Jankari Kendra
१५ कार्तिक २०८३, शनिबार

यी नेताले माधव नेपालको साथ छाड्न सक्ने

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७८, जेष्ठ, २०
यी नेताले माधव नेपालको साथ छाड्न सक्ने

काठमाडौं, २० जेठ । नयाँ दल खोल्न ठिक्क परेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई निकट केही नेताहरुले रोक्दै आएका छन् । नेकपा एमाले फुट्न दिन नहुने र संघर्ष जारी राख्नुपर्ने पक्षका नेताहरुले सहमतिको प्रयास जारी राखेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले सहमतिका नाममा राजनीतिक अस्त्र फालेर अलमलाउने मात्र गरेको भन्दै नेपाल अलग भएर जानुपर्ने पक्षमा छन् । पूर्वप्रधानमन्त्री झलनाथ खनाल र पूर्वउपप्रधानमन्त्री भीम रावलको पनि यस्तै धारणा रहेको छ ।

माधव नेपाल समूहका सुरेन्द्र पाण्डेका अलावा मध्यमार्गी बनेका गोकर्ण बिष्ट र योगेश भट्टराई भने कुनै हालतमा फुटाएर अर्को पार्टी गठन गर्न नहुने पक्षमा छन् । उनीहरु जे जस्तो सहमति निकाल्न सकिन्छ निकालेर अन्र्तसंघर्ष गर्दै जानुपर्ने अडान लिदै आएका छन् ।

Top Changing Nepal

युट्युब सट्स