काठमाडौं । पछिल्लो २४ घण्टमा देशभर ८ हजार ८५० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमित हुनेको सख्या ३ लाख ९७ हजार ७ सय ४० जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको १८ हजार ७८७ जनाको पिसिआर ५०६ जनाको एन्टीजेन विधिबाट परिक्षण गरिएकोमा ८ हजार ८ सय ५० जनामा संक्रमण पुष्टि भएको हो ।
हाल नेपालमा सक्रिय संक्रमितको संख्या ८८ हजार १ सय ६० पुगेको छ । हालसम्म ३ लाख २ हजार ७ सय ८७ संक्रमित निको भइसकेका छन् । देशभर ४१९ जना व्यक्ति क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा ८८ जना संक्रमितको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म ज्यान गुमाउने कोरोना संक्रमितको संख्या ३ हजार ७ सय २० पुगेको छ ।





