• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१७ असार २०८३, बुधबार
१७ असार २०८३, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ असार १८ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १४ घण्टा 

सिभिल सर्भिस अस्पतालमा कृत्रिम भू–जल पुनर्भरण सुरु, काठमाडौंको जल सुरक्षा सुदृढ बनाउन संयुक्त पहल
  • १४ घण्टा 

इन्धन सस्तिएसँगै सार्वजनिक यातायातको भाडा घटाउने तयारी
  • १५ घण्टा 

नबिल बैंकलाई लगातार तेस्रो पटक उत्कृष्ट वार्षिक प्रतिवेदन ‘गोल्ड’ अवार्ड
  • १९ घण्टा 

अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले आज ४५ अर्ब रुपैयाँको एकवर्षे ऋणपत्र जारी गर्दै
  • १९ घण्टा 

जगदम्बा मोटर्सले नेपालमा ल्याउँदै सेग्मेन्टकै पहिलो रियर–ह्विल–ड्राइभ ईभी
  • २० घण्टा 

सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार?
  • २० घण्टा 

एकैदिन २,१५७ सवारीचालक ट्राफिक कारबाहीमा, रु २१ लाख ४० हजार राजस्व सङ्कलन
  • २१ घण्टा 

पेट्रोल, डिजेल, मट्टितेल र ग्यासको मूल्य घट्यो, उपभोक्तालाई राहत
  • २२ घण्टा 

लोकप्रिय समाचार

  • १. अमेरिकालाई पछि पार्दै चीनले बनाएको सुपरकम्प्युटर बन्यो नम्बर वान

  • २. यस्तो छ आजको मौसम पुर्वानुमान

  • ३. अक्षयकुमारको ‘वेलकम टु द जंगल’ले पाँच दिनमै कमायो १०० करोड

  • ४. ५० वर्षको यात्रा सम्झँदै विभिन्न कार्यक्रमसहित नाडाको स्वर्ण उत्सवको शुभारम्भ

  • ५. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ६. आज चार प्रदेशको तराई भू-भागमा अत्याधिक गर्मी हुने

  • ७. सुनको मूल्य प्रतितोला एक हजार चार सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?

  • ८. प्लाटाको निर्णायक गोलमा जर्मनीमाथि इक्वेडरको रोमाञ्चक पुनरागमन जित, अन्तिम ३२ मा प्रवेश

  • ९. टोखा रोडमा नयाँ शोरूम सञ्चालन, काठमाडौंमा कजारिया रमेश टायल्सको सेवा र बजार विस्तार

  • १०. २०८३ असार १४ गते आईतवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

फेरि अनशन बस्ने डा. केसीको चेतावनी

admin २०७७, फाल्गुन, २८

डा. गोविन्द केसीले अवैध रूपमा अघि बढाइएको निजी मेडिकल कलेजलाई दिने सम्बन्धनको प्रक्रिया तत्काल नरोके अनसन बस्ने चेतावनी दिएका छन् । बिहीबार एक विज्ञप्ती जारी गर्दै डा. केसीले निजी मेडिकल कलेजलाई सम्बन्धन दिने प्रक्रिया तत्काल रोक्न माग गरेका हुन् । झापाको बिएण्डसीउटा निजी मेडिकल कलेजलाई सम्बन्धन दिलाउन प्रधानमन्त्री तथा शिक्षामन्त्रीले चालेको कदम अवैध भएको भन्दै डाक्टर केसीले सो कदम नरोके आफू फेरि अनसन बस्ने चेतावनी दिएका हुन्। विज्ञप्तीमा भनिएको छ,‘चिकित्सा शिक्षा ऐन जारी भएर सम्बन्धनको मुख्य जिम्मेवारी चिकित्सा शिक्षा आयोगको भइसकेको अवस्थामा आयोगलाई छलेर चोर बाटोबाट सम्बन्धन दिलाउने प्रयास सरासर अनैतिक र अवैध हो, प्रधानमन्त्री र शिक्षामन्त्रीले पछिल्लो समय जसरी पदीय मर्यादा कुल्चँदै पहुँच र प्रभावका भरमा मात्र सम्बन्धन बाँड्ने प्रयास गरेका छन्, त्यसबाट उनीहरूले नैतिकता र इमान बेचिसकेको पुष्टि हुन्छ।
व‍िज्ञप्ति

एउटा निजी मेडिकल कलेजलाई सम्बन्धन दिलाउन प्रधानमन्त्री तथा शिक्षामन्त्रीले चालेको अर्को अवैध कदमप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । चिकित्सा शिक्षा ऐन जारी भएर सम्बन्धनको मुख्य जिम्मेवारी चिकित्सा शिक्षा आयोगको भइसकेको अवस्थामा आयोगलाई छलेर चोर बाटोबाट सम्बन्धन दिलाउने प्रयास सरासर अनैतिक र अवैध हो । प्रधानमन्त्री र शिक्षामन्त्रीले पछिल्लो समय जसरी पदीय मर्यादा कुल्चँदै पहुँच र प्रभावका भरमा मात्र सम्बन्धन बाँड्ने प्रयास गरेका छन्, त्यसबाट उनीहरुले नैतिकता र इमान बेचिसकेको पुष्टि हुन्छ ।

