काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमवार सार्वजनिक गरेको अद्यावधिक विवरण अनुसार कूल संक्रमितको संख्या २ लाख ७६ हजार ५६ पुगेको छ ।
कूल संक्रमितमध्ये २ लाख ७२ हजार २० जना निको भइसकेका छन् । पछिल्लो २४ घण्टामा ९९ संक्रमित निको भएका छन् । सोमबार देशभर सक्रिय संक्रमितको संख्या १ हजार १७ रहेको मन्त्रालयले जनाएको छ ।
कोरोनाले थप ३ जनाको ज्यान गएको छ । यससँगै ज्यान गुमाउनेको कूल संख्या ३ हजार १९ पुगेको मन्त्रालयले जनाएको छ ।