विदेश जानेहरुको पिसिआर परीक्षण गर्न तोकिएका अस्पतालहरु, हेर्नुहोस् सूचिसहित
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालबाट विदेश जानेहरूका पिसिआर परीक्षण गर्न अस्पतालहरु तोकेको छ । मन्त्रालयले पिसिआर परीक्षण गर्न प्रयोगशाला भएका सरकारी अस्पताल र निजी क्षेत्रका छ वटा अस्पताल तोकेको हो।
निजी अस्पतालहरूमा स्टार अस्पताल, ह्याम्स अस्पताल, मेडिसिटी अस्पताल, मनमोहन अस्पताल, टिचिङ हस्पिटल र यूनिभर्सल अस्पताल भैरहवा छन् । साथै मन्त्रालयले नेपाललाई ट्रान्जिट बनाएर तेस्रो मुलुक जाने विदेशीहरूको पिसिआर परीक्षण नगर्न सबै प्रयोगशालाहरूलाई निर्देशन दिएको छ।
मन्त्रालयले नेपाललाई ट्रान्जिट बनाउनेगरी आएका वा नेपालमा परीक्षण मात्रै गर्ने गरी आएका विदेशी नागरिकहरूको परीक्षण नगराउन सूचना जारी गरेको छ। यसरी परीक्षण गर्न आएकाहरूबाट संक्रमण जोखिम बढेको मन्त्रालयको ठहर छ। त्यस्ता मानिसहरूको कुनै प्रयोगशालाले परीक्षण गरेमा नियम अनुसार कारवाही गरिने मन्त्रालयले जनाएको छ।
पछिल्लो समय भारतमा संक्रमण दर उच्च भएका कारण विभिन्न मुलुकहरूले हवाइ सेवा बन्द गर्दा त्यहाँका मानिसहरू नेपाललाई ट्रान्जिट बनाएर तेस्रो मुलुक जाने गरेका छन्। त्यसरी आएका मानिसहरूले नेपालमा पनि पिसिआर परीक्षण गराउँदै आएका थिए।अब भने मन्त्रालयले त्यसरी नेपाललाई ट्रान्जिट बनाएर आउने कुनै पनि विदेशी नागरिकको परीक्षण नगराउन सम्बन्धित सबै प्रयोगशालाहरूलाई निर्देशन दिएको हो।
सम्बन्धित समाचार
नवजात शिशुको हेरचाहमा सहयोग गर्न प्यारासुट एडभान्स्ड बेबी र एक एक पाइलाबीच पुनः सहकार्य
नेपाली क्रिकेट स्टार दीपेन्द्र सिंह ऐरी नेपालका लागि फ्रीमांसको ब्रान्ड एम्बेसडर नियुक्त
आइसिटी अवार्ड २०२६ का ४ विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनौट, उत्कृस्ट ५ को लागि ग्राण्ड जुरी आयोजना हुने
एनपीएलको प्रत्येक चौका र छक्कामा इसेवाले रेड पान्डा संरक्षणका लागि रकम योगदान गर्ने
नेपाल मेडिकल कलेजमा विभिन्न पदमा रोजगारीको अवसर, कात्तिक २१ सम्म आवेदन दिन सकिने
एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी र लाभांश क्षमतामा सुधार
ट्रेन्डिङ
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
