धूवाँले दिउँसै अन्धकार, आखिर किन यस्तो भयो ?
काठमाडौं । विहानसम्म लगभग सफा रहेको काठमाडौंको वायुमण्डल शुक्रबार मध्याह्नपछि एकाएक धुमलिन पुग्यो । क्षणभरमै तुवाँलोले भरियो । भिजिबिलिटी स्वाट्टै घटेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अपराह्नपछि हवाई सेवा रोकियो ।
घरबाहिर निस्किएका सर्वसाधारणले आँखा पोलेको महसुस गरे । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले वायुको गुणस्तर सूचकांक (एक्यूआई) ३०० भन्दा बढी भएकामा ‘घातक’ भनेको छ । उपत्यकामा शुक्रबार एक्यूआई ४७० सम्म रेकर्ड हुन पुग्यो । काठमाडौंको चारै दिशातिर बिहीबारदेखि नै डढेलो लागिरहेको थियो ।
‘बिहीबार डढेलो थप फैलिएपछि धूवाँ मिसिएको प्रदूषण काठमाडौंमा भित्रियो,’ लामो समयदेखि नेपालसहित दक्षिण एसियाली देशको स्थितिबारे विश्लेषण गर्दै आएका डढेलो विज्ञ सुन्दरप्रसाद शर्माले भने, ‘काठमाडौंको प्रदूषणमा डढेलोको धूवाँ थपिएपछि झन् भयावह भयो, सर्वसाधारणले आँखा पोलेको महसुस गर्न थाले ।’
शर्माका अनुसार शुक्रबार बिहानैदेखि काठमाडौंसँग सीमा जोडिएका जिल्ला र तराई तथा भारतका विभिन्न स्थानमा डढेलो लागिरहेको थियो । ‘पश्चिम वायुसँगै डढेलोको धूवाँ काठमाडौं भित्रियो, जसले गर्दा दिउँसै अन्धकार भयो,’ उनले भने, ‘लामटाङ निकुञ्जमा लागेको डढेलोको धूवाँसमेत काठमाडौंसम्म फैलिएको देखियो । वायुले डढेलोको धूवाँ सोहोरेर ल्याएको हो ।’
लामटाङमा सन् २०१२ मा पनि ‘क्राउन फायर’ भएको थियो । त्यतिबेला पनि काठमाडौंसम्मै प्रदूषण फैलिएको शर्माले सम्झाए । अमेरिकी वैज्ञानिक संस्था ‘नासा’ ले शुक्रबार खिचेको तस्बिरले नेपालसँग सीमा जोडिएको भारततिर पनि भीषण डढेलो लागेको देखाएको छ ।
‘नेपालतिर प्रदूषण बढ्नुमा भारतमा लागेको डढेलोको पनि ठूलो प्रभाव हुन सक्छ,’ उनले भने, ‘मुख्य गरी अहिलेको प्रदूषण डढेलोपछिको उग्ररूप हो ।’ कान्तिपुरमा खबर छ ।
सम्बन्धित समाचार
नवजात शिशुको हेरचाहमा सहयोग गर्न प्यारासुट एडभान्स्ड बेबी र एक एक पाइलाबीच पुनः सहकार्य
नेपाली क्रिकेट स्टार दीपेन्द्र सिंह ऐरी नेपालका लागि फ्रीमांसको ब्रान्ड एम्बेसडर नियुक्त
आइसिटी अवार्ड २०२६ का ४ विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनौट, उत्कृस्ट ५ को लागि ग्राण्ड जुरी आयोजना हुने
एनपीएलको प्रत्येक चौका र छक्कामा इसेवाले रेड पान्डा संरक्षणका लागि रकम योगदान गर्ने
नेपाल मेडिकल कलेजमा विभिन्न पदमा रोजगारीको अवसर, कात्तिक २१ सम्म आवेदन दिन सकिने
एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी र लाभांश क्षमतामा सुधार
ट्रेन्डिङ
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
