माटोको डिजिटल नक्सा तयार
ललितपुर। नेपाल सरकारले माटोको डिजिटल नक्सा तयार गरेको छ । माटोमा रहेको विभिन्न तत्व वा गुणहरु देखाउनका लागि जि.पि.एम.का माध्यमबाट कम्प्युटर प्रविधिको प्रयोग गरी तयार पारिएको नक्सा नै माटोको डिजिटल नक्सा हो । उक्त नक्साको (बुधबार) कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले आयोजना गरेको एक समारोहका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले माटोको डिजिटल नक्साको उद्घाटन गरेका हुन्।
मन्त्रालयका अनुसार देशैभरको माटोको डिजिटल नक्सा तयार गर्ने नेपाल दक्षिण एशियाकै पहिलो देश हो । दक्षिण एशियाका अन्य देशहरुमा पनि यो प्रविधिको माटोको नक्सा तयार ती केही जिल्ला, प्रदेश वा क्षेत्रमा मात्र सिमित छन् । त्यसअनुसार देशैभरको माटोको नक्सा तयार गर्न नेपाल पहिलो बनेको हो ।
देशभरबाट कुल २३ हजार दुई सय ७३ वटा माटोको नमूना परिक्षण गरी तयार गरिएको यो नक्सांकनले कृषकलाई सम्बन्धित साइटमा गएर आफ्नो जग्गाको माटोका रसायनिक पक्षबारे विस्तृत जानकारी पाउनसक्छन् । नक्सांकन कार्यले किसानमात्र नभई नीति निर्माता, अनुसन्धान कर्ता, कृषि प्राविधिक निजी क्षेत्रका सेवाप्रदायक संघ संस्था, मल आयातकर्ता लाईसमेत माटो सम्बन्धी पूर्ण जानकारी दिनेछ ।
माटोको डिजिटल नक्शाको यस्तो छ विशेषता :
सरकारले करिब ४ वर्ष पहिले शुरु गरी हाल सार्वजनिक गरेको डिजिटल माटोको नक्शामा धेरै विशेषता छन् । उक्त नक्शांकन तयार गर्नको निम्ति देशभरीबाट २३ हजार २ सय ७३ वटा माटोको नमुनाको परीक्षण नतिजा विश्लेषण गरी नेपालको लागि उपयुक्त हुने प्रविधि अपनाई नक्शा तयार गरिएको नेपाल कृषि अनुसन्धान परिषद्ले जनाएको छ ।
यो नक्शामार्फत कृषक तथा आम सरोकारवालाले आफूलाई आवश्यक पर्ने स्थानको माटोको अवस्था र गुणबारे जानकारी प्राप्त गर्न सक्नेछन् ।
नक्शाले नीति निर्माणकर्ता, अनुसन्धानकर्मी, कृषि प्रसारमा संलग्न प्रविधि, शिक्षक, प्रध्यापक, विद्यार्थी, कृषक, निजी क्षेत्रका सेवाप्रदायक संघ संस्था, मल आयातकर्तालाई माटोको अवस्था सम्बन्धि आधारभूत जानकारी दिनेछ ।
त्यसैगरी माटोको स्वास्थ्यमा के कस्ता सुधार गरी बालीको उत्पादन र उत्पादकत्व बढाउन आवश्यक कार्यक्रम तर्जुमा गर्न सहयोग पुग्नेछ ।
त्यति मात्रै नभई नेपालको कुन ठाउँमा कस्तो किसिमको मलको आपूर्ति गर्ने, माटो सुधार कार्यक्रम के कसरी तर्जुमा गर्ने र माटोको उर्वरापन, अम्लीयपन, प्राङ्गारिक पदार्थको सुक्ष्मतत्वको सन्तुलन कसरी गर्ने जस्ता निर्णय लिन सहयोग पुग्छ ।
उक्त डिजिटल नक्शा हेर्नका लागि एउटा अलग्गै वेब–पोर्टल बनाइएको परिषद्को भनाइ छ । पोर्टलबाट आफूले चाहेको प्रदेश, जिल्ला र पालिकाको वडा र घरधुरीसम्म जान सकिन्छ । त्यहाँको माटोको अवस्था थाहा पाउन सकिन्छ । यसको मुख्य विशेषता भनेको आफ्नो रुचि र आवश्यकताको आधारमा एक क्लिकका भरमा आफूले चाहेको कुनै निश्चित बिन्दुमा रहेको माटोमा रहेको गुणको बारेमा जानकारी पाउनु रहेको छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
