छापामार शैलीमा ओलीलाई सत्ताबाट हटाउने प्रचण्डको भित्री तयारी
प्रधानमन्त्री केपी शर्मा ओलीसँग पानी बाराबारको अवस्था रहेपनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पर्ख र हेरको रणनीतिमा छन् । माओवादी केन्द्रले अझैपनि ओली सरकारलाई दिइआएको समर्थन फिर्ता लिएको छैन । ओली सरकारविरुद्ध आफै प्रधानमन्त्रीका रुपमा प्रस्तावित भई तत्कालिन नेकपाबाट अविश्वासको प्रस्ताव दायर गरिएपनि प्रचण्ड संयम भइरहनुलाई आँधी आउनु अघिको सन्नाटाका रुपमा लिइएको छ । प्रचण्डले अझैपनि ओलीलाई समर्थन दिइरहने सम्भावना न्यून छ । तैपनि, उनी किन समर्थन फिर्ता लिइरहेका छैनन् ?
प्रचण्डले ओली सरकारविरुद्ध परिपक्व समिकरण नबनेसम्म समर्थन फिर्तामा हतारो गर्न चाहेका छैनन् । समर्थन फिर्ता लिएपछि ३० दिनभित्र ओलीले विश्वासको मत लिनुपर्छ । त्यो लिन सकेमा प्रचण्डका लागि अर्को राजनीतिक झड्का पर्न सक्छ । त्यस्तो कुनै मौका नदिने तयारीमा उनी लागेका छन् ।प्रचण्डले नेपाली काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीचको समिकरण बनाउन सक्रियता देखाएका छन् । उनले काँग्रेस र जसपा नेतृत्वलाई भेटिसकेका छन् । आफूले प्रधानमन्त्री नबनेर भएपनि काँग्रेस या जसपामध्येबाट एक उम्मेदवार बनाएर जाने प्रचण्डको रणनीति बुझिएको छ । उनी कुनै हालतमा ओलीको बर्हिगमन चाहन्छन् ।
भित्र भित्र राजनीतिक खिचडी पाकिरहँदा कुनैपनि बेला ओलीविरुद्ध अविश्वासको प्रस्ताव आउन सक्छ । प्रस्ताव नआएमा प्रचण्डले समर्थन फिर्ता लिन्छन् । त्यस्तो अवस्थामा विश्वासको मत लिन ओली लाग्नेछ । त्यतिबेला उनलाई असफल बनाउने गरी वैकल्पिक रणनीतिमा समेत प्रचण्ड लागेको बुझिएको छ ।
केही दिनकै गृहकार्यमा छापामार शैलीमा ओलीविरुद्ध अविश्वासको प्रस्ताव पनि आउन सक्छ । त्यसका लागि काँग्रेस सभापति शेरबहादुर देउवा र राजपा अध्यक्ष महन्थ ठाकुरलाई मनाउन प्रचण्ड लागेका छन् । यी दुई नेता मिलेलगत्तै अकस्मात् अविश्वासको प्रस्ताव दर्ता हुनसक्छ । प्रचण्डले छापामार शैलीमा ओलीलाई सत्ताबाट हटाउने रणनीति बनाइरहेका छन् ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
