भारतमा फेरि बढ्यो संक्रमण, मृत्यदर पनि उकालो लाग्यो
एजेन्सी । दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा संक्रमितको दैनिक वृद्धिमा कमी हुँदै गएको छ । डेढ महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ १ लाख ३३ हजार २२८ जनामा संक्रमण भएको छ । यो संख्या मंगलबारको तुलनामा ७ हजारले बढी हो ।
पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या २ करोड ८३ लाख ६ हजार ८३३ पुगेको छ । यसअघि भारतमा पहिलो पटक १८ वैशाखमा कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो । संक्रमितको संख्या २४ वैशाखमा भारतमा सबैभन्दा उच्च विन्दुमा ४ लाख २२ हजार २५७ पुगेको थियो ।
आज भारतमा मृतको संख्यामा पनि कमी आएको छ । दैनिक चार हजार हाराहारी संक्रमितको मृत्यु हुँदै आएकोमा यो संख्या ३ हजार आसपासमा झरेको छ । आज भारतमा २८ सय ५ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरण अनुसार भारतमा कोरोना संक्रमितको मृतक संख्या ३ लाख ३५ हजार ११४ पुगेको छ ।
सम्बन्धित समाचार
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
बाढीपीडितको उद्धारमा एनआईएमबी एस क्यापिटल र एनआईबीएल इक्विटी पार्टनर्सको रु. ५६ लाखभन्दा बढी सहयोग
आकाशिँदै सुनको भाउ, तोलामा ३ लाख ५ हजार ४ सय
यामालले पूरा गरे ५०औँ गोल, हालान्डको रेकर्ड भने कायमै
विपद् व्यवस्थापनमा नेपाल र नेशनल मेडिकल कलेजको ७५ लाख सहयोग
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

