• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०५ साउन २०८३, मङ्गलबार
०५ साउन २०८३, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु
  • १७ घण्टा 

नेपालमा प्रोटोन इ.मास ५ सार्वजनिक, सुरुवाती मूल्य रू. २९.९९ लाख
  • १८ घण्टा 

लक्ष्मी कमर्सियल भेहिकल्सद्वारा सुर्खेतमा ग्राहक भेटघाट सम्पन्न, नयाँ स्कुल बस ‘हिरोई’ सार्बजनिक
  • २० घण्टा 

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल
  • २० घण्टा 

चीनमा ‘डेलिभरी ब्वाई’ ले पाए सबैभन्दा ठूलो साहित्यिक सम्मान
  • २१ घण्टा 

दक्षिण कोरियामा रोजगारीका लागि भाषा परीक्षाको आवेदन खुल्यो, ७ हजार २ सय जनाको माग
  • २२ घण्टा 

घट्यो बजाजको ईएमआईः अब मासिक किस्ता–मूल्य झनै कम
  • २ दिन 

किन बिएडब्लु ब्रम्बीको रियर-ह्विल-ड्राइभ प्रविधि काठमाडौंका साँघुरा सडकका लागि विशेष छ?
  • २ दिन 

मनसुनी वायूको प्रभाव कायमै : देशैभरी भारी मात्रामा बर्षाको सम्भावना
  • २ दिन 

लोकप्रिय समाचार

  • १. स्पेन विश्वकप च्याम्पियन : अर्जेन्टिनालाई हराउँदै जित्यो उपाधि, ५० मिलियन डलर पुरस्कार

  • २. देशभर मनसुनी वायूको प्रभाव : तराई भू-भागमा पनि मध्यम वर्षाको सम्भावना

  • ३. टिपरको ठक्करबाट ७० वर्षीया वृद्धाको निधन

  • ४. फ्रान्सलाई स्तब्ध पार्दै फिफा विश्वकपको फाइनलमा स्पेन

  • ५. २०८३ साउन ०४ गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ६. यी हुन् सर्बाधिक गोल गर्ने उत्कृष्ट ११ राष्ट्र, ब्राजिलको सबैभन्दा बढी १४७ गोल

  • ७. नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा हरियाली, ७९.७४ अंकले उकालो

  • ८. २०८३ असार ३१ गते बुधवार, आज कुन राशिका लागि कति लाभ? हेर्नुहोस् राशिफल

  • ९. मनसुनी वायूको प्रभाव कायमै : देशैभरी भारी मात्रामा बर्षाको सम्भावना

  • १०. चिनियाँ समानप्रति भारतीयको मोह अत्याधिक, ६ महिनामा किने ६७.१ अर्ब डलरको समान

शिल्पा सेट्टीका श्रीमानमाथि पोर्न फिल्म बनाउने र बेच्ने आरोप, मध्यरातमा पक्राउ

admin २०७८, श्रावण, ५

५ साउन, २०७८ काठमाडौँ : बलिउड अभिनेत्री शिल्पा शेट्टीका श्रीमान राज कुन्द्रा पक्राउ परेका छन् । पोर्न फिल्म बनाएको र बेचेको आरोपमा उनलाई पक्राउ गरिएको हो । राज कुन्द्रालाई मुम्बई प्रहरीको क्राइम ब्रान्चले सोमबार मध्यरातमा पक्राउ गरेका हुन् । मुम्बई प्रहरीका कमिश्नरका अनुसार राज कुन्द्राको विरुद्ध यथेष्ट प्रमाण फेला परेका छन् । सोमबार रातीदेखि नै उनीमाथि क्राइम ब्रान्चले वयान लिएको थियो । वयानपछि उनलाई पक्राउ गरिएको हो ।

