• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
    • Social Media
×
                     
                        शनिबार, माघ १८, २०८२
शनिबार, माघ १८, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
      • Social Media
  • ☰

भर्खरै

विशेष अफर सहित नयाँ लेभ्निङ इलेक्ट्रिक स्कुटर सार्वजनिक

२०८२ माघ १७ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

एसएमएल इसुजुको निःशुल्क सर्भिस क्याम्प धादिङवेशीमा सम्पन्न, १७५ भन्दा बढी सवारीसाधन सहभागी

पोल्याण्डद्वारा लोकमान्य गोल्छालाई ‘अर्डर अफ मेरिट’ को अफिसर क्रस प्रदान

रेडम्याजिक ११ एयर चीनमा सार्वजनिक, यस्ता छन् फिचर

ह्वातै घट्यो सुनचाँदीको मुल्य, कतिमा हुदैँछ कारोबार ?

यामाहा नेपालको ‘माइलेज लिग’ को आधा चरण पूरा : देखियो उत्कृष्ट माइलेज क्षमता

२०८२ साल माघ १६ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

सीजी मोटर्सद्वारा “मेगा सेल्स एण्ड एक्सचेन्ज कार्निभल” शुभारम्भ : एकै स्थानमा सात विश्वप्रसिद्ध ईभी ब्रान्ड

लोकप्रिय समाचार

  • १. २०८२ साल माघ ११ गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

  • २. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ३. २०८२ साल माघ १३ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ४. अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा १७ औँ वर्षमा प्रवेश : थपिए यस्ता सुबिधा

  • ५. ह्वातै घट्यो सुनचाँदीको मुल्य, कतिमा हुदैँछ कारोबार ?

  • ६. अभिनेता, निर्देशक तथा लेखक अर्पण थापाले रोजे ‘एक्स्ट्राअर्डिनेरी’ आयन भी

  • ७. सुनको मुल्यमा नयाँ कीर्तिमान : तोलाकै ३ लाख ९ हजार

  • ८. २०८२ साल माघ १५ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ९. २०८२ साल माघ १४ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. माघ २२ गतेदेखि भृकुटीमण्डपमा ११ औं नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी हुने

सेयर लगानीकर्ताले जान्नैपर्ने १० कुरा

हामीले सेयर बजारबाटै उल्लेख्य आम्दानी गरेको धेरै उदाहरण पाउन सक्छौं । यद्यपि, सेयर बजारबाट ठूलो रकम आर्जन गर्नु त्यति सजिलो भने छैन । यसको लागि उल्लेख्य धैर्यता र अनुशासन भएर मात्र पनि हुँदैन । बजारको उल्लेख्य अनुसन्धान र त्यसलाई बुझ्नु पनि जरुरी हुन्छ ।
त्यसमाथि बेलाबेलामा सेयर बजारमा देखिने अत्यधिक उतारचढावले लगानीकर्ताहरुलाई द्विविधामा पारिदिन्छ । कतिबेला बेच्ने, कतिबेला प्रतिक्षा गर्ने र कतिबेला बेच्ने भन्ने भेउ उनीहरुले पाउन सक्दैनन् ।

अहिलेसम्म सेयर बजारमा लगानीको लागि ढुक्क हुन सकिने कुनै पनि नियम बनेको छैन । तर, राम्रो मुनाफा आर्जन गर्ने सम्भावना बढाउने केही नियम यहाँ उल्लेख गरिएको छ ।

१. अर्काको धेरै अनुशरण

सेयर खरिद गर्ने वा बिक्री गर्ने भन्ने निर्णय मानिसले आफ्ना, साथीभाइ, आफन्त वा अन्य विश्वासिलो मानिसको प्रभावमा परेर गर्छन् । त्यसैले एउटै सर्कलका धेरै मानिसले कुनै एउटै सेयरमा लगानी गर्छन् । दीर्घकालीनरुपमा भने यसले नोक्सानी पनि गर्न सक्छ । अर्काको अनुशरण नै गर्न हुँदैन भन्ने होइन त्यसैले कुन अवस्थामा लगानी गर्न सकिन्छ भनेर आफैंले राम्रोसँग सोचविचार गर्नुपर्छ ।

सेयर बजारका बादशाह भनेर चिनिने वारेन बफेटको भनाइ छ, ‘अरुले लोभ गरिरहेको बेला सधैं सावधान हुनुहोस् र अरु डराइरहेको बेला लोभी हुनुहोस् ।’

