विदेशबाट ल्याएका सामान सहित विमानस्थलबाट एकजना पक्राउ
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशबाट ल्याएका विभिन्न समान सहित एक जना पक्राउ परेका छन् । भोजपुर ट्याम्किमैयुङ गाउँपालिका ४ का २८ का शिसिर राई इलेक्ट्रोनिक्स समान सहित विमानस्थलबाट पक्राउ परेका हुन् ।
मंगलबार नेपाल एयरलाईन्सको उडान मार्फत हङकङबाट काठमाण्डौं आएका विभिन्न यात्रुलाई भन्सार छली गर्न लगाई विभिन्न समान लैजान लागेको अवस्थामा उनलाई पक्राउ गरिएको पप्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनले ड्रोन क्यामेरा थान-५, SONY ब्याट्री थान-८, क्यामेरा एडप्पटर थान- १, ब्याट्री चार्चर थान-१, तयारी कपडा (टिसर्ट, स्वीटर, ज्याकेट, पाईन्ट आदी) थान-७०, जुत्ता (Nike, ZARA, लेडिज) जोर-८, पावर ब्याङ्क थान-१, फेसियल तेल बट्टा-५, परफ्यूम थान.-.६ र झोला (पछाडी बोक्ने) थान-७ (अन्दाजी मुल्य १५,०६,०००।-)अबैध रुपमा संकलन गरी लैजान लागेको अवस्थामा फेला पारिएको छ ।
बरामद सामानहरु सहित निजलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको विमानस्थल प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
