Jankari Kendra
२९ आश्विन २०८३, बिहीबार

आज सेना दिवस, सैनिक मञ्चमा विशेष समारोह (भिडिओसहित)

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७७, फाल्गुन, २७
आज सेना दिवस, सैनिक मञ्चमा विशेष समारोह (भिडिओसहित)

काठमाडौं, २७ फागुन । आज सेना दिवस हो । सैनिक मञ्चमा विशेष समारोह जारी छ । सेनाले महाशिवरात्रि एवं सेना दिवस बिहीबार मुलुकभर विविध कार्यक्रम गरी मनाउँदैछ ।

राष्ट्रपति विद्यादेवी भण्डारी शिवरात्रि तथा सेना दिवसकै अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने बढाइँ कवाजसहितको विशेष समारोहमा प्रमुख अतिथिका रुपमा सहभागी छिन् ।

समारोहमा राष्ट्रपतिबाट नेपाल एकीकरणको इतिहास, नेपालको ऐतिहासिक गढी, किल्ला तथा युद्धस्थलको परिचय र सिपाही वार्षिक–२०७७ लोकार्पणका साथै ‘फ्रि–फल जम्प’मा प्रथम र द्वितीय हुनेलाई पुरस्कार वितरण हुँदैछ ।

सैनिक मञ्च, टुँडिखेलमा मुख्य समारोह तथा मुलुकभर सेनाका सबै कार्यालय, विभाग, फर्मेशन, पृतना, बाहिनी, युनिट तथा सव–युनिटले पनि आआफ्नो क्षेत्रमा विभिन्न कार्यक्रम गरी सेना दिवस भव्यताका साथ मनाईरहेको छ ।

https://www.youtube.com/watch?v=wZXBpX7jYuI

Top Changing Nepal

युट्युब सट्स