आजबाट ‘दि भ्वाइस अफ नेपाल ३’ प्रशारण हुँदै
आजबाट हिमालय टेलिभिजनमा चर्चित रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल सिजन ३’ प्रशारण हुने भएको छ । आज बेलुकी ८ बजेबाट यो शो प्रशारण हुन लागेको हो । शो प्रशारण हुनु अगाडि बिहिबार बेलुकी काठमाण्डौमा यसको प्रिमियर समेत आयोजना गरिएको थियो ।
प्रिमियरमा शोका निर्णायकहरु, निर्माता, निर्देशक, विज्ञापनदाता उपस्थित थिए । आजबाट शोमा ब्लाइन्ड अडिसन प्रशारण हुनेछ । यो राउन्डमा कोचको कुर्सी घुमाउन सफल प्रतिस्पर्धी कुनै एक कोचको साथमा अघिल्लो राउन्डमा प्रवेश गर्नेछन् । ‘दि भ्वाइस अफ नेपाल’को सबैभन्दा रोमाञ्चक राउन्डको रुपमा ‘ब्लाइन्ड अडिसन’लाई लिइन्छ । यो बर्ष शोको निर्णायकमा दिप श्रेष्ठ, राजु लामा, प्रमोद खरेल र तृष्णा गुरुङ कोचको रुपमा छन् । लक्ष्मण पौडेल यो शोका निर्देशक हुन् । नेपालकै नम्बर १ गायन रियालिटी शोको रुपमा रहेको यो शोको अघिल्ला सिजनलाई दर्शकले अत्याधिक मन पराएका थिए ।
सम्बन्धित समाचार
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि

