Jankari Kendra
१५ कार्तिक २०८३, शनिबार

लिम्बुवान चक्काजाम फिर्ता

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७२, भाद्र, ३१

लिम्बुवान संयुक्त संघर्ष समितिले आज देखि असोज २ गतेसम्म गर्ने भनिएको लिम्बुवान चक्काजाम कार्यक्रम फिर्ता लिएको छ ।
संबिधान निर्माण प्रकृया प्रति असन्तुष्टी जनाउदै आन्दोलनमा उत्रिएको सो संघर्ष समितिले हाललाई घोषित चक्काजाम फिर्ता लिई असोज ३ गते देखि अरुण सप्तकोशी पूर्व नौ जिल्ला लिम्बुवानमा अनिश्चितकालिन आम हड्ताल गर्ने घोषणा गरेका छन् ।
समितिले वुधबार मोरङको पथरीमा आयोजना गरिएको खबरदारीसभामा बोल्दै लिम्बुवानी अगुवाहरुले अरुण पूर्व नौ जिल्ला लिम्बुवान शुनिश्चित नभएसम्म आन्दