शनिबार कुन जिल्लामा कति संक्रमित थपिए ?
काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख २८ हजार ८९३ पुगेको छ । गत २४ घण्टामा देशभर ५ हजार ७६३ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेश १ को इलाममा ५, उदयपुरमा ३, ओखलढुंगामा २, खोटाङमा २, झापामा ५२, ताप्लेजुङमा २, धनकुटामा ४, पाँचथरमा २, भोजपुरमा १, मोरङमा ३४, संखुवासभामा २, सुनसरीमा ६९, सोलुखुम्बुमा २ जनामा कोरोना भेटिएको छ ।
प्रदेश २ को धनुषामा १३, पर्सा १६३, बारामा ४१, महोत्तरीमा १०, रौतहटमा २४, सप्तरीमा ६, सर्लाहीमा १६ र सिरहामा ९ जनामा कोरोना पाइएको छ । बागमती प्रदेशको काठमाडौंमा मात्र १९३२ जनामा कोरोना पुष्टि भएको छ ।
त्यस्तै काभ्रेपलाञ्चोकमा १०५, चितवनमा १७७, दोलखामा ६, धादिङमा २०, नुवाकोटमा ५३, भक्तपुरमा २०८, मकवानपुरमा ७१, रामेछाप १६, ललितपुरमा ३५५, सिन्धुपाल्चोकमा ३५, रसुवामा १५, र सिन्धुलीमा २९ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ ।
गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको बाग्लुङमा २९, कास्कीमा २१२, गोरखामा ६७, तनहुँमा १६, नवलपरासी पूर्वमा ४३, पर्वतमा ८, म्याग्दीमा १२, लमजुङमा ११ र स्याङजामा २० जनामा कोरोना पुष्टि भएको छ ।
लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ३१, कपिलवस्तुमा १८, गुल्मीमा १२, दाङमा २५१, नवलपरासीमा २८, पाल्पामा ३१, प्युठानमा ८, बर्दियामा ५५, बाँकेमा ५५१, रुकुम पूर्वमा २, रुपन्देहीमा ४२२ र रोल्पामा ११ जनामा कोरोना पाइएको छ ।
गत २४ घण्टामा कर्णाली प्रदेशको कालिकोटमा ४, जाजरकोटमा ८, जुम्लामा ५, दैलेखमा ७, रुकुम पश्चिममा ७, सल्यानमा २५, डोल्पामा १, मुगुमा १ र सुर्खेतमा ९७ र हुम्लामा २ जनामा कोरोना भेटिएको छ ।
सुदूरपश्चिम प्रदेशको अछाममा ३, कञ्चनपुरमा ३७, कैलालीमा १२५, डडेल्धुरामा २३, डोटी २२, दार्चुलामा १, बाजुरामा ३ र बैतडीमा ३, बझाङमा २ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ ।
सम्बन्धित समाचार
नवजात शिशुको हेरचाहमा सहयोग गर्न प्यारासुट एडभान्स्ड बेबी र एक एक पाइलाबीच पुनः सहकार्य
नेपाली क्रिकेट स्टार दीपेन्द्र सिंह ऐरी नेपालका लागि फ्रीमांसको ब्रान्ड एम्बेसडर नियुक्त
आइसिटी अवार्ड २०२६ का ४ विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनौट, उत्कृस्ट ५ को लागि ग्राण्ड जुरी आयोजना हुने
एनपीएलको प्रत्येक चौका र छक्कामा इसेवाले रेड पान्डा संरक्षणका लागि रकम योगदान गर्ने
नेपाल मेडिकल कलेजमा विभिन्न पदमा रोजगारीको अवसर, कात्तिक २१ सम्म आवेदन दिन सकिने
एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी र लाभांश क्षमतामा सुधार
ट्रेन्डिङ
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
