• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०७ बैशाख २०८३, सोमबार
०७ बैशाख २०८३, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

छपाइ सकिएका स्मार्ट लाइसेन्स अब सम्बन्धित कार्यालयबाटै वितरण हुने
  • ७ घण्टा 

कजारियाद्वारा ललितपुरमा नयाँ शोरुमको उद्घाटन
  • १० घण्टा 

महालक्ष्मी विकास बैंकद्वारा अन्तरदेशीय क्यूआर भुक्तानी सेवाको शुरुवात
  • ११ घण्टा 

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • ११ घण्टा 

२०८३ वैशाख ०८ गते मंगलबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १३ घण्टा 

१३ अंकले ओरालो लागेको सेयर बजारमा ४ कम्पनीको शेयर भने १५ प्रतिशतले उक्लियो
  • १ दिन 

कर्मचारीले अब प्रत्येक १५ दिनमा तलब पाउने व्यवस्था लागू गर्ने सरकारको तयारी
  • १ दिन 

यस्तो छ आजको मौसम पुर्वानुमान
  • २ दिन 

२०८३ वैशाख ०७ गते सोमबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • २ दिन 

लोकप्रिय समाचार

  • १. अत्याधुनिक फिचरसहित पोको एक्स-८ सिरिज नेपालमा सार्वजनिक, कति पर्छ मुल्य ?

  • २. देशभर मौसम बदली : पहाडमा चट्याङसहित वर्षा, हिमाली क्षेत्रमा हिमपातको सम्भावना

  • ३. डिजेल मूल्यवृद्धिले ट्रक व्यवसायी प्रभावित, भाडा समायोजन गर्न सरकारसँग महासंघको माग

  • ४. कर्मचारीले अब प्रत्येक १५ दिनमा तलब पाउने व्यवस्था लागू गर्ने सरकारको तयारी

  • ५. सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार

  • ६. अब जन्म,विवाह दर्ता लगायतका प्रमाणपत्र नागरिक एपमै हुने

  • ७. जन्ती बोकेको जिप हुँदा दुर्घटनामा चारको मृत्यु, १४ जना घाइते

  • ८. नेपालमै पहिलो पटक ललितपुरमा फोहोर संकलनका लागि फोटोन टीएम १ इलेक्ट्रिक गाडि सञ्चालन

  • ९. १३ अंकले ओरालो लागेको सेयर बजारमा ४ कम्पनीको शेयर भने १५ प्रतिशतले उक्लियो

  • १०. २०८३ वैशाख ०५ गते शनिबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

धूवाँले दिउँसै अन्धकार, आखिर किन यस्तो भयो ?

admin २०७७, चैत्र, १४

काठमाडौं । विहानसम्म लगभग सफा रहेको काठमाडौंको वायुमण्डल शुक्रबार मध्याह्नपछि एकाएक धुमलिन पुग्यो । क्षणभरमै तुवाँलोले भरियो । भिजिबिलिटी स्वाट्टै घटेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अपराह्नपछि हवाई सेवा रोकियो ।

घरबाहिर निस्किएका सर्वसाधारणले आँखा पोलेको महसुस गरे । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले वायुको गुणस्तर सूचकांक (एक्यूआई) ३०० भन्दा बढी भएकामा ‘घातक’ भनेको छ । उपत्यकामा शुक्रबार एक्यूआई ४७० सम्म रेकर्ड हुन पुग्यो । काठमाडौंको चारै दिशातिर बिहीबारदेखि नै डढेलो लागिरहेको थियो ।

‘बिहीबार डढेलो थप फैलिएपछि धूवाँ मिसिएको प्रदूषण काठमाडौंमा भित्रियो,’ लामो समयदेखि नेपालसहित दक्षिण एसियाली देशको स्थितिबारे विश्लेषण गर्दै आएका डढेलो विज्ञ सुन्दरप्रसाद शर्माले भने, ‘काठमाडौंको प्रदूषणमा डढेलोको धूवाँ थपिएपछि झन् भयावह भयो, सर्वसाधारणले आँखा पोलेको महसुस गर्न थाले ।’

शर्माका अनुसार शुक्रबार बिहानैदेखि काठमाडौंसँग सीमा जोडिएका जिल्ला र तराई तथा भारतका विभिन्न स्थानमा डढेलो लागिरहेको थियो । ‘पश्चिम वायुसँगै डढेलोको धूवाँ काठमाडौं भित्रियो, जसले गर्दा दिउँसै अन्धकार भयो,’ उनले भने, ‘लामटाङ निकुञ्जमा लागेको डढेलोको धूवाँसमेत काठमाडौंसम्म फैलिएको देखियो । वायुले डढेलोको धूवाँ सोहोरेर ल्याएको हो ।’

लामटाङमा सन् २०१२ मा पनि ‘क्राउन फायर’ भएको थियो । त्यतिबेला पनि काठमाडौंसम्मै प्रदूषण फैलिएको शर्माले सम्झाए । अमेरिकी वैज्ञानिक संस्था ‘नासा’ ले शुक्रबार खिचेको तस्बिरले नेपालसँग सीमा जोडिएको भारततिर पनि भीषण डढेलो लागेको देखाएको छ ।

‘नेपालतिर प्रदूषण बढ्नुमा भारतमा लागेको डढेलोको पनि ठूलो प्रभाव हुन सक्छ,’ उनले भने, ‘मुख्य गरी अहिलेको प्रदूषण डढेलोपछिको उग्ररूप हो ।’ कान्तिपुरमा खबर छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
छपाइ सकिएका स्मार्ट लाइसेन्स अब सम्बन्धित कार्यालयबाटै वितरण हुने
कजारियाद्वारा ललितपुरमा नयाँ शोरुमको उद्घाटन
महालक्ष्मी विकास बैंकद्वारा अन्तरदेशीय क्यूआर भुक्तानी सेवाको शुरुवात

ताजा

छपाइ सकिएका स्मार्ट लाइसेन्स अब सम्बन्धित कार्यालयबाटै वितरण हुने

कजारियाद्वारा ललितपुरमा नयाँ शोरुमको उद्घाटन

महालक्ष्मी विकास बैंकद्वारा अन्तरदेशीय क्यूआर भुक्तानी सेवाको शुरुवात

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.