• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२३ असार २०८३, मङ्गलबार
२३ असार २०८३, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

शाओमी नेपालको नयाँ सर्भिस सेन्टर ताम्राकार हाउसमा सञ्चालन, प्रयोगकर्तालाई सहज र भरपर्दो सेवा
  • ६ घण्टा 

बर्षायाममा छालालाई सुन्दर र चम्किलो बनाउन अपनाउनुहोस् यी उपाय
  • ७ घण्टा 

जापानले बनायो भूकम्प आउनासाथ हावामा माथि उठ्ने घर
  • ९ घण्टा 

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्थाबीच रणनीतिक साझेदारी
  • ९ घण्टा 

लक्ष्यभन्दा ५.३ प्रतिशत बढी राजस्व संकलन गर्न सफल भैरहवा राजस्व कार्यालय
  • १० घण्टा 

मध्यपूर्वमा तनाव चर्किदा तेल बजारमा उछाल, दुई दिनमै कच्चा तेलको मूल्यमा तीव्र वृद्धि
  • ११ घण्टा 

पेलेको किर्तिमान तोडेका नेयमार थिए, रोनाल्डो र मेस्सी भन्दा महंगा खेलाडी
  • १२ घण्टा 

अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले २० अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दै
  • १२ घण्टा 

वैज्ञानिकहरूले खोजे नयाँ जीव, जुन ‘शिशु शारीरिक’ संरचनामा नै हुन्थ्यो बुढो
  • १२ घण्टा 

लोकप्रिय समाचार

  • १. सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

  • २. सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

  • ३. २०८३ असार १९ गते शुक्रवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ४. आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ५. चेरी क्यू अर्बन क्रसओभर नेपाल भित्रिँदै, नाइमा एक्सपोमा अवलोकन गर्न पाइने

  • ६. २०८३ असार २३ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ७. हवाई इन्धन सस्तिएसँगै आन्तरिक उडानको भाडा घट्यो,अब कुन गन्तव्यमा कति ?

  • ८. लायन्स क्लब अफ काठमाडौं समर्पणद्वारा रक्तदान तथा सामाजिक सेवासहित लायन्स वर्ष २०२६–२७ को शुभारम्भ

  • ९. वैज्ञानिकहरूले खोजे नयाँ जीव, जुन ‘शिशु शारीरिक’ संरचनामा नै हुन्थ्यो बुढो

  • १०. देशभर मनसुनी वायूको प्रभाव : एक दुई स्थानमा भारी वर्षाको सम्भावना

बारी छैन : कौसी छँदैछ !

admin २०७७, फाल्गुन, २९

तनहुँका मुख्य भाग आजभोलि घरले भरिएका छन् । कङ्क्रिटले बनेका संरचनाका कारण शहरमा खाली ठाउँ भेट्न मुस्किल छ । खेतीका लागि बारी भेट्नु त परको कुरा । शहरमा खेतीका लागि बारी नभए पनि एक महिलाले भने विगत केही वर्षदेखि आफ्नै घरको कौसीमा तरकारी फलाइरहनुभएको छ ।

दमौलीको मुख्य बजार व्यास नगरपालिका–२ कालिकामार्ग निवासी कल्पना गौलीले खेतबारी नभए पनि कौसीमा प्रशस्त तरकारी उत्पादन गर्न सकिन्छ भन्ने पुष्टि गर्नुभएको छ । कालिका मार्गमा बनेको घरको कौसीमा गौलीले करीब एक दर्जन थरीका तरकारी र जडीबुटी लगाउनुभएको छ । उहाँको घरको कौसीमा मात्र होइन, हरेक तलाको बरण्डामा समेत गमलामा तरकारी फलेको छ ।

