Jankari Kendra
२९ भाद्र २०८३, सोमबार
Worldlink

माधव नेपालको शर्तः अबको चुनावी सरकारको प्रधानमन्त्री

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७८, बैशाख, २८
माधव नेपालको शर्तः अबको चुनावी सरकारको प्रधानमन्त्री

काठमाडौं, २८ वैशाख । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पक्षधर २८ सांसद प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिदा अनुपस्थित भएर शक्ति प्रदर्शन गरेका छन् । उनीनिकट सांसदहरुले अझै राजीनामा नदिएर ओलीलाई हटाएर बहुमतको सत्ता समिकरणको सुनिश्चिततालाई कमजोर पारिदिएका छन् ।

विश्वस्त स्रोतका अनुसार नेपालनिकट सांसदहरुको राजीनामाको शर्त समेत प्रस्तुत भएको छ । माधव नेपालले राजीनामा दिनुअघि उपनिर्वाचनमा आफ्ना २० प्रत्यक्ष निर्वाचित सांसदको जीतको सुनिश्चितता गर्ने देखि चुनावी सरकारको नेतृत्व आफूले गर्नुपर्ने शर्त सारेका छन् ।

देउवा एक वर्ष प्रधानमन्त्री बन्ने र त्यसपछि अर्को वर्षको मंसिरमा हुने चुनाव माधव नेपाल नेतृत्वको सरकारले गर्ने गरी सहमति बनेमा मात्र राजीनामा दिने नेपालको शर्त देखिएको हो । ओलीको बर्हिगमनका लागि नेपाल समूहका २० जना प्रत्यक्षतर्फ निर्वाचित सांसदहरुको राजीनामा अनिवार्य भएको छ ।

जनता समाजवादी पार्टी सत्ता समिकरणमा विभाजित अवस्थामा छ । उपेन्द्र यादव समिकरणको पक्षमा छन् । महन्थ ठाकुर विपक्षमा उभिएका छन् । यसले सत्ता राजनीतिलाई रोचक मोडमा पुर्याउँदा नेपालले पनि शर्त सारेको बुझिएको छ ।

Top Changing Nepal

युट्युब सट्स