काठमाडौं, २३ फागुन । प्रतिनिधि सभा बैठक सुरु भएको छ । बैठकमा सभामुख अग्नि प्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीले आव्हान गरेको पत्र पढेर सुनाएका छन् ।
सर्वोच्च अदालतको फैसलापछि प्रतिनिधिसभा पुनस्स्थापना भएकोमा सबैलाई बधाई दिए । अहिले सांसद डा. भीम बहादुर रावलले बोलिरहेका छन् ।
प्रतिनिधि सभाको आजको बैठक पुष्पकमल दाहाल-माधवकुमार नेपाल समूहले बहिष्कार गरेका छन् । प्रतिनिधि सभा बैठकमा बोल्ने क्रम शुरु भएपछि भीम रावलले बोलेलगत्रै उनीहरुले बैठक बहिष्कार गरेर निस्किएका हुन् ।






