युएईको Adnoc मा जान निशुल्क, कसैले पैसाको कारोवार गरे म्यानपावर जिम्मेवार नहुने
काठमाडौँ | युएईको Adnoc Distribution मा वैदेशिक रोजगारीमा जान लागेकाहरुलाई एजेन्टहरुले पैसा उठाएको गुनाशो आईरहेका बेला म्यानपावरले यस सम्बन्धमा सूचना जारी गरेको छ ।
राष्ट्रिय दैनिक पत्रिकामा सूचना जारी गर्दै नेपाल सरकारद्वारा बिज्ञापन पुर्व स्वीकृति नम्वर २३५८९४ पाएको लिडीङ फरेन रिक्रुटमेन्ट सर्भिस प्रा.लि.ले युएईको Adnoc Distribution मा जान निशुल्क रहेको जनाएको छ । सूचनामा म्यानपावरले उल्लेख गरेको छ ‘Adnoc Distribution (LT. No. 235894) कम्पनीमा कामदारहरु पठाउँदा निशुल्क पठाइने हुँदा सम्बन्धित सबैमा जानकारी गराइन्छ । साथै कोहि व्यक्ति/संस्थासंग आर्थिक कारोबार गरेको/गराएको पाइएमा यस प्रा.लि. जवाफदेही हुने छैन ।’
लिडीङ फरेन रिक्रुटमेन्ट सर्भिस प्रा.लि.ले युएईको Adnoc Distribution को लागि १२४८ कामदार पठाउनको लागि बिभागसँग गत माघ १९ गते स्वीकृति लिएको थियो । यस डिमाण्डको अन्तर्वार्ता समेत सम्पन्न भई कामदार पठाउने चरणमा रहेको छ ।
बैदेशिक रोजगार बिभागले गत साता बुटवलमा गरेको अनुगमनको क्रममा एक अवैध एजेन्ट कार्यालयमा लिडीङ फरेन रिक्रुटमेन्ट सर्भिस प्रा.लि.को सोहि डिमाण्डमा अन्तर्वार्ता पास भएकाहरुको नाम लिष्ट प्राप्त भएको थियो । साथै उक्त कम्पनीमा पठाउने भन्दै केहि म्यानपावर तथा एजेन्टहरुले सक्रिय रुपमा कामदारहरुलाई अन्तर्वार्तामा जोडेको पाइएको थियो ।
गत साता बुटवलमा बिभागले अनुगमनको क्रममा Adnoc Distribution मा जान अन्तर्वार्ता पास भएकाहरुको नामलिस्टबाट एक जना एजेन्टले आफूले पठाएको व्यक्तिहरुको नाम छनोट गर्दै गरेको भेटिएको थियो । बुटवलमा अनुगमनको क्रममा रहंदा एक एजेन्टको निर्देशनमा एक जना कार्यालय सहयोगीले लिडीङ फरेन रिक्रुटमेन्ट सर्भिस प्रा.लिमार्फत Adnoc Distribution मा पठाउनको लागि अन्तर्वार्ताबाट छनोट गरेको व्यक्तिहरुको नाम लिस्टमा आफूहरुले पठाएको व्यक्तिहरुको नाम र पासपोर्ट नम्वरहरु भेरिफाई गरिरहेको अवस्थामा बिभागले फेला पारेको थियो ।
sajhasabal बाट
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
१० दिनदेखि कृष्णभीरमा पहिरो, पृथ्वी राजमार्ग अझै ठप्प
चितवनमा सार्वजनिक हुँदै चाङ्गान नेभो क्यू ०५, टेस्ट ड्राइभका लागि तयार
भोटेकोशी बाढीपछि राहत कोषमा १३ अर्बभन्दा बढी रकम जम्मा
ट्रेन्डिङ
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
२०८३ भदौ २३ गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