२. सुसूचित भएरमात्र निर्णय गर्नुहोस्

सेयर बजारमा लगानी गर्नुभन्दा पहिला राम्रोसँग अध्ययन गर्नु पनि जरुरी हुन्छ । तर, धेरैले लगानी गर्नुपूर्व राम्रोसँग अध्ययन गर्दैनन् । मानिसहरु कम्पनीको नामको आधारमा समग्र अवस्था नबुझी लगानी गर्छन् तर यो सेयर बजारमा लगानी गर्ने सही तरिका भने होइन । सेयर बजारमा लामो समयदेखि लगानी गर्दै आएका मानिसले पनि बजारको भाउ यो समयमा यहाँ पुग्छ भनेर भन्न सक्दैनन् । तर, अधिकांश लगानीकर्ता भने त्यसको ठीक विपरीतको काम गर्छन् ।

३. बुझेको कम्पनीमा मात्र लगानी गर्नुहोस्

लगानी सेयर बजारको समग्र अवस्था हेरेर भन्दा पनि सम्बन्धीत कम्पनीलाई ध्यानमा राखेर गर्नुपर्छ । त्यसैले आफूले बुझेको कम्पनीमा लगानी गर्नु राम्रो हुन्छ । यसको अर्थ तपाईंले कुनै कम्पनीमा लगानी गर्दै हुनुहुन्छ भने उक्त कम्पनीले के काम गर्छ भनेर तपाईंलाई राम्रोसँग थाहा हुनु जरुरी हुन्छ । त्यस कम्पनीले केकति लाभांश दिन्छ ? त्यो कम्पनीको सञ्चालक समिति वा व्यवस्थापन कस्तो छ राम्ररी अध्ययन हुनु जरुरी छ ।

४. बजारको मूल्य गणना गर्ने प्रयास नगर्नुहोस्

सेयर बजारमा लामो समयदेखि लगानी गर्दै आएका मानिसले पनि बजारको भाउ यो समयमा यहाँ पुग्छ भनेर भन्न सक्दैनन् । तर, अधिकांश लगानीकर्ता भने त्यसको ठीक विपरीतको काम गर्छन् । वित्तीय योजना बनाउनेले पनि यस्तो गणना नगर्न सुझाउँछन् । यसरी मूल्यको गणना गर्ने क्रममा मानिसहरुले आफूले पाउने रकम पनि गुमाउन पुग्छन् ।

अहिलेसम्म सफलतापूर्वक कसैले पनि सेयर भाउको अनुमान गर्न सकेका छैनन् । बरु यसको चक्करमा मानिसहरुले सेयर बजारमा आफ्नो सही नाफा लिन नसकेको जानकारहरु बताउँछन् ।

५. अनुशासित लगानीको अवधारणा पालना गर्नुहोस्

सेयर बजारमा सही तरिकाले प्रक्रियागतरुपमा सही बजारमा लगानी गरी उक्त लगानीलाई लामो समयसम्म राख्न सक्ने मानिसले अप्रत्याशित नाफा आर्जन गर्न सक्छन् । त्यसैले दीर्घकालीन लगानीलाई ध्यानमा राख्दै धैर्य गरेर अनुशासित लगानीको अवधारणाको अनुशरण गर्नुहोस् ।

६. भावनामा आएर निर्णय नगर्नुहोस्

धेरै लगानीकर्ताले आफ्नो भावनालाई रोक्न नसकेको कारण सेयर बजारबाट धेरै नोक्सानीको सामना गर्छन् । विशेषगरी लोभ र डरले मानिसहरुले सही समयमा आफ्नो सेयर किन्न वा बेच्न सक्दैनन् । मानिसहरुले छोटो समयमा धेरै पैसा कमाउने लोभलाई रोक्न सक्दैनन् । त्यसैले मानिसले लिन सक्नेजति फाइदा सेयर बजारबाट लिन सक्दैनन् ।

७. फरक फरक क्षेत्रमा लगानी गर्नुहोस्

फरक फरक क्षेत्रमा लगानी गर्नु निकै कम जोखिममा उल्लेख्य फाइदा कमाउने एक अर्को महत्वपूर्ण तरिका हो । कति धेरै क्षेत्रमा लगानी गर्ने भन्ने कुरा लगानीकर्ताको जोखिम बहनको क्षमतामा भर पर्छ ।

