• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२९ बैशाख २०८३, मङ्गलबार
२९ बैशाख २०८३, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श
  • ९ घण्टा 

नेपाली बजारमा एमजी एस६ ईभी सार्वजनिक, कतिपर्छ मुल्य ?
  • १० घण्टा 

जेएसडब्लुएमजी मोटर इन्डिया र गोल्छा अर्गनाइजेशनसँग साझेदारी विस्तार
  • ११ घण्टा 

मे इन्डल्जेन्स : रमादाबाई विन्धाम इटहरीद्वारा यस सिजनका उत्कृष्ट अफरहरू सार्वजनिक
  • १२ घण्टा 

२०८३ वैशाख ३० गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १३ घण्टा 

फोटोन नेपालको ‘कस्टमर मिट एण्ड ग्रिट’ : आफ्टर सेल्स सर्भिस र ईभीप्रतिको विश्वास बढाउने प्रयास
  • १३ घण्टा 

यती एअरलाईन्सको आईपीओ निष्काशनमा एनआइएमबि एस क्यापिटल नियुक्त
  • १४ घण्टा 

एसईई नतिजामा सुधार, कुन प्रदेशबाट कति विद्यार्थी उत्तीर्ण ?
  • १६ घण्टा 

कजारियाको नयाँ शोरुम अब हापुरे, दाङमा : प्रिमियम टायल कलेक्सनको शुभारम्भ
  • १७ घण्टा 

लोकप्रिय समाचार

  • १. अब कम्पनी दर्ता एक दिनमै, खारेजी पाँच दिनभित्र

  • २. २०८३ वैशाख २९ गते मंगलबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ३. डोंगफेङद्वारा युरोपेली बजार विस्तारका लागि म्युनिखमा डिजाइन केन्द्रको स्थापना

  • ४. कस्तो छ आजको मौसम पूर्वानुमान ?

  • ५. २०८३ वैशाख ३० गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ६. ट्रेकिङ अनुमति अब अनलाइनबाटै, सार्वजनिक बिदामा पनि सेवा

  • ७. यस्तो छ आजको मौसम पुर्वानुमान

  • ८. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ९. शक्तिशाली प्रदर्शन र आकर्षक डिजाइनसहित रेडमी ए–सेवेन–प्रो सार्वजनिक

  • १०. एसईई २०८३ को नतिजाका लागि स्प्यारो एसएमएसको सेवा निरन्तर, ३५००१ बाट नतिजा हेर्न सकिने

सेयर लगानीकर्ताले जान्नैपर्ने १० कुरा

admin २०७७, चैत्र, १६

हामीले सेयर बजारबाटै उल्लेख्य आम्दानी गरेको धेरै उदाहरण पाउन सक्छौं । यद्यपि, सेयर बजारबाट ठूलो रकम आर्जन गर्नु त्यति सजिलो भने छैन । यसको लागि उल्लेख्य धैर्यता र अनुशासन भएर मात्र पनि हुँदैन । बजारको उल्लेख्य अनुसन्धान र त्यसलाई बुझ्नु पनि जरुरी हुन्छ ।
त्यसमाथि बेलाबेलामा सेयर बजारमा देखिने अत्यधिक उतारचढावले लगानीकर्ताहरुलाई द्विविधामा पारिदिन्छ । कतिबेला बेच्ने, कतिबेला प्रतिक्षा गर्ने र कतिबेला बेच्ने भन्ने भेउ उनीहरुले पाउन सक्दैनन् ।

अहिलेसम्म सेयर बजारमा लगानीको लागि ढुक्क हुन सकिने कुनै पनि नियम बनेको छैन । तर, राम्रो मुनाफा आर्जन गर्ने सम्भावना बढाउने केही नियम यहाँ उल्लेख गरिएको छ ।

१. अर्काको धेरै अनुशरण

सेयर खरिद गर्ने वा बिक्री गर्ने भन्ने निर्णय मानिसले आफ्ना, साथीभाइ, आफन्त वा अन्य विश्वासिलो मानिसको प्रभावमा परेर गर्छन् । त्यसैले एउटै सर्कलका धेरै मानिसले कुनै एउटै सेयरमा लगानी गर्छन् । दीर्घकालीनरुपमा भने यसले नोक्सानी पनि गर्न सक्छ । अर्काको अनुशरण नै गर्न हुँदैन भन्ने होइन त्यसैले कुन अवस्थामा लगानी गर्न सकिन्छ भनेर आफैंले राम्रोसँग सोचविचार गर्नुपर्छ ।

