कृषिमा नयाँ कार्यक्रम सञ्चालन हुने’
ललितपुर। कृषि तथा पशुपक्षी विकासमन्त्री पद्याकुमारी अर्यालले गत वर्ष सञ्चालन भएका तर प्रभावकारी बन्न नसकेका कृषि कार्यक्रमको निरन्तरता दिन नसकिने बताइएकी छिन् ।
आउँदो आर्थिक वर्ष २०७७/७८ मा कृषि बजेट, नीति तथा कार्यक्रमका सन्दर्भमा मन्त्रालयमा आयोजना गरिएको छलफल कार्यक्रममा उनले अनुत्पादक क्षेत्रमा लगानी भएका कृषि र पशुपालन क्षेत्रका कार्यक्रम निरन्तरता हुन नसक्ने तर फरक रुपमा नयाँ कार्यक्रम सञ्चालन हुने जानकारी दिइन् ।
छलफलमा सहभागी सांसदले प्राङ्गारिक मल उत्पादन र प्रयोगमा जोड, अनुदानका कार्यक्रममा विशेष ध्यान, गैरकिसानले लिने गरेका अनुदान रोक्नुपर्ने, विभिन्न समयमा आउने विपद्बाट हुने जोखिम न्यूनीकरणमा ध्यान दिनुपर्ने एवं बजेट रकम स्थानीय तहबाट मात्र वितरणको व्यवस्था हुनुपर्ने, कृषि उत्पादनको बीमा कार्यक्रम प्रभावकारी हुनुपर्ने बताइन् ।
कार्यक्रममा सांसद खगराज अधिकारी, विद्या भट्टराई, सुजिता शाक्य, माया ज्ञवाली, शान्ति पाख्रिन, कोमल वली, थममाया थापा मगर, दलबहादुर रानाले सुझाव राखेका थिए ।
सम्बन्धित समाचार
नवजात शिशुको हेरचाहमा सहयोग गर्न प्यारासुट एडभान्स्ड बेबी र एक एक पाइलाबीच पुनः सहकार्य
नेपाली क्रिकेट स्टार दीपेन्द्र सिंह ऐरी नेपालका लागि फ्रीमांसको ब्रान्ड एम्बेसडर नियुक्त
आइसिटी अवार्ड २०२६ का ४ विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनौट, उत्कृस्ट ५ को लागि ग्राण्ड जुरी आयोजना हुने
एनपीएलको प्रत्येक चौका र छक्कामा इसेवाले रेड पान्डा संरक्षणका लागि रकम योगदान गर्ने
नेपाल मेडिकल कलेजमा विभिन्न पदमा रोजगारीको अवसर, कात्तिक २१ सम्म आवेदन दिन सकिने
एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी र लाभांश क्षमतामा सुधार
ट्रेन्डिङ
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
