Jankari Kendra
२२ भाद्र २०८३, सोमबार
Worldlink

जन्मदिनमा रक्षाले सार्वजनिक गरिन छोरीसँगको तस्विर

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७८, असार, २३
जन्मदिनमा रक्षाले सार्वजनिक गरिन छोरीसँगको तस्विर

बीचमा कतै गायब थिइन् उनी । तर, यसपटक उनी एउटा सरप्राइज लिएर दर्शकसामु सार्वजनिक भएकी छिन् । उनी अर्थात अभिनेत्री रक्षा श्रेष्ठ । आज जन्मदिन मनाउँदै गरेकी रक्षाले एउटा सरप्राइज खबर बहिर ल्याएकी छिन् । उनका प्रशंसकका लागि यो एउटा ठूलै खबर हुनुपर्छ ।

दुई महीना अघि जन्माएकी छोरीसँगको तस्विर उनले सामाजिक संजालमा सार्वजनिक गरेकी छन् । छोरीको नाम राखेकी छिन्: माहिरा गुरुङ । यो सरप्राइज आएलगत्तै उनलाई बधाइ दिनेको ओइरो लागेको छ । बधाइको दिनेको भीडमा उनीसँग अनस्क्रिन केमेस्ट्री मिल्ने जिग्री ब्रो अर्थात कुमार कट्टेल समेत छन् ।

बैशाख २३ गते छोरीलाई जन्म दिएकी रक्षाले आफू आमाको खबरलाई गोप्य राखेकी थिइन् । बुधबार आफ्नो जन्मदिन पनि परेको र छोरी पनि दुई महीना पुगेकाले सार्वजनिक गरेको उनले जनाएकी छिन् । मिडियामा आफूबारेका भ्रामक खबर आउन थालेपछि सत्यतथ्यका लागि छोरीको नामसहित बाहिर ल्याएको जनाएकी छिन् ।

कोभिडको कारण उनले जन्मदिन घरपरिवारसँगै मनाउन लागेकी छिन् । भद्रगोलसँगै रक्षाले अर्को सिरियल सक्किगो निमा अभिनय गरेकी छिन् ।

Top Changing Nepal

युट्युब सट्स