चैत १४ गते शनिबार, यस्तो छ तपाईंको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
साँझदेखि अधैर्य व्यवहारले समस्या निम्त्याउन सक्छ । आशा देखाउनेहरूले धोका दिन सक्छन् । लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ने स्थिति आउन सक्छ । अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन् । पढाइ लेखाइमा ध्यान केन्द्रित नहुन सक्छ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
भेटघाटले काममा बाधा पुर्याउनेछ । आँटले काम लिन नसक्दा पछि परिनेछ । स्वास्थ्य कमजोर रहे पनि समुदायको हितमा राम्रै काम गर्न सकिनेछ । सामाजिक उत्तरदायित्व पनि बहन गर्नुहोला । मेहनतले विभिन्न अवसर जुटाउन सकिनेछ। शुभ चिन्तकहरूले साथ दिनेछन् ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
काम गर्दा चुनौती आइलाग्नेछन् । प्रयत्न गर्दा खर्च लागे पनि दिगो फाइदा हुने देखिन्छ । चल हुने काम र जिम्मेवारी हात पार्ने मौका छ । कीर्तिमानी काम सुरु गर्ने समय छ । महत्वपूर्ण निर्णय लिने समय छ । अध्ययनमा प्रगति हुनेछ । वैरभाव राख्नेहरूले हार खानेछन् ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
आलस्य गर्दा काम बीचै धेरैले साथ दिनेछन् । मा रोकिन सक्छ । अर्थ संग्रहमा बाधा पुग्नेछ । अस्वस्थता एवं काम बिग्रने भयले सताउन सक्छ । न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने अवस्था देखिन्छ । स्वास्थ्यगत समस्याले सताउन सक्छ । सुख दुःखमा साथ दिनेहरू भने प्रशस्तै भेटिनेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
तर्क शक्ति बढ्नुका साथै रोकिएका काम सम्पादन हुनेछन् । आलोचकहरूलाई जवाफ दिन सकिनेछ । काममा लगनशील बन्दा दिगो फाइदा उठाउन सकिनेछ । ऋणमोचन हुने सम्भावना देखिन्छ । सुखद समाचारले उत्साह जगाउनेछ । काम बिग्रने भयले सताउनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
मनग्य धन आर्जन हुने ग्रहयोग छ । पहिलेका सहयोगीहरू प्रतिस्पर्धामा उत्रिनाले समस्या उत्पन्न होला । सोखले खर्च बढाउन सक्छ । कीर्तिमानी काम सुरु गर्ने समय छ । अप्रत्यासीत रुपमा धनको लाभ पनि हुने देखिन्छ । प्रतिस्पर्धीहरूले समस्या उब्जाउन सक्छन् ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
विभिन्न अवसर प्राप्त भए पनि अरूको मुख ताक्ने बानीले पछि परिनेछ । समय र नियमलाई बेवास्ता नगर्नुहोला । विशेष जिम्मेवारी वहन गर्नुपर्ने स्थिति आउन सक्छ । आम्दानीको स्रोत समेत बढ्नेछ । व्यवसायका लागि यात्रा गर्ने अवसर जुर्न सक्छ । मन मिल्ने साथी भेटिनेछन् ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
आफ्नै कमजोरीले अवसर गुम्न सक्छ । विगतको श्रमबाट सामान्य लाभ भए पनि परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । बौद्धिक जमातलाई आकर्षित गर्ने काम सम्पादन गर्न सकिनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
विगतका कमी कमजोरीलाई पनि सुधार गर्ने अवसर प्राप्त हुनेछ । अवरोधका बीच समुदायको हितमा राम्रै काम गर्न सकिनेछ । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । मंगलमय कृत्य सम्पादन गर्ने र भाग्योन्नतिको समय छ । सोख पूर्तिका लागि खर्च बढ्न सक्छ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
सोचेको काम बन्नुका साथै विभिन्न अवसर प्राप्त हुनेछन् । दीर्घकालसम्म फाइदा हुने काममा हात हाल्ने समय छ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ । शुभ चिन्तकहरूसँग भेटघाट हुनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
कार्य क्षेत्रमा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । श्रमको उचित मूल्यांकन हुनेछ । आज केही समस्या देखिए पनि दिन मनोरञ्जनपूर्ण रहनेछ । परिवारजनको साथले नयाँ आशा जगाउनेछ । काममा अनायासै प्रतिस्पर्धी देखापर्न सक्छन् । प्रतिष्ठा र अधिकारका लागि संघर्षमा उत्रनुपर्ला ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
गरेका कामबाट प्रशस्त लाभ मिल्नेछ । साँझदेखि ईर्ष्या गर्नेहरूले फसाउन सक्छन् । साँझदेखि सानातिना समस्यामा अल्झनु पर्ने स्थिति आउला । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला । आम्दानी बढ्नुका साथै आर्थिक पक्ष सबल बन्नेछ ।
सम्बन्धित समाचार
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
साउनको अन्तिम सोमबार पशुपतिनाथमा भक्तजनको घुइँचो
२०८३ साउन २५ गते सोमवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २४ गते आईतवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २३ गते शनिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २२ गते शुक्रवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
ट्रेन्डिङ
माफी मागेकाले फिफा अध्यक्ष पदमा इन्फान्टिनो यथावत रहने
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
एनसेलको ‘मनसुन अफर’ सार्वजनिक, सिम र प्याक खरिदमा २० प्रतिशतसम्म क्यासब्याक


