युएईको Adnoc मा जान निशुल्क, कसैले पैसाको कारोवार गरे म्यानपावर जिम्मेवार नहुने
काठमाडौँ | युएईको Adnoc Distribution मा वैदेशिक रोजगारीमा जान लागेकाहरुलाई एजेन्टहरुले पैसा उठाएको गुनाशो आईरहेका बेला म्यानपावरले यस सम्बन्धमा सूचना जारी गरेको छ ।
राष्ट्रिय दैनिक पत्रिकामा सूचना जारी गर्दै नेपाल सरकारद्वारा बिज्ञापन पुर्व स्वीकृति नम्वर २३५८९४ पाएको लिडीङ फरेन रिक्रुटमेन्ट सर्भिस प्रा.लि.ले युएईको Adnoc Distribution मा जान निशुल्क रहेको जनाएको छ । सूचनामा म्यानपावरले उल्लेख गरेको छ ‘Adnoc Distribution (LT. No. 235894) कम्पनीमा कामदारहरु पठाउँदा निशुल्क पठाइने हुँदा सम्बन्धित सबैमा जानकारी गराइन्छ । साथै कोहि व्यक्ति/संस्थासंग आर्थिक कारोबार गरेको/गराएको पाइएमा यस प्रा.लि. जवाफदेही हुने छैन ।’
लिडीङ फरेन रिक्रुटमेन्ट सर्भिस प्रा.लि.ले युएईको Adnoc Distribution को लागि १२४८ कामदार पठाउनको लागि बिभागसँग गत माघ १९ गते स्वीकृति लिएको थियो । यस डिमाण्डको अन्तर्वार्ता समेत सम्पन्न भई कामदार पठाउने चरणमा रहेको छ ।
बैदेशिक रोजगार बिभागले गत साता बुटवलमा गरेको अनुगमनको क्रममा एक अवैध एजेन्ट कार्यालयमा लिडीङ फरेन रिक्रुटमेन्ट सर्भिस प्रा.लि.को सोहि डिमाण्डमा अन्तर्वार्ता पास भएकाहरुको नाम लिष्ट प्राप्त भएको थियो । साथै उक्त कम्पनीमा पठाउने भन्दै केहि म्यानपावर तथा एजेन्टहरुले सक्रिय रुपमा कामदारहरुलाई अन्तर्वार्तामा जोडेको पाइएको थियो ।
गत साता बुटवलमा बिभागले अनुगमनको क्रममा Adnoc Distribution मा जान अन्तर्वार्ता पास भएकाहरुको नामलिस्टबाट एक जना एजेन्टले आफूले पठाएको व्यक्तिहरुको नाम छनोट गर्दै गरेको भेटिएको थियो । बुटवलमा अनुगमनको क्रममा रहंदा एक एजेन्टको निर्देशनमा एक जना कार्यालय सहयोगीले लिडीङ फरेन रिक्रुटमेन्ट सर्भिस प्रा.लिमार्फत Adnoc Distribution मा पठाउनको लागि अन्तर्वार्ताबाट छनोट गरेको व्यक्तिहरुको नाम लिस्टमा आफूहरुले पठाएको व्यक्तिहरुको नाम र पासपोर्ट नम्वरहरु भेरिफाई गरिरहेको अवस्थामा बिभागले फेला पारेको थियो ।
sajhasabal बाट
सम्बन्धित समाचार
नवजात शिशुको हेरचाहमा सहयोग गर्न प्यारासुट एडभान्स्ड बेबी र एक एक पाइलाबीच पुनः सहकार्य
नेपाली क्रिकेट स्टार दीपेन्द्र सिंह ऐरी नेपालका लागि फ्रीमांसको ब्रान्ड एम्बेसडर नियुक्त
आइसिटी अवार्ड २०२६ का ४ विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनौट, उत्कृस्ट ५ को लागि ग्राण्ड जुरी आयोजना हुने
एनपीएलको प्रत्येक चौका र छक्कामा इसेवाले रेड पान्डा संरक्षणका लागि रकम योगदान गर्ने
नेपाल मेडिकल कलेजमा विभिन्न पदमा रोजगारीको अवसर, कात्तिक २१ सम्म आवेदन दिन सकिने
एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी र लाभांश क्षमतामा सुधार
ट्रेन्डिङ
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
