टिका शर्मा ‘कोपिला’ र सूर्य खड्काको तीज गीत सार्बजनिक
काठमाडौँ : चर्चित गायिका टीका शर्मा ‘कोपिला’ ले जापानबाट आफ्नो पहिलो तीज गीत ‘माइतिकै हेला’ सार्वजनिक गरेकी छन् । गीतमा टिका शर्माको स्वर तथा शब्द र लोकप्रिय सर्जक सूर्य खड्काको सङ्गीत र थेगो रहेको छ । छायाँकन, सम्पादन र निर्देशन भने गोविन्द बिस्टले गरेको छन् ।
गीतमा माईतीबाट हेला भएकी चेलीको कथालाई देखाउन खोजिएको छ। टिका शर्मा कोपिला को मुख्य अभिनय रहेको भिडियोमा रुप शर्मा, मुना लम्साल, दर्सना गिरि, प्रतीमा आचार्य, आरती आचार्य र रमा सापकोटाले साथ दिएका छन्।
बाग्लुङमा जन्मिएर चितवनलाई उच्च शिक्षा र कर्मथलो बनाएकी उनी हालं रोजगारीका क्रममा योकोहामा जापानमा रहेकी छन् । सानै देखि स्कूल तथा एफ् एम् रेडियोमा गीत गाउने गरेकी उनले स्थानीय तथा रास्ट्रीय प्रतियोगिताहरुमा थुप्रै पुरस्कार तथा अवार्ड पुरस्कार समेत जितेकी छन् ।
परदेशमा रहे पनि आफ्नो देश र सँस्कृतिको मायाले झन् सताउने गरेकाले मौलिक गीत गाउन चाहना बढेको उनले बताइन् । यस गीतले ग्रामिण महिलाको समस्या उजागर गर्नुको अतिरिक्त जनचेतना जगाउन पनि महत्त्वपूर्ण भूमिका खेल्ने कुरामा बिस्वस्त छु सङ्गीतकार सूर्य खड्काले भने । गीतलाई gms music & films च्यानलबाट सार्वजनिक गरिएको छ।
सम्बन्धित समाचार
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
