Jankari Kendra
१० श्रावण २०८३, आईतवार
Worldlink

जसपाका सांसदहरु को कता (सुचीसहित)

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०७८, बैशाख, २८
जसपाका सांसदहरु को कता (सुचीसहित)

काठमाडौं, २७ वैशाख । जनता समाजवादी पार्टीका सांसदहरु प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासको मत लिने प्रस्तावको पक्षमा देखिएनन् । तर, उनीहरुमध्ये आधा विपक्षमा र आधा तटस्थ देखिए ।

कुल ३२ जना सांसद संख्या रहेको जसपामा १५ जना विपक्षमा र १५ जना तटस्थ रहे । २ सांसद लक्ष्मणलाल कर्ण र रुही नाझ अनुपस्थित रहे ।

आजको मतदानबाट जसपाभित्र उपेन्द्र यादव र महन्थ ठाकुर पक्षधर सांसद आधा आधा देखिए । अब बहुमतको सरकार या अल्पमतको सरकार बन्नेमा निर्णायक शक्ति नै जसपा बनेको छ । योसँगै उपेन्द्र यादव र महन्थ ठाकुर जसको पल्लाभारी बन्छ उही निर्णायक शक्ति हुनेछ ।

कुल ३४ जना जसपा सांसदमध्ये २ जना निलम्बिन छन् ।

विपक्षमा मतदान गर्ने उपेन्द्र यादव पक्षधर
उपेन्द्र यादव
बाबुराम भट्टराई
राजेन्द्रप्रसाद श्रेष्ठ
महेन्द्र राय यादव
मोहम्मद इस्तियाक राइ
डा.सुरेन्द्रकुमार यादव
डा.सुर्यनारायण यादव
इकवाल मिया
लीला देवी सिटौला
प्रदीप यादव
प्रमोद साह
रामबाबु कुमार यादव
रेणु कुमारी यादव
रेनुका गुरुङ्ग
राम सहाय यादव

तटस्थ बस्ने महन्थ ठाकुर पक्षधर
महन्थ ठाकुर
राजेन्द्र महतो
शरतसिंह भण्डारी
विमल प्रसाद श्रीवास्तव
अनिलकुमार झा
अमृता अग्रहरी
चन्दा चौधरी
चन्द्रकान्त चौधरी
उमाशंकर अरगरिया
दुलारी देवी खंगा
कालु देवी विश्वकर्मा
नरमाया ढकाल
निर्जला राउत
राजकिशोर यादव
रानी मण्डल

अनुपस्थित सांसद
लक्ष्मणलाल कर्ण
रुही नाझ

Top Changing Nepal

युट्युब सट्स