बिल गेट्सले किन चलाउँदैनन् आइफोन ?
एजेन्सी । विश्वमा आइफोन प्रयोगकर्ताको संख्या १ अर्बभन्दा धेरै छ । संसारका सबैजसो हाइप्रोफाइल व्यक्तिहरुले आइफोन चलाउँदछन् । तर माइक्रोसफ्ट कम्पनीका सहसस्थापक बिल गेट्स चाहिँ आइफोन नचलाउने व्यक्तिमध्ये एक हुन् ।
हालैको एक अन्तरवार्ताका क्रममा गेट्सले आफूले आइफोन नचलाउने खुलासा गर्दै आइफोनको साटो एन्ड्रोइड फोन चलाउन मन पराउनुको कारण पनि खुलाएका छन् ।
उनले भने– मैले वास्तवमा एन्ड्रोइड फोन चलाउँछु । किनकी मलाई सबै कुरामा अद्यावधिक हुन मन पर्दछ । मेरो प्रायः खेलाउने फोन आइफोन हुनसक्दछ तर प्रयोगका लागि आफूसँग बोकेर हिँड्नेचाहिँ एन्ड्रोइड फोन हो ।
यसबाट के प्रष्ट हुन्छ भने गेट्सले आइफोन किनेका त छन् तर त्यो उनको दैनिक सञ्चारजन्य प्रयोगमा छैन । उनका अनुसार कतिपय एन्ड्रोइड निर्माताले माइक्रोसफ्ट सफ्टवेयर प्रि–इन्स्टल गर्ने हुनाले पनि उनलाई एन्ड्रोइड फोन अझ सहज बनेको हो प्रयोगका लागि ।
एप्पल अपरेटिंग सिस्टम एन्ड्रोइड जस्तो कस्टमाइजेसनका लागि लचक अपरेटिंग सिस्टम होइन । यस विषयमा बोल्दै गेट्सले अपरेटिंग सिस्टमलाई सफ्टवेयरसँगको जोड्नका लागि एन्ड्रोइड अपरेटिंग सिस्टम सजिलो भएको बताए ।
यद्यपि आइओएस १४ मा एप्पलले आइफोनलाई यसअघि भन्दा अधिक कस्टमाइजेबल र फ्लेक्सिबल बनाएको छ । साथै एप स्टोरमा माइक्रोसफ्टका एपहरु सजिलैसँग पाइन्छन् भने डिफल्ट ब्राउजर र इमेल क्लाइन्ट पनि सजिलैसँग परिवर्तन गर्न सकिन्छ ।
नयाँ सोसल मिडिया एप क्लबहाउसलाई अन्तरवार्ता दिने क्रममा बिल गेट्सले आफ्ना धेरै साथीहरुसँग चाहिँ आइफोन नै रहेको बताए । रोचक त के भने उनले आफूले एन्ड्रोइड फोन चलाउने भनेर अन्तरवार्ता दिएको क्लबहाउस नामक सोसल मिडिया एप हाल आइफोनमा मात्र उपलब्ध छ ।
अहिलेसम्म यो एप एन्ड्रोइडमा उपलब्ध नभए पनि गुगल प्ले स्टोरमा यसलाई ल्याउनका लागि कम्पनीले काम गरिरहेको बताइएको छ ।क्लबहाउस एउटा अडियो च्याट सोसल नेटवर्किंग प्लाटफर्म हो ।
पछिल्ला केही महिनामा यसले व्यापक लोकप्रियता हासिल गरिरहेको छ । टेस्लाका सिइओ एलन मस्कले पनि यो प्लाटफर्मलाई प्रयोग गरिसकेका छन् ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
१० दिनदेखि कृष्णभीरमा पहिरो, पृथ्वी राजमार्ग अझै ठप्प
चितवनमा सार्वजनिक हुँदै चाङ्गान नेभो क्यू ०५, टेस्ट ड्राइभका लागि तयार
भोटेकोशी बाढीपछि राहत कोषमा १३ अर्बभन्दा बढी रकम जम्मा
ट्रेन्डिङ
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
२०८३ भदौ २३ गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

