भागरथी हत्याप्रकरणका अभियुक्त दिनेशले ‘बयान फेरे’, दोगडाकेदार गाउँपालिकाका प्राविधिक कर्मचारीमाथि लगाए आरोप
बैतडीकी भागरथी भट्टको हत्याका अभियुक्त दिनेश भट्ट यतिबेला दिपायलस्थित सुधारगृहमा छन् । प्रहरीले उनैले बलात्कारपछि हत्या गरेको अनुसन्धानका आधारमा र्पुपक्षका लागि अदालतको आदेशमा सुधारगृह राखेको हो । तर, सुधारगृहमा रहेका दिनेशले यसअघिको बयान फेरेका छन् ।
किशोर दिनेशले आफूले दिदी समानकी भागरथीलाई बलात्कार गर्न नसक्ने र हत्या पनि नगरेको भन्दै आफन्तहरुलाई भनेका छन् । आफन्तसँगको सम्पर्कपछि उनले हत्या अस्वीकार गरेका छन् ।
भागरथी हत्या प्रकरणमा अर्कै व्यक्ति संलग्न रहेको कतिपय स्थानीयको दाबी रहेको छ । उनीहरुले आज पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराउने भएका छन् । बैतडीबाट कान्ता चन्दले रिपोर्टर्स नेपाललाई जानकारी गराए अनुसार दिनेशले घटनामा आफ्नो संलग्नता नभएको र डरधम्कीले बयान दिन लगाएको बताएका छन् ।
घटनामा दोहडा केदार गाउँपालिकाको प्राविधिक कर्मचारीको संलग्नताको विषय उठेपछि भागरथी हत्या प्रकरणको अनुसन्धानबारे प्रश्नहरु तेर्साइएको छ । अभियुक्त दिनेशले उनको नाम किटेको बुझिएको छ ।
तर, घटनामा संलग्न भएका अभियुक्त दिनेशबारे पत्ता लगाउने पाँच प्रहरी पुरस्कृत भइसकेका छन् । केहीको बढुवा समेत भएको छ ।
यसअघि दिनेशले प्रतिशोध लिन बलात्कार गरेको र अपराध खुल्ने डरले हत्या गरेको बयान दिएको प्रहरीले जानकारी दिएको थियो । भागरथीले अपराध खोलिदिने भयले दिनेशले घाँटी थिचेर हत्या गरेको बयान दिएको प्रहरीले जानकारी दिएको थियो ।
हत्याका आरोपी दिनेश भागरथीकै गाउँका भाई हुन् । उनी भागरथी अध्ययनरत सनातन धर्म उच्च माविमा कक्षा ११ मा अध्ययनरत थिए । भागरथी उक्त विद्यालयमा कक्षा १२ की छात्रा थिइन् ।
प्रहरीले दिनेशले बलात्कारको योजना पहिले नै बनाएर डेढ घन्टा अगाडि नै विद्यालयबाट निस्किएको र जङ्गलमा कुरेर बसेको विषय सार्वजनिक गरेको थियो ।
उनले बाटोमा भागरथीलाई समातेको र प्रतिकारका क्रममा दुवैबीच झडप भएको थियो । त्यसपछि झाडीमा लडाएको उल्लेख गरेको थियो ।
२१ माघमा बैतडी दोगडाकेदार गाउँपालिका ७ की १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको थियो । उनको शव २२ माघमा फेला परेको थियो ।
बलात्कारपछि भागरथीको घाँटी थिची हत्या गरिएको अनुसन्धानबाट पत्ता लागेको थियो । तर, आरोपी दिनेश भट्टको घटनाको १२ दिनपछि पहिचान खुली १३ औं दिनमामात्र सार्वजनिक गरिएको थियो ।
भागरथीको शव लवलेक जङ्गलको खोचलेक गिरेगडा सडकबाट ३० मिटर मुनीको झाडीमा उत्तानो अवस्थामा फेला परेको थियो । उनको शरीरमा नीलडाम र रगत समेत बगेको अवस्थामा भेटिएको थियो ।
सम्बन्धित समाचार
नवजात शिशुको हेरचाहमा सहयोग गर्न प्यारासुट एडभान्स्ड बेबी र एक एक पाइलाबीच पुनः सहकार्य
नेपाली क्रिकेट स्टार दीपेन्द्र सिंह ऐरी नेपालका लागि फ्रीमांसको ब्रान्ड एम्बेसडर नियुक्त
आइसिटी अवार्ड २०२६ का ४ विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनौट, उत्कृस्ट ५ को लागि ग्राण्ड जुरी आयोजना हुने
एनपीएलको प्रत्येक चौका र छक्कामा इसेवाले रेड पान्डा संरक्षणका लागि रकम योगदान गर्ने
नेपाल मेडिकल कलेजमा विभिन्न पदमा रोजगारीको अवसर, कात्तिक २१ सम्म आवेदन दिन सकिने
एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी र लाभांश क्षमतामा सुधार
ट्रेन्डिङ
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
