शीतल निवासमा राष्ट्रपति र ओलीबीच किन भयो दुई घण्टा वार्ता ?
पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर दुई घण्टा लामो संवाद गरेका छन् । नेकपा एमालेका अध्यक्ष समेत रहेका ओलीले बालकोटबाट शीतल निवास पुगेर राष्ट्रपतिसँग सम्वाद गरेका हुन् ।
पछिल्लो केही दिनयता सत्तारुढ पाँच दलीय गठबन्धनले राष्ट्रपतिमाथि महाअभियोग तयारी गरिरहेको चर्चा चलिरहेका बेला भएको यो भेटलाई अर्थपूर्ण मानिएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाइसकेपछि सत्तारुढ गठबन्धनको अबको कदम राष्ट्रपतिविरुद्ध पनि हुन सक्ने अनुमान गरिएको छ । दुई जनाबीचको भेटमा भएको कुराकानी बारे केही सार्वजनिक भएको छैन ।
तर एमाले सत्ताबाट बाहिरिएपछिको अवस्थालाई लिएर संवाद भएको हुन सक्ने बताइएको छ । एमालेमा जारी विवादकाबीच ओलीले हिजो मात्रै केन्द्रीय कमिटी बैठकमा पार्टी छाडेर हिँडेकाहरुलाई आममाफी दिने घोषणा गरेका थिए ।
आज बसेको प्रतिनिधिसभाको बैठकमा अनुपस्थित भएका ओलीमाथि एमाले एक बनाउने दबाब बढिरहेको छ । ओलीले वरिष्ठ नेता माधवकुमार नेपालसँग संवाद बढाउन खोजिरहेका छन् । तर उनले चाहे जसरी नेता नेपाल एकतामा आउन तयार भएका छैनन् ।
सम्बन्धित समाचार
५० प्रतिशत प्रगति भएका अधुरा आयोजना अब म्याद थप्न पाइने, सरकारले ल्यायो नयाँ व्यवस्था
मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश
सरकारले सदनमा प्रस्तुत गरयो ४ प्रतिस्थापन बिधेयक
विपन्न परिवारको स्वास्थ्य बीमा गाउँपालिकाले तिर्ने, मैवा खोलाले ल्यायो ४३ करोड ६१ लाखको बजेट
सोमबार सम्भव हुन नसकेको रास्वपाको बन्द सत्र आजवाट सुरू हुने
आजदेखि राष्ट्रिय स्वतन्त्र पार्टीको बन्द सत्र सुरू
ट्रेन्डिङ
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षे रणनीतिक सहकार्य सुरु
विश्वको ३० प्रतिशत ब्यापार हुने लालसागरको सुरक्षाका लागि साउदीले महागठबन्धन बनाउँदै
नेपाली बजारमा मोर्बिडेली मोटरसाइकलप्रति बढ्दो आकर्षण, बल्क डेलिभरी सुरु