राजले अश्लिल फिल्म निर्माण गरिरहेको प्रमाण प्रहरीले फेला परेको छ । त्यती मात्र होइन, उनले ति अश्लिल फिल्महरु बिक्री वितरण समेत गरिरहेको पाइएको छ । उनले अलग अलग एप्सको माध्यामबाट त्यस्ता अश्लिल फिल्म बेचिरहेको पाइएको छ । प्रहरी राज कुन्द्राको घरमा समेत पुगेर सोधीखोजी गरिरहेका छन् । इमेलको माध्यामबाट उनी अश्लिल भिडियो विदेशमा पठाउने गर्थे ।

त्यसपछि विदेशबाटै ओटीटी प्लेटफर्ममा अपलोड गरिन्थ्यो । मुम्बई क्राइम ब्रान्चले धेरै अघिदेखि नै उनलाई शंकाको घेरामा राखेर अनुसन्धान गरिरहेको थियो । प्रहरीका अनुसार उनले यो धन्दा चलाएको यथेष्ट प्रमाण फेला परिसकेको छ । यस आरोपमा उनीसहित ११ जना पक्राउ परेका छन् । प्रहरीले उनको सम्पतिको पनि खोजतलास गरिरहेको छ ।

राज कुन्द्राले आफ्नो कम्पनीका लागि १० करोड लगानी गरेको

मुम्बई क्राइम ब्रान्चका अनुसार राजको विरुद्ध यसै बर्ष फेब्रुअरीमा उजुरी परेको थियो । राज कुन्द्राले पोर्न फिल्म उद्योगका लागि ८ देखि ८० करोड भारु लगानी गरेको पाइएको छ । राज कुन्द्रा र उनका ब्रिटेनमा रहेका भाईले त्यही केनरिन नामको एक कम्पनी बनाएका छन् । फिल्मको भिडियो भारतमा सुट हुन्थ्यो र ब्रिटेनमा ट्रान्सफर हुन्थ्यो । यो कम्पनी कुन्द्राले नै बनाएको र विदेशमा दर्ता गरेका थिए ताकि भारतको साइबर ल बाट बच्न सकियोस् ।

कसरी पत्ता लाग्यो ?

मुम्बई पुलिसले फेब्रहरीमा अभिनेत्री गहना विशिष्ठसहित ६ जनालाई पक्राउ गरे । पछि तीन जना अरु पक्राउ परे । उनीहरुलाई कथित रुपमा अभिनेत्रीलाई अश्लिल फिल्मका लागि न्यूड सीन सुट गर्नका लागि बाध्य पारिएको आरोप लगाइएको थियो । साथसाथै के पनि खुल्यो भने सुट गरिएको फिल्मलाई पेड मोवाइल एप्लिकेशनमा सार्वजनिक गरिएको थियो । यस घटनामा प्रहरीले उमेश कामतलाई पक्राउ ग¥यो । त्यहीबाट प्रहरीले थाहा पायो कि, यो धन्दाभित्र राज कुन्द्रा जोडिएका छन् ।

प्रमाण पुष्टि भए कस्तो सजाय मिल्छ ?

राज कुन्द्राले जुन धन्दा चलाइरहेका छन्, त्यसको प्रमाण प्रहरीसँग सुरक्षित रहेको दावी गरिएको छ । यदि उक्त प्रमाण पुष्टि भएमा राज कुन्द्रालाई कस्तो सजाय मिल्छ ? यस्तो घटनामा अक्सर आरोपी विरुद्ध आइटी एक्ट र आइपीसीको धारामा केस दर्ता गरिन्छ । यदि अदालतले आरोपीलाई दोषी ठहर गरेमा उनलाई केही बर्षसम्मको जेल सजाय हुनसक्छ ।

यसका आरोपीलाई पहिलो पटक भारु दश लाख रुपैयाँको जरिवाना र पाँच बर्ष जेल सजाय हुने उल्लेख छ । पोर्नोग्राफी र पोर्नोग्राफिक सामाग्रीका सन्दर्भमा भारतको कानुन कडा छ । इन्टरनेटको वढ्दो व्यापकता र पहुँचसँगै त्यहाँ आइटी एक्टमा पनि संशोधन गरिएको थियो ।