मेडिकल शिक्षाजस्तो मानिसको जीवन–मरणसँग जोडिएको विषयमा सधमा हुनेहरुले गरिरहेको त्यस्तो अनियमितता निन्दीय छ । त्यस्तै काठमाडौं विश्वविद्यालयका उपकुलपतिले कानुनी व्यवस्थाको प्रतिकुल हुने गरी आफ्ना राजनीतिक मालिकहरुलाई रिझाउन गरेको प्रयास पनि निन्दनीय छ । नियुक्त भएको एकाध महिनामै यस्ता अवैध काममा संलग्न भएबाट उनी आफूले नेतृत्व गरेको विश्वविद्यालय, त्यसले दिने शिक्षाको गुणस्तर र त्यसको प्राज्ञिक मर्यादाभन्दा भ्रष्ट र आपराधिक प्रवृत्तिका राजनीतिज्ञहरुलाई खुशी बनाउनमा लिप्त छन् भन्ने पुष्टि गर्छ ।

पछिल्लो समय सरकारले चिकित्सा शिक्षा आयोगको आपत्तिका बाबजुद केयु र बीपी प्रतिष्ठानबीच कथित समझदारीपत्र गराएर सम्बन्धन दिलाउने कोशिस गरेको छ । जबकि कानुनमा कतै त्यस्तो प्रावधान छैन । कुनै संस्थाका भ्रष्ट पदाधिकारीहरुको गठजोड र सत्तामा हुनेहरुको निहित स्वार्थ देशको कानुनी व्यवस्थाभन्दा माथि हुन सक्दैन । त्यसैले अवैध रुपमा चोर बाटोबाट सम्बन्धन दिलाउने कुनै पनि प्रयास हामीलाई स्वीकार्य छैन ।

देशका सबै प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज पुर्याउने भनेर हामीसित बारम्बार सम्झौता भएको छ । चिकित्सा शिक्षा ऐनको प्रावधान अनुसार विसं. २०८० फागुनसम्म हाल सरकारी प्रतिष्ठान वा मेडिकल कलेज नपुगेका सबै प्रदेशका कम्तीमा एउटा सरकारी मेडिकल कलेज पुग्नैपर्छ । तर प्रधानमन्त्री ओलीले आफूनिक माफियाहरुको इशारामा त्यस्तो काम अघि बढेका प्रतिष्ठानहरुको कामसमेत रोकेर राखेका छन् । हामीसित मेडिकल कलेज खोल्ने भनेर सम्झौता भएका कति ठाउँमा कामै शुरु हुन दिएका छैनन् । जबकि आफैं अध्यक्ष रहेको चिकित्सा शिक्षा आयोगलाई छलेर चोर बाटोबाट सम्बन्धन लिन खोज्ने एउटा निजी मेडिकल कलेजलाई अवैध रुपमा सम्बन्धन दिलाउन आफैं लागीपरेका छन् । देशको प्रधानमन्त्रीका लागि योभन्दा लज्जास्पद कुरा अरु हुन सक्दैन । सिंगो देशका नागरिकहरुको मत लिएर प्रधानमन्त्री बने पनि माफियाका लागि पदीय मर्यादा बेचेर उनी माफिया, दलाल र अपराधीका मात्रै प्रधानमन्त्री बन्न खोजेका छन् । यसरी चरम् अनैतिकतापूर्वक नागरिकप्रति बेइमानी गर्ने व्यक्ति प्रधानमन्त्री पदका लागि योग्य हुन सक्दैन । खास गरी प्रतिनिधि सभा विघटन गर्ने ओलीको कदमलाई सर्वोच्च अदालतले अवैध ठहर्याइपछि उनले पदमा बसिरहने नैतिक धरातल गुमाइसकेकाले उनले पदबाट राजीनामा दिनुपर्छ ।

यो अवस्थामा अवैध रुपमा अघि बढाइएको सम्बन्धनको प्रक्रिया तत्काल रोकिनुपर्छ । कानुनअनुसार पहिल्यै पाँचभन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन दिइसकेका कुनै पनि विश्वविद्यालयले नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिन सक्दैनन् । विश्वविद्यालयको उपकुलपति बनेर विश्वविद्यालयलाई नै अनियमितता र भ्रष्टाचारका अखडा बनाउने केयुका उपकुलपतिले तत्काल राजीनामा दिनुपर्छ । यी मागहरु पूरा नभएमा सत्याग्रहसहित आन्दोलनका कार्यक्रम शुरु गर्ने जानकारी गराउन चाहन्छौं ।

डा गोविन्द केसी

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
सिभिल सर्भिस अस्पतालमा कृत्रिम भू–जल पुनर्भरण सुरु, काठमाडौंको जल सुरक्षा सुदृढ बनाउन संयुक्त पहल
इन्धन सस्तिएसँगै सार्वजनिक यातायातको भाडा घटाउने तयारी
आज यी स्थानमा भारी वर्षाको सम्भावना

ताजा

२०८३ असार १८ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

सिभिल सर्भिस अस्पतालमा कृत्रिम भू–जल पुनर्भरण सुरु, काठमाडौंको जल सुरक्षा सुदृढ बनाउन संयुक्त पहल

इन्धन सस्तिएसँगै सार्वजनिक यातायातको भाडा घटाउने तयारी

नबिल बैंकलाई लगातार तेस्रो पटक उत्कृष्ट वार्षिक प्रतिवेदन ‘गोल्ड’ अवार्ड

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.