८. सम्भव हुने अपेक्षा गर्नु

तपाईंले सेयर बजारबाट धेरै नाफा कमाउने उद्देश्य राख्नु कुनै नराम्रो कुरा होइन । तर, तपाईंले राख्नुभएको लक्ष्य पूरा हुन सक्ने किसिमको हुनुपर्छ । उदाहरणको लागि पछिल्ला केही वर्षमा धेरै कम्पनीमा गरिएको लगानीमा ५० प्रतिशत नाफा आएको हुनसक्छ । यसको अर्थ तपाईंले लगानी गरेको कम्पनीमा पनि सोही किसिमको नाफा हुन्छ भन्ने होइन । यस विषयमा वारेन बफेटको सिद्धान्त यस्तो छ, ‘सेयर बजारमा १२ प्रतिशतभन्दा बढी कमाउनु तपाईंको निकै ठूलो भाग्य हो, यदि तपाईं यो कुरामा हाँसिरहनुभएको छ भने आफ्नै लागि समस्या निम्त्याउँदै हुनुहुन्छ ।’

९. पर्याप्त रकम भएको अवस्थामा मात्र लगानी गर्नुहोस्

सेयर बजारको अवस्था सधैं तलमाथि भइरहन्छ । त्यसैले तपाईंले नोक्सानी भए पनि सहन सक्छु भन्ने सोचेर मात्र लगानी गर्नुहोस् । यस्तोमा यो रकम गुमाए पनि मलाई ठूलो असर पर्दैन भन्ने अवस्थामा मात्र लगानी गर्नुहोस् । यसको अर्थ तपाईंको लगानी गुम्न सक्छ भन्ने होइन, यसले राम्रो प्रतिफल दिन सक्छ । तर, शतप्रतिशत विश्वास केही कुरामा पनि हुँदैन । त्यसैले तपाईंले जोखिम उठाउनुपर्ने हुन्छ ।

१०. निरन्तर निरीक्षण गर्नुहोस्

सेयर बजारमा विश्वको कुनै पनि क्षेत्रमा हुने गतिविधिहरुले हाम्रो वित्तीय बजारमा असर पार्छ । त्यसैले हामीले निरन्तररुपमा आफ्नो लगानीमा निरीक्षण गरिरहनुपर्ने हुन्छ । जसको माध्यमबाट आफ्नो लगानी कतातिर जाँदैछ भन्ने आफूलाई थाहा हुन्छ । समयको अभाव वा राम्रो ज्ञान नभएको कारण तपाईं त्यसो गर्न सक्नुहुन्न भने तपाईंले अर्को जान्ने मानिसको सहायता पनि लिन सक्नुहुन्छ ।

तपाईं त्यसो पनि गर्न सक्नुहुन्न भने आफ्नो लगानी जोखिम कम हुने अन्य क्षेत्रमा लैजानु राम्रो हुन्छ । –एजेन्सीहरुको सहयोगमा

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विशेष अफर सहित नयाँ लेभ्निङ इलेक्ट्रिक स्कुटर सार्वजनिक
    रेडम्याजिक ११ एयर चीनमा सार्वजनिक, यस्ता छन् फिचर
    ह्वातै घट्यो सुनचाँदीको मुल्य, कतिमा हुदैँछ कारोबार ?

    लोकप्रिय

    २०८२ साल माघ ११ गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

    आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

    २०८२ साल माघ १३ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

    अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा १७ औँ वर्षमा प्रवेश : थपिए यस्ता सुबिधा

    ह्वातै घट्यो सुनचाँदीको मुल्य, कतिमा हुदैँछ कारोबार ?

    ताजा

    विशेष अफर सहित नयाँ लेभ्निङ इलेक्ट्रिक स्कुटर सार्वजनिक

    २०८२ माघ १७ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    एसएमएल इसुजुको निःशुल्क सर्भिस क्याम्प धादिङवेशीमा सम्पन्न, १७५ भन्दा बढी सवारीसाधन सहभागी

    पोल्याण्डद्वारा लोकमान्य गोल्छालाई ‘अर्डर अफ मेरिट’ को अफिसर क्रस प्रदान

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    Follow Us

    Follow us on Facebook Subscribe us on Youtube Follow us on Instagram

    Recent Posts

    • विशेष अफर सहित नयाँ लेभ्निङ इलेक्ट्रिक स्कुटर सार्वजनिक
    • २०८२ माघ १७ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?
    • एसएमएल इसुजुको निःशुल्क सर्भिस क्याम्प धादिङवेशीमा सम्पन्न, १७५ भन्दा बढी सवारीसाधन सहभागी
    • पोल्याण्डद्वारा लोकमान्य गोल्छालाई ‘अर्डर अफ मेरिट’ को अफिसर क्रस प्रदान
    • रेडम्याजिक ११ एयर चीनमा सार्वजनिक, यस्ता छन् फिचर

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2026 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.