घरमा भ(याङलगायतको भाग छोड्दा जम्माजम्मी आधा आनाभन्दा केही बढी ठाउँ बाँकी छ । त्यसमा पनि पानी जम्मा गर्ने दुई वटा ठूला ट्याङ्की त्यसभित्रै अटेका छन् । त्यो बाँकी रहेको ठाउँमा उहाँले सिमेन्टको गारो उठाएर त्यसमा माटो भरेर तरकारी लगाउनुभएको छ । बाँकी रहेको ठाउँमा गमला, ड्रम, प्लाष्टिकका बाल्टीमा मौसमअनुसारको तरकारी लगाउनुभएको छ ।

उहाँको कौसीमा मौसमअनुसारको तरकारी लगाइएका छन् । उहाँले मौसमअनुसार काउली, ब्रोकाउली, कुरिलो, बोडी, साग, धनियाँ, मेथी, सुप, चम्सुर, सिमी, मूला, स्थानीय जातको गोलभेँडा, प्याज र लसुन, घिरौँला, चिचिन्डा, काँक्रो, बोडी, लौका, फर्सी र पिँडालु उत्पादन गर्ने गर्नुहुन्छ । त्यसैगरी जडुबुटीतर्फ घोडटाप्रे, तितेपाती, सिस्नो, कालो हलेदो, पतिना, घ्युकुमारी पनि कौसीमा उत्पादन हुन्छ ।

नेपाल घरेलु तथा साना उद्योग महासङ्घ तनहँु शाखा महिला उद्यमी समितिको अध्यक्ष र माँ दुुर्गा नामक धार्मिक संस्थाको संस्थापक अध्यक्ष रहनुभएकी गौलीले सामाजिक कामबाट बचेको समयको व्यवस्थापन र तरकारीमा आत्मनिर्भर बन्ने उद्देश्यले नै कौसीखेती गरेको सुनाउनुभयो । “छिमेकीहरुले तरकारी बेच्न सुझाव दिए पनि बिक्री गर्ने प्रयोजन अहिलेसम्म छैन, बरु कहिलेकाहीँ धेरै उत्पादन भयो भने छिमेकी र साथीभाइलाई उपहार पठाउँछु”, उहाँले भन्नुभयो ।

घरमा उपभोग गर्ने तरकारी घरमै उत्पादन गर्न सक्ने हो भने धेरै रकम बचत हुने गौलीको भनाइ छ । उहाँले कौसीखेती गर्न थालेको करीब १५ वर्ष भइसकेको छ । दमौलीमा घर बनाएर बसेदेखि नै अहिलेसम्म तरकारी किनेर खानु नपरेको उहाँको भनाइ छ ।

तरकारी उत्पादनका लागि गौलीले कम्पोष्ट मल बनाउनुभएको छ । खेर गएका तरकारी र खानेकुरालाई ठूलो ड्रममा कुहाएर कम्पोष्ट मल बनाउने उहाँले बताउनुभयो । त्यसबाहेक तरकारीमा किरा नलागोस् भनेर पिना तथा गाईको गहुँत पनि कहिलेकाहीँ प्रयोग हुन्छ । पानीका रुपमा भाडा माझेको पानीलाई थोपा सिँचाइमार्फत सिञ्चित गर्ने गरेको उहाँले सुनाउनुभयो ।

अहिले बजारमा बिक्रीका लागि राखिने प्रायजसो तरकारीमा विषादी प्रयोग हुने गरेका कारणले उपभोग गर्न नहुने अवस्था भएको भन्दै गौलीले आफ्नो घरमा उपभोग गर्ने तरकारी जग्गा जमिन हुनेले जमीनमा र नहुनेले कौसी या छतमा लगाउन सुझाव दिनुभयो ।

दमौली बजारमा थोरै क्षेत्रफलको जग्गा लिएर घर बनाउनेको सङ्ख्या अत्यधिक रहेकाले कौसीखेतीका बारेमा सबै जानकार हुनसके घरमै तरकारी फलाउन सकिने गौलीको भनाइ छ । कौसीखेतीलाई प्राथमिकतामा राखेर योजना बनाउन नगरपालिकालाई पनि अनुरोध गरेको उहाँले जानकारी दिनुभयो ।

