चैत २४ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
स्वास्थ्य कमजोर रहनाले पढाइ लेखाइमा समय दिन नसकिएला । धेरै समय सानातिना घरेलु काममै अल्झनुपर्ला । सवारीमा सावधानी अपनाउनु होला । ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्नेछ । बोलीको भरमा काम सम्पादन हुन सक्छ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
लाभ हुने कामका सन्दर्भमा केही प्रतिस्पर्धा हुने सम्भावना छ । अरूको भरपर्दा आँटेको काम सम्पादन नहुन सक्छ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । पहिलेको सफलताले थप हौसला जगाउनेछ । रुचिका विषयमा लगानी बढाउने समय छ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
नयाँ काममा हात हाल्ने समय छ । सोखले खर्च बढाउन सक्छ । प्रयत्न गर्दा सजिलै फाइदा लिन सकिनेछ । यात्रामा विशेष लाभ होला । लाभ हुने काम प्रारम्भ गर्ने समय छ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । भौतिक साधन समेत जुट्नेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
अवसरलाई पछ्याउन नसक्दा पछि परिनेछ । अस्वस्थताले काममा बाधा पुर्याउला । बाध्यताले अलमल्याउन सक्छ । कृषिमा कामको चाप र चौपायामा केहि समस्या देखिनेछ । तर मेहनत गर्दा प्रशस्त धन आर्जन हुने समय छ । आँटेका काम तत्काल सम्पादन हुनेछन् ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
दम्पतीबीच विवाद वा पारिवारिक असमझदारी बढ्ने सम्भावना छ । सामान्य चुनौती देखिए पनि मेहनत गर्दा लाभ मिल्नेछ । दिगो योजना प्रारम्भ हुन सक्छ । साझेदारीमा फाइदा हुनेछ । आम्दानी तथा आयआर्जनका स्रोत समेत समय छ । मेहनत अनुसार फाइदा कमै होला ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ । मुद्दा मामिलामा पनि विजयी भइनेछ । व्यापार तथा उद्योगतर्फ सामान्य फाइदाको योग छ । समयमा होस नपुग्नाले काम रोकिन सक्छ । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । व्यापारमा मनग्य फाइदा हुनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
टाढिएका सन्तानलाई आमाको यादले सताउन सक्छ । शुभचिन्तकहरूको सुझाव मनन गर्दा फाइदा हुनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन् । मनग्य धन आर्जन हुनेछ । परिवारजनबाट टाढिनुपर्ला । अरूले फसाउन सक्छन् ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । आफ्नै कमजोरीले विवादमा परिनेछ । उपचारमा खर्च हुने योग छ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
हुलमुलमा धन माल हराउन सक्छ । साथीभाइको सहयोग जुटाउन प्रयत्न गर्नुहोला । मनोरञ्जनमा अलमलिनाले लक्ष्य प्राप्त गर्न विलम्ब हुनेछ । प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउनेछ । अनावश्यक भ्रमणमा समय बित्न सक्छ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
चिताएको काममा बाधा हुँदा मन खिन्न हुनेछ । पहिलेका समस्या दोहोरिन सक्छन् । लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ । आर्थिक क्रियाकलापमा राम्रै फाइदा उठ्न सक्छ । बौद्धिक क्षेत्रमा राम्रो उपलब्धि प्राप्त हुनेछ । प्रयत्न गर्दागर्दै सफलता हात लाग्ला ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
कर्मको उचित प्रतिफल पाइनेछ । विभिन्न उपहार प्राप्त हुने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । गरेका कामबाट धेरैलाई फाइदा पुग्नेछ । व्यक्तित्व निखार्दै नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
आलस्य गर्ने बानीले समस्या निम्त्याए पनि मेहनतीहरूका लागि समय उत्साहजनक रहनेछ । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । पहिलेका कमजोरी सुधार्दै फाइदा उठाउने समय छ । अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ ।
सम्बन्धित समाचार
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
साउनको अन्तिम सोमबार पशुपतिनाथमा भक्तजनको घुइँचो
२०८३ साउन २५ गते सोमवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २४ गते आईतवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २३ गते शनिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २२ गते शुक्रवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
ट्रेन्डिङ
माफी मागेकाले फिफा अध्यक्ष पदमा इन्फान्टिनो यथावत रहने
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
एनसेलको ‘मनसुन अफर’ सार्वजनिक, सिम र प्याक खरिदमा २० प्रतिशतसम्म क्यासब्याक


