आजदेखि उपत्यकामा ‘स्मार्ट लकडाउन’
काठमाडौं, असार ८ । गत वैशाख १६ गतेदेखि जारी निषेधाज्ञा आजबाट केहि खुकुलो सुरु भएको छ । पछिल्लो पटक सरकारले थपेको निषेधाज्ञा सोमबार रातीदेखि सकिएसंग आजदेखि एक हप्ता स्मार्ट लकडाउन सुरु भएको हो ।
काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला प्रमुख, सीडीओहरूको बैठकले लकडाउनको मोडालिटी परिवर्तन गर्दै आजबाट एक हप्ता उपत्यकामा स्मार्ट लकडाउन सुरु गरेका हुन् ।
नीजि सवारी साधनमा जोर बिजोर र पसल व्यवसायलाई समय निर्धारण गरेर खुला राख्ने स्मार्ट लकडाउनलमा सार्वजनिक भाडाका सवारी भने चल्न पाउँने छैनन् । आजदेखि किराना, खाद्यान्न, तरकारी तथा फलफुल पसल, हार्डवेडर पसल, कृषिजन्य विउविजन तथा मलखादका पसल, पुस्तक तथा स्टेशनरी पसल लगायत सञ्चालनका लागि फरक फरक समय निर्धारण गरिएको छ ।
यसैगरी होटल तथा रेष्टुराँहरुलाई टेकअवे तथा होम डेलिबरी मात्रै सञ्चालनको अनुमती दिईएको छ । अबको साता जारी लकडाउन कायम राख्दै त्यसपछिको अवस्था मूल्यांकन गर्ने र स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गराई केही क्षेत्र खुला गरिनुपर्ने सिडियोहरुको बैठकले निर्णय गरेको हो ।
सम्बन्धित समाचार
नवजात शिशुको हेरचाहमा सहयोग गर्न प्यारासुट एडभान्स्ड बेबी र एक एक पाइलाबीच पुनः सहकार्य
नेपाली क्रिकेट स्टार दीपेन्द्र सिंह ऐरी नेपालका लागि फ्रीमांसको ब्रान्ड एम्बेसडर नियुक्त
आइसिटी अवार्ड २०२६ का ४ विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनौट, उत्कृस्ट ५ को लागि ग्राण्ड जुरी आयोजना हुने
एनपीएलको प्रत्येक चौका र छक्कामा इसेवाले रेड पान्डा संरक्षणका लागि रकम योगदान गर्ने
नेपाल मेडिकल कलेजमा विभिन्न पदमा रोजगारीको अवसर, कात्तिक २१ सम्म आवेदन दिन सकिने
एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी र लाभांश क्षमतामा सुधार
ट्रेन्डिङ
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
