काठमाडौं । गायिका इन्दिरा जोशीले केही समय अगाडि कुरा गर्दै आफू प्रेममा नरहेको र बिहेको बिषयमा नसोचेको बताएकी थिइन् । केही महिना अगाडि इन्दिराले प्रेममा नरहेको बताए पनि उनी २ वर्षदेखि प्रेममा रहेको खुलेको छ । इन्दिरा आफैले सामाजिक संजालमा स्टाटस लेख्दै २ वर्षदेखि आफू प्रेममा रहेको खुलाएकी छिन् ।
इन्दिराले लेखेकी छिन्–‘उनले मलाई म तिम्रो स्टार र तिमी मेरो चन्द्रमा भन्छन् । हामी २ वर्षदेखि एकसाथ छौं र अझै कैयौ वर्ष एकसाथ अगाडि बढ्ने बाचा गरेका छौं । जिन्दगीको अन्तिम श्वास रहेसम्म हामी एकसाथ हुनेछौं ।’ इन्दिरालाई उनका प्रेमीले मायामा बाचा गर्दै रिङ पनि लगाइदिएका छन् । इन्दिराले प्रेमीको तस्वीर भने सार्वजनिक गरेकी छैनन् ।