सकियो माओवादी केन्द्रको बैठक : सरकारमा रहने / नरहनेबारे के भयो निर्णय ?
काठमाडौं – केहीबेरमा बस्न लागेको प्रतिनिधिसभा बैठक अगाडी बसेको नेकपा माओवादी केन्द्रको बैठक सकिएको छ । बैठकले तत्काल केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार नछाड्ने, प्रमुख र अरु प्रतिपक्षसँग सहकार्य गरेर अघि बढ्ने निर्णय गरेको छ।
पार्टी केन्द्रीय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकपछि पत्रकारसँग कुरा गर्नै पार्टीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले तत्काल सरकार नछाड्ने बताउँदै वर्तमान परिस्थिती नियालिरहेको र त्यसको विश्लेषण गरेर अघि बढ्ने बताएका हुन् । स्थायी कमिटी बैठकले पार्टीको अहिलेको स्थितीको यथार्थलाई अगाडी राखेर अबको संगठन निर्माणको योजनालाई ठोस दिशामा अघि बढाउनको लागि ४ सदस्यीय कार्यदल गठन गरेको छ ।
श्रेष्ठका अनुसार नेताहरु गिरीराजमणि पोखरेल, पम्फा भुषाल, जनार्दन शर्मा, वर्षमान पुन रहेको ४ सदस्यीय कार्यदल बनाइएको छ । बैठकपछि पत्रकारसँग कुराकानी गर्दै उनले थपे, ‘विभिन्न पार्टीका नेताहरूसँग आज पनि वार्ता गर्ने तयारीबारे बैठकमा कुराकानी भएको छ । यस्तै पार्टीको केन्द्रीय कमिटी बैठक चैत १ गते र प्रशिक्षणात्मक बैठक २ गते गर्ने निर्णय पनि भएको छ ।’
सम्बन्धित समाचार
नवजात शिशुको हेरचाहमा सहयोग गर्न प्यारासुट एडभान्स्ड बेबी र एक एक पाइलाबीच पुनः सहकार्य
नेपाली क्रिकेट स्टार दीपेन्द्र सिंह ऐरी नेपालका लागि फ्रीमांसको ब्रान्ड एम्बेसडर नियुक्त
आइसिटी अवार्ड २०२६ का ४ विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनौट, उत्कृस्ट ५ को लागि ग्राण्ड जुरी आयोजना हुने
एनपीएलको प्रत्येक चौका र छक्कामा इसेवाले रेड पान्डा संरक्षणका लागि रकम योगदान गर्ने
नेपाल मेडिकल कलेजमा विभिन्न पदमा रोजगारीको अवसर, कात्तिक २१ सम्म आवेदन दिन सकिने
एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी र लाभांश क्षमतामा सुधार
ट्रेन्डिङ
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