सेयर बजारका बादशाह भनेर चिनिने वारेन बफेटको भनाइ छ, ‘अरुले लोभ गरिरहेको बेला सधैं सावधान हुनुहोस् र अरु डराइरहेको बेला लोभी हुनुहोस् ।’

२. सुसूचित भएरमात्र निर्णय गर्नुहोस्

सेयर बजारमा लगानी गर्नुभन्दा पहिला राम्रोसँग अध्ययन गर्नु पनि जरुरी हुन्छ । तर, धेरैले लगानी गर्नुपूर्व राम्रोसँग अध्ययन गर्दैनन् । मानिसहरु कम्पनीको नामको आधारमा समग्र अवस्था नबुझी लगानी गर्छन् तर यो सेयर बजारमा लगानी गर्ने सही तरिका भने होइन । सेयर बजारमा लामो समयदेखि लगानी गर्दै आएका मानिसले पनि बजारको भाउ यो समयमा यहाँ पुग्छ भनेर भन्न सक्दैनन् । तर, अधिकांश लगानीकर्ता भने त्यसको ठीक विपरीतको काम गर्छन् ।

३. बुझेको कम्पनीमा मात्र लगानी गर्नुहोस्

लगानी सेयर बजारको समग्र अवस्था हेरेर भन्दा पनि सम्बन्धीत कम्पनीलाई ध्यानमा राखेर गर्नुपर्छ । त्यसैले आफूले बुझेको कम्पनीमा लगानी गर्नु राम्रो हुन्छ । यसको अर्थ तपाईंले कुनै कम्पनीमा लगानी गर्दै हुनुहुन्छ भने उक्त कम्पनीले के काम गर्छ भनेर तपाईंलाई राम्रोसँग थाहा हुनु जरुरी हुन्छ । त्यस कम्पनीले केकति लाभांश दिन्छ ? त्यो कम्पनीको सञ्चालक समिति वा व्यवस्थापन कस्तो छ राम्ररी अध्ययन हुनु जरुरी छ ।

४. बजारको मूल्य गणना गर्ने प्रयास नगर्नुहोस्

सेयर बजारमा लामो समयदेखि लगानी गर्दै आएका मानिसले पनि बजारको भाउ यो समयमा यहाँ पुग्छ भनेर भन्न सक्दैनन् । तर, अधिकांश लगानीकर्ता भने त्यसको ठीक विपरीतको काम गर्छन् । वित्तीय योजना बनाउनेले पनि यस्तो गणना नगर्न सुझाउँछन् । यसरी मूल्यको गणना गर्ने क्रममा मानिसहरुले आफूले पाउने रकम पनि गुमाउन पुग्छन् ।

अहिलेसम्म सफलतापूर्वक कसैले पनि सेयर भाउको अनुमान गर्न सकेका छैनन् । बरु यसको चक्करमा मानिसहरुले सेयर बजारमा आफ्नो सही नाफा लिन नसकेको जानकारहरु बताउँछन् ।

५. अनुशासित लगानीको अवधारणा पालना गर्नुहोस्

सेयर बजारमा सही तरिकाले प्रक्रियागतरुपमा सही बजारमा लगानी गरी उक्त लगानीलाई लामो समयसम्म राख्न सक्ने मानिसले अप्रत्याशित नाफा आर्जन गर्न सक्छन् । त्यसैले दीर्घकालीन लगानीलाई ध्यानमा राख्दै धैर्य गरेर अनुशासित लगानीको अवधारणाको अनुशरण गर्नुहोस् ।

६. भावनामा आएर निर्णय नगर्नुहोस्

धेरै लगानीकर्ताले आफ्नो भावनालाई रोक्न नसकेको कारण सेयर बजारबाट धेरै नोक्सानीको सामना गर्छन् । विशेषगरी लोभ र डरले मानिसहरुले सही समयमा आफ्नो सेयर किन्न वा बेच्न सक्दैनन् । मानिसहरुले छोटो समयमा धेरै पैसा कमाउने लोभलाई रोक्न सक्दैनन् । त्यसैले मानिसले लिन सक्नेजति फाइदा सेयर बजारबाट लिन सक्दैनन् ।