एन्टी पोर्नग्राफी कानुन

इन्टरनेटको माध्यामबाट अश्लिलताको व्यापार अपार भएको छ । यस्तोमा पोर्नोग्राफी पनि एक ठूलो कारोबार भएको छ । यसमा फोटो, भिडियो, टेक्स्ट, अडियो सामाग्री पर्छ, जुन यौन, यौन कृत्य र नग्नतामा आधारित हुन्छ । यस्ता सामाग्रीलाई विद्युतिय माध्याममा प्रकाशित गर्ने, प्रसारण गर्ने, कसैलाई पठाउने विरुद्ध एन्टी पोर्नग्राफी कानुन लगाइन्छ ।

पुनमसँगको लफडा

त्यसो त यो पहिलो पटक होइन, राज कुन्द्रा विवादित बनेको । यसअघि पनि उनी फन्दामा परिसकेका छन् । उनी बिरुद्ध पुनम पाण्डेले प्रहरीमा उजुरी गरेकी थिइन् । पुनम पाण्डेले राज कुन्द्राको कम्पनी आम्र्सप्राईम मिडियासँग एक सम्झौता गरेकी थिइन् । यो कम्पनीले भिन्न भिन्नै एप्सको काम हेर्ने गर्छ । र, पुनम पाण्डे राजको कम्पनीको क्लाइन्ट थिइन् ।

पुनम पाण्डेको उक्त एप एक एडल्ट एप हो र राजको कम्पनीले सोही एपको काम हेर्ने गथ्र्यो । साथसाथै उक्त सम्झौत ८ महिना अघि नै सकिएको थियो । तर, सम्झौतापछि पनि राज कुन्द्राले उनको भिडियो र फोटो प्रयोग गरिरहेपछि पुनमले उजुरी गरेकी थिइन् । उनले कुन्द्रमाथि धोकाधडीको आरोप लगाएकी थिइन् । त्यती मात्र होइन, कुन्द्राको कम्पनीले उसको भिडियो र तस्विरको माध्यामबाट पुनमको नम्बर पनि लिक गरिदिएको थियो, जसपछि उनलाई लगातार अश्लिल म्यासेज आउन थालेको थियो ।

पुनमले भनेकी छिन् राजको कम्पनीले आफ्नो तस्विर र भिडियो बेचेर नै पैसा कमाइरहेका छन् । पुनमले के सम्म भनेकी छिन् भने राज कुन्द्रा सायद आर्थिक समस्यासँग जुधिरहेका छन् । राजले भने यो कुराको खण्डन गरेका थिए । तर, अहिले उनी पक्राउ परेपछि भने पुनमको आरोप मेल खाएको छ ।

आइपिएल विवाद

राज कुन्द्रा पटक पटक विवादित बनेका छन् । त्यसमध्ये आइपिएल विवाद पनि एक हो । उनी राजस्थान रोयल्स टिमका सह मालिक थिए । व्यवसायी कुन्द्राले आइपिएल म्याच फिक्सिङ र सट्टेबाजी गरिरहेको आरोप लागेको थियो । अन्ततः उनलाई सट्टेबाजीको दोषी ठहर गरिएको थियो र क्रिकेटसँग जोडिएको कुनैपनि गतिविधिमा भाग नलिन आदेश दिइएको थियो ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नेपाली ज्वाँइ बलिउड अभिनेता गोबिन्दाका दुई फिल्म चाँडै आउँदै
रणवीर कपुरको ‘रामायण’ हलमा जानु अघि नै ३५० करोड कमाएर बनायो रेकर्ड
रामादा बाई विन्धाम इटहरीले दिँदैछ प्रिमियम स्टेकेशन प्याकेजसहित रोमान्चक विश्वकप अनुभव

ताजा

एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु

नेपालमा प्रोटोन इ.मास ५ सार्वजनिक, सुरुवाती मूल्य रू. २९.९९ लाख

लक्ष्मी कमर्सियल भेहिकल्सद्वारा सुर्खेतमा ग्राहक भेटघाट सम्पन्न, नयाँ स्कुल बस ‘हिरोई’ सार्बजनिक

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.