सिंगटी हाइड्रोको आईपीओ बाँडफाँट, १२ लाखको हात खाली
सिंगटी हाइड्रोपावर इनर्जी लिमिटेडले आईपीओ बाँडफाँट गरेको छ । आज ११ बजेपछि आईपीओ बाँडफाँड गरेको बिक्रि तथा प्रबन्धक मेगा क्यापिटलले जनाएको छ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले जारी गरेको आईपीओमा १५ लाख २३ हजार ४५० जनाले आवेदन दिएका थिए ।
योग्य १५ लाख ५९ हजार ८ सय २ जनाको आवेदन मध्ये १० कित्ताको दरले २ लाख ६९ हजार ७ सय जनाले शेयर पाएका छन् । १२ लाख ९८ हजार भन्दा धेरैको हात खाली भएको छ ।
कम्पनीले २९ लाख कित्ता सर्वसाधारणको लागि बिक्रि खुल्ला गरेको आईपीओमा चैत्र ६ गतेदेखि १० गतेसम्म कम्पनीले दोस्रो चरणमा सर्वसाधारणको लागि आईपीओ निष्कासन गरेको हो । यस अघि कम्पनीले आयोजना प्रभावित स्थानियको लागि आईपीओ निष्कासन गरेको थियो । कम्पनीले जारी गरेको आईपीओ मध्ये १ लाख ४५ हजार सामुहिक लगानीकोष र ५८ हजार कित्ता कम्पनीका कर्मचारीहरुका लागि छुट्टाएपछि बाकी रहेको २६ लाख कित्ता सर्वसाधारणको लागि निष्कासन गरेको कम्पनीले गरेको थियो ।
सम्बन्धित समाचार
नवजात शिशुको हेरचाहमा सहयोग गर्न प्यारासुट एडभान्स्ड बेबी र एक एक पाइलाबीच पुनः सहकार्य
नेपाली क्रिकेट स्टार दीपेन्द्र सिंह ऐरी नेपालका लागि फ्रीमांसको ब्रान्ड एम्बेसडर नियुक्त
आइसिटी अवार्ड २०२६ का ४ विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनौट, उत्कृस्ट ५ को लागि ग्राण्ड जुरी आयोजना हुने
एनपीएलको प्रत्येक चौका र छक्कामा इसेवाले रेड पान्डा संरक्षणका लागि रकम योगदान गर्ने
नेपाल मेडिकल कलेजमा विभिन्न पदमा रोजगारीको अवसर, कात्तिक २१ सम्म आवेदन दिन सकिने
एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी र लाभांश क्षमतामा सुधार
ट्रेन्डिङ
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