बजार क्षेत्रमा तरकारी लगाउने जग्गाको अभाव भएका कारण कौसीखेती उपयुक्त विकल्प रहेको कृषि ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद तिवारीले बताउनुभयो । उहाँका अनुसार विषादीरहित तरकारी उपभोग गर्न पाइने, तरकारी किन्ने पैसाको बचत हुने, घरमा खेर गएको खानेकुरा र पानीको उचित व्यवस्थापन हुने, छतको सदुपयोग हुने, समयको व्यवस्थापन हुने हुँदा यसका धेरै फाइदा छन् ।

कौसीखेती प्रोत्साहन गर्दै शुक्लागण्डकी :

शुक्लागण्डकी नगरपालिका–४ स्थित दुलेगौडा बजारवासीलाई कौसीमा तरकारी फलाउन वडा कार्यालयले सघाउँदै आएको छ । यहाँका करीब ८०० परिवारलाई कौसीखेतीका लागि प्रोत्साहन गर्न तरकारीका बिरुवा वितरण गरिएकोे वडा सचिव कल्पना गैरे सुवेदीले जानकारी दिनुभयो । लहरेबाली काँक्रो, घिरौँला र करेलाका बिरुवा टोल विकास संस्थामार्फत् प्रत्येक घरलाई उपलब्ध गराएको उहाँले बताउनुभयो । उहाँका अनुसार बिरुवासँगै कोकोपिटसमेत उपलब्ध गराइएको छ । गत वर्ष पनि वडावासीलाई तरकारीका बिरुवा र प्लाष्टिकका गमला वितरण गरिएको थियो ।

वडाबाट बिरुवा लगेर कौसीमा तरकारी फलाउनेमध्ये उत्कृष्ट किसानलाई सम्मान गर्ने गरिएको वडाध्यक्ष शिवकुमार श्रेष्ठले बताउनुभयो । “वडावासीलाई घरमै तरकारी फलाएर उपभोग गर्न प्रोत्साहन गरेका छौँ”, वडाध्यक्ष श्रेष्ठले भन्नुभयो, “कौसीमा तरकारी फलाएर परिवारलाई मात्र पु¥याए पनि स्वाथ्यका लागि फाइदा हुन्छ ।”

निर्यात घटाएर अर्थतन्त्रलाई सघाउन खोजेको उहाँको भनाइ छ । बजारबाट पैसा तिरेर विषादीयुक्त तरकारी खरीद गर्ने बानीको अन्त्य हुनुपर्नेमा श्रेष्ठको जोड छ । वडाले सघाउन थालेपछि दुलेगौँडा बजारमा कौसीमा तरकारी फलाउने बढेका छन् । वडा कार्यालयले चालू आर्थिक वर्ष २०७७/०७८ मा कौसीखेतीका लागि रु तीन लाख बजेट विनियोजन गरेको छ ।

व्यासको आन्तरिक आम्दानी रु नौ करोड :

व्यास नगरपालिकाले चालू आर्थिक वर्षको सात महीनाको अवधिमा रु नौ करोडभन्दा बढी आन्तरिक आम्दानी गरेको छ । चालू आर्थिक वर्ष ०७७÷७८ को साउदेखि माघ मसान्तसम्म रु नौ करोड २२ लाख १२ हजार ९८० आन्तरिक आम्दानी भएको नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

