निर्वाचन आयोगद्वारा ओली नेतृत्वको एमाले र प्रचण्ड नेतृत्वको माओवादी केन्द्र पुरानै अवस्थामा दर्ताको निर्णय
काठमाडौं, २५ फागुन । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दर्ताको प्रकाशन भएको सूचना राजपत्रबाट खारेज गर्ने निर्णय गरेको छ । सर्वोच्च अदालतले २३ फागुनमा गरेको फैसला बमोजिम नेकपा एमाले र नेपाल कम्युनिस्ट पार्टीबीच एकीकरण भई बनेको नेकपा दल दर्ताको प्रकाशन भएको सूचना राजपत्रबाट खारेज गर्ने निर्णय गरेको हो । आयोगले केपी शर्मा ओली अध्यक्ष रहेको नेकपा एमाले र पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष रहेको नेकपा माओवादी केन्द्रलाई अलग राजनीतिक दल रहेको व्यहोरा जानकारी समेत गराउने निर्णय गरेको छ । निर्णय बमोजिम नेकपा एमाले र माओवादी केन्द्र आयोगमा पुरानै दर्ताको अवस्था कायम हुनेछ । सर्वोच्चको फैसलामा टेकेर आयोगले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण भई बनेको नेकपा एकीकरण गर्ने भएमा नयाँ नाम र चिन्ह समेत प्रस्ताव गरी १५ दिनभित्र आयोगमा निवेदनसहित उपस्थिति हुन जानकारी गराउने निर्णय गरेको छ । यसैगरी, गोपाल किराँतीलाई माओवादी केन्द्र र सन्ध्या तिवारीलाई नेकपा एमाले नाम र चिन्ह १५ दिनभित्र सुधारसहित आयोग समक्ष पेश गर्न पत्र पठाउने निर्णय समेत गरेको छ ।
सम्बन्धित समाचार
नवजात शिशुको हेरचाहमा सहयोग गर्न प्यारासुट एडभान्स्ड बेबी र एक एक पाइलाबीच पुनः सहकार्य
नेपाली क्रिकेट स्टार दीपेन्द्र सिंह ऐरी नेपालका लागि फ्रीमांसको ब्रान्ड एम्बेसडर नियुक्त
आइसिटी अवार्ड २०२६ का ४ विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनौट, उत्कृस्ट ५ को लागि ग्राण्ड जुरी आयोजना हुने
एनपीएलको प्रत्येक चौका र छक्कामा इसेवाले रेड पान्डा संरक्षणका लागि रकम योगदान गर्ने
नेपाल मेडिकल कलेजमा विभिन्न पदमा रोजगारीको अवसर, कात्तिक २१ सम्म आवेदन दिन सकिने
एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी र लाभांश क्षमतामा सुधार
ट्रेन्डिङ
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
