Jankari Kendra
२४ भाद्र २०८३, बुधबार
Worldlink

फाइजर र मोदेर्ना खोपको दुर्लभ साइड इफेक्ट, देखिन सक्छ यस्तो असर

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७८, असार, २६
फाइजर र मोदेर्ना खोपको दुर्लभ साइड इफेक्ट, देखिन सक्छ यस्तो असर

एजेन्सी । फाइजर र मोदेर्नाको कोरोना भाइरसविरुद्धको खोपका कारण मुटु सुन्निने समस्या उत्पन्न हुन सक्ने देखिएको छ । तर, यो साइड इफेक्ट निकै दुर्लभ रहेको युरोपेली नियामक निकायले बताएका छन् ।

युरोपियन मेडिसिन एजेन्सीका अनुसार फाइजर र मोदेर्नाको खोप लगाएका विशेष गरि युवाहरुमा मुटु सुन्निने साइड इफेक्ट देखिएको तर यो निकै दुर्लभ हो । तर, कोभिड–१९ को खोपको फाइदा दुर्लभ साइड इफेक्टको तुलनामा निकै धेरै रहेको पनि एजेन्सीले जनाएको छ ।

खोप लगाएकाहरुलाई आफूमा मुटु सुन्निने सम्बन्धी साइड इफेक्टको लक्षणलाई लिएर चनाखो बन्न आग्रह गरिएको छ । छाती दुख्ने, स्वासको कमी महसुस हुने तथा मुटुको चाल असामान्य हुनेसहितका लक्षण देखिने बताइएको छ ।

मुटुको मसल सुन्निने (मायोकार्डाइटिस) र पेरिकार्डाइटिस गरि दुई समस्या खोपसँग जोडिएको इएमएले जनाएको छ । फाइजर–बायोएनटेकको खोप लगाएका १४५ जनामा मायोकार्डाइटिस र १३८ जनामा पेरिकार्डाइटिस समस्या देखिएको छ ।

अहिलेसम्म यो खोपको १७७ मिलियन मात्रा दिइएको छ । यस्तै मोदेर्नाको खोप लगाएका १९ जनामा मायोकार्डाइटिस र १९ जनामा पेरिकार्डाइटिस समस्या देखिएको छ । यो खोपको २० मिलियन मात्रा दिइएको छ ।

यी समस्या देखिएका मध्ये पाँचजनाको ज्यान गएको छ । उनीहरु पाको उमेरका वा अरु स्वास्थ्य समस्या भएका व्यक्ति हुन् । अधिकांश समस्याहरु खोप लगाएको १४ दिन भित्र देखिने गरेको छ ।

Top Changing Nepal

युट्युब सट्स