आजदेखि उपत्यकामा ‘स्मार्ट लकडाउन’
काठमाडौं, असार ८ । गत वैशाख १६ गतेदेखि जारी निषेधाज्ञा आजबाट केहि खुकुलो सुरु भएको छ । पछिल्लो पटक सरकारले थपेको निषेधाज्ञा सोमबार रातीदेखि सकिएसंग आजदेखि एक हप्ता स्मार्ट लकडाउन सुरु भएको हो ।
काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला प्रमुख, सीडीओहरूको बैठकले लकडाउनको मोडालिटी परिवर्तन गर्दै आजबाट एक हप्ता उपत्यकामा स्मार्ट लकडाउन सुरु गरेका हुन् ।
नीजि सवारी साधनमा जोर बिजोर र पसल व्यवसायलाई समय निर्धारण गरेर खुला राख्ने स्मार्ट लकडाउनलमा सार्वजनिक भाडाका सवारी भने चल्न पाउँने छैनन् । आजदेखि किराना, खाद्यान्न, तरकारी तथा फलफुल पसल, हार्डवेडर पसल, कृषिजन्य विउविजन तथा मलखादका पसल, पुस्तक तथा स्टेशनरी पसल लगायत सञ्चालनका लागि फरक फरक समय निर्धारण गरिएको छ ।
यसैगरी होटल तथा रेष्टुराँहरुलाई टेकअवे तथा होम डेलिबरी मात्रै सञ्चालनको अनुमती दिईएको छ । अबको साता जारी लकडाउन कायम राख्दै त्यसपछिको अवस्था मूल्यांकन गर्ने र स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गराई केही क्षेत्र खुला गरिनुपर्ने सिडियोहरुको बैठकले निर्णय गरेको हो ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
१० दिनदेखि कृष्णभीरमा पहिरो, पृथ्वी राजमार्ग अझै ठप्प
चितवनमा सार्वजनिक हुँदै चाङ्गान नेभो क्यू ०५, टेस्ट ड्राइभका लागि तयार
भोटेकोशी बाढीपछि राहत कोषमा १३ अर्बभन्दा बढी रकम जम्मा
ट्रेन्डिङ
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
२०८३ भदौ २३ गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