७. फरक फरक क्षेत्रमा लगानी गर्नुहोस्

फरक फरक क्षेत्रमा लगानी गर्नु निकै कम जोखिममा उल्लेख्य फाइदा कमाउने एक अर्को महत्वपूर्ण तरिका हो । कति धेरै क्षेत्रमा लगानी गर्ने भन्ने कुरा लगानीकर्ताको जोखिम बहनको क्षमतामा भर पर्छ ।

८. सम्भव हुने अपेक्षा गर्नु

तपाईंले सेयर बजारबाट धेरै नाफा कमाउने उद्देश्य राख्नु कुनै नराम्रो कुरा होइन । तर, तपाईंले राख्नुभएको लक्ष्य पूरा हुन सक्ने किसिमको हुनुपर्छ । उदाहरणको लागि पछिल्ला केही वर्षमा धेरै कम्पनीमा गरिएको लगानीमा ५० प्रतिशत नाफा आएको हुनसक्छ । यसको अर्थ तपाईंले लगानी गरेको कम्पनीमा पनि सोही किसिमको नाफा हुन्छ भन्ने होइन । यस विषयमा वारेन बफेटको सिद्धान्त यस्तो छ, ‘सेयर बजारमा १२ प्रतिशतभन्दा बढी कमाउनु तपाईंको निकै ठूलो भाग्य हो, यदि तपाईं यो कुरामा हाँसिरहनुभएको छ भने आफ्नै लागि समस्या निम्त्याउँदै हुनुहुन्छ ।’

९. पर्याप्त रकम भएको अवस्थामा मात्र लगानी गर्नुहोस्

सेयर बजारको अवस्था सधैं तलमाथि भइरहन्छ । त्यसैले तपाईंले नोक्सानी भए पनि सहन सक्छु भन्ने सोचेर मात्र लगानी गर्नुहोस् । यस्तोमा यो रकम गुमाए पनि मलाई ठूलो असर पर्दैन भन्ने अवस्थामा मात्र लगानी गर्नुहोस् । यसको अर्थ तपाईंको लगानी गुम्न सक्छ भन्ने होइन, यसले राम्रो प्रतिफल दिन सक्छ । तर, शतप्रतिशत विश्वास केही कुरामा पनि हुँदैन । त्यसैले तपाईंले जोखिम उठाउनुपर्ने हुन्छ ।

१०. निरन्तर निरीक्षण गर्नुहोस्

सेयर बजारमा विश्वको कुनै पनि क्षेत्रमा हुने गतिविधिहरुले हाम्रो वित्तीय बजारमा असर पार्छ । त्यसैले हामीले निरन्तररुपमा आफ्नो लगानीमा निरीक्षण गरिरहनुपर्ने हुन्छ । जसको माध्यमबाट आफ्नो लगानी कतातिर जाँदैछ भन्ने आफूलाई थाहा हुन्छ । समयको अभाव वा राम्रो ज्ञान नभएको कारण तपाईं त्यसो गर्न सक्नुहुन्न भने तपाईंले अर्को जान्ने मानिसको सहायता पनि लिन सक्नुहुन्छ ।

तपाईं त्यसो पनि गर्न सक्नुहुन्न भने आफ्नो लगानी जोखिम कम हुने अन्य क्षेत्रमा लैजानु राम्रो हुन्छ । –एजेन्सीहरुको सहयोगमा

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श
नेपाली बजारमा एमजी एस६ ईभी सार्वजनिक, कतिपर्छ मुल्य ?
जेएसडब्लुएमजी मोटर इन्डिया र गोल्छा अर्गनाइजेशनसँग साझेदारी विस्तार

ताजा

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

नेपाली बजारमा एमजी एस६ ईभी सार्वजनिक, कतिपर्छ मुल्य ?

जेएसडब्लुएमजी मोटर इन्डिया र गोल्छा अर्गनाइजेशनसँग साझेदारी विस्तार

मे इन्डल्जेन्स : रमादाबाई विन्धाम इटहरीद्वारा यस सिजनका उत्कृष्ट अफरहरू सार्वजनिक

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.