नगरपालिकाले चालू आर्थिक वर्षमा रु १६ करोड आन्तरिक आम्दानी हुने लक्ष्य राखेको छ । आन्तरिक राजश्वतर्फ सम्पत्ति, मालपोत, घरबहाल, विज्ञान, व्यवसाय, मनोरञ्जन, प्राकृतिक स्रोतसाधन उपयोग करलगायतबाट रु नौ करोड २६ लाख ८८ हजार, शुल्कतर्फ सेवा, सवारी पार्किङ, सरसफाइ, शौचालय, बस्ती विकास, सम्पत्ति मूल्याङ्कन, अन्य प्रमाणित, स्थानीय वातावरण शुल्कबाट रु एक करोड ७८ लाख ७२ हजार, दस्तुरतर्फ दर्ता र नवीकरण, घरनक्सा, सिफारिस, नाता प्रमाणित, मिलापत्रबाट रु दुई करोड ६४ लाख ६० हजार, दण्ड जरिवानाबाट रु दुई लाख, अन्यतर्फ घरभाडा, मेशनरी उपकरण भाडा, लिलाम बिक्री, परीक्षा, विविध फाराम र अन्य विविध फारामबाट रु दुई करोड २७ लाख ८० हजार आम्दानी हुने अनुमान गरिएको छ ।

नगरपालिकाले गत आर्थिक वर्षमा लक्ष्यभन्दा कम राजश्व सङ्कलन गरेको थियो । कोभिड–१९ को प्रभावका कारण गत आर्थिक वर्षमा लक्ष्यभन्दा रु छ करोड कम राजश्व सङ्कलन भएको थियो । गत आर्थिक वर्षमा रु १६ करोड छ लाख ९६ हजार राजश्व सङ्कलनको लक्ष्य थियो ।

छुट सुविधा उपयोग गर्न आग्रह :

आर्थिक ऐन २०७७ बमोजिम अहिलेसम्म दर्ता नभई काम गरिरहेका र दर्ता भएर पनि विवरण नबुझाएका करदाताका लागि छुट र मिनाहा दिने भएकाले उक्त सुविधा उपयोग गर्न आन्तरिक राजश्व कार्यालय दमौलीले आग्रह गरेको छ ।

दर्ता नभई काम गरिरहेका करदाता दर्ता हुन आएमा आव ०७४/७५ र ०७५/७६ को आय विवरण र करमात्र बुझाएमा शुल्क र ब्याज मिनाहा हुने र सोभन्दा अगाडिको आय विवरण, कर, शुल्क र व्याज बुझाउन नपर्ने भएको छ । पहिले नै दर्ता भएर पनि आय विवरण नबुझाएका प्राकृतिक व्यक्तिले आव ०७३/७४, ०७४/७५ र ०७५/७६ को विवरण र करका साथै ब्याजको २५ प्रतिशत मात्र बुझाएमा सोभन्दा अगाडिको आय विवरण, कर, शुल्क र ब्याज बुझाउन नपर्ने कार्यालयका प्रमुख नारायण ढकालले बताउनुभयो ।

त्यस्तै मूल्यअभिवृद्धि करमा दर्ता भएका तर २०७५ साल असार मसान्तसम्मको विवरण पेश नगरेकाले बुझाउपर्ने कर विवरण, लाग्ने कर र ब्याजको ५० प्रतिशत मात्र बुझाएमा जरिवाना, थप दस्तुर र बाँकी ब्याज मिनाहा हुने कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आज असार १५ : दही-चिउरा खाने पर्व तथा राष्ट्रिय धान दिवस
अकबरे खुर्सानीले फेरिएको भोजपुर : रित्तिँदै गएका गाउँमा फर्किएको जीवन
तराईमा जलवायुमैत्री धान उत्पादन बढाउन दक्षिण कोरियाको १.८१ अर्ब रुपैयाँ अनुदान

ताजा

शाओमी नेपालको नयाँ सर्भिस सेन्टर ताम्राकार हाउसमा सञ्चालन, प्रयोगकर्तालाई सहज र भरपर्दो सेवा

बर्षायाममा छालालाई सुन्दर र चम्किलो बनाउन अपनाउनुहोस् यी उपाय

जापानले बनायो भूकम्प आउनासाथ हावामा माथि उठ्ने घर

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्थाबीच रणनीतिक साझेदारी

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.