लक्ष्मी मातालाई प्रसन्न गरि धन सम्पती पाउन यसो गर्नुस्
काठमाडौं । हिन्दु धार्मिक मान्यता अनुसार माता लक्ष्मीलाई धनकी देवी मानिन्छ । त्यसैले प्राय हिन्दु धर्मालम्बी र आस्थावान्हरु माता लक्ष्मीलाई प्रसन्न राख्ने कोशिसमा हुन्छन् । माता लक्ष्मी प्रसन्न भए कृपा र आशीर्वादमा धन सम्पती पाउने धार्मिक विश्वास छ । यस्तोमा माता लक्ष्मीको कृपा पाउन आफुबाट जानअन्जानमा हुने ५ गल्ती बारे सजग हुनु पर्दछ ।
१. अबेरसम्म नसुत्ने
बिहान अबेरसम्म सुत्ने वा सूर्यास्तको गोधूलि बेलामा सुत्नेहरुसंग माता लक्ष्मी प्रसन्न नहुने भएकाले उनीहरुमा लक्ष्मीको कृपा नहुने धार्मिक विश्वास छ । गोधुली बेलामा पूजापाठ गर्ने समयमा माता लक्ष्मीको घर आगमनको समय मानिने भएकाले यो समयमा सुत्नु राम्रो मानिदैन । साथै वेद र पुराणमा समेत सूर्योदय भन्दा पहिल्यै जाग्नु सर्वश्रेष्ठ हुने उल्लेख छ ।
२. रातको समयमा नङ काट्नु
व्यस्त दिनचर्या वा अन्जानकै कारणले भए पनि रातमा नङ काट्नु अशुभ मानिन्छ । रातमा नङ काट्नेसंग माता लक्ष्मी प्रसन्न नहुने र धनको समस्या हुने धार्मिक मान्यता छ ।
३. खाना खादाँ बिचमै उठ्ने
शास्त्र अनुसार खाना खादाँ बीचमै उठ्नु हुदैँन । अन्यथा देवी अन्नपूर्णाको अपमान हुने र देवी अन्नपूर्णा माता लक्ष्मीकै रुप भएकाले खाना खादाखादै बीचमै उठ्नेसंग माता रुष्ट हुने भएकाले घरमा सम्पन्नता नआउने धार्मिक विश्वास छ ।
४. साँझमा नुन दिने
साँझमा नुन सापटी वा उधोरोमा दिनु अशुभ मानिन्छ । सकेसम्म साँझमा कसैलाई नुन दिनु नै हुदैँन । अन्यथा घरको सम्पन्नता बाहिरीने र जीवनमा धनको अभाव हुने साथै माता लक्ष्मी रुष्ट हुने धार्मिक विश्वास छ ।
५. रातमा जुठा भाडा राख्नु
रातमा सुत्नु अघि घरका सबै जुठा भाडाँ माझ्नु पर्दछ । अन्यथा रातभर घरमा जुठो राखे नकारात्मक ऊर्जाले घरमा प्रवेश पाउने र माता लक्ष्मी रुष्ट हुने धार्मिक मान्यता छ । जसले धनसम्बन्धी समस्याको सामना गर्नुपर्ने हुन सक्छ ।
सम्बन्धित समाचार
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज १ गते बिहीबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
ट्रेन्डिङ
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य

