनाइएको छ ।
यस्तै बैठकमा प्रतिनिधिसभा विघटन मुद्दाको फैसलापछि गरिने सुरक्षा सतर्कताका बिषयमा पनि छलफल भएको बताइएको छ । सोमबार प्रधानसेनापति पूर्णचन्द्र थापा र प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाबीचको भेटवार्ता पनि आज सुरक्षा परिषद् बैठक बसिएको हो ।
अहिले मन्त्रिपरिषद् बैठक बस्दैछ । मन्त्रिपरिषद् बैठकमा विप्लब समूह माथि लागेको प्रतिवन्ध फुकुवा हुन सक्ने अनुमान गरिएको छ । शनिवार एक विज्ञप्ति जारी गर्दै विप्लवले आफुहरु सरकारसँग वार्ता गर्न सकारात्मक रहेको बताएका थिए ।
उनले आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्न अवस्थामा पार्टी सरकारसँग सम्वाद र वार्ताको लागि सकारात्मक रहेको बताएका थिए । विप्लव वार्ताको लागि तयार भएपछि सरकारले प्रतिबन्ध फुकुवाको तयारी गरेको स्रोतले जनाएको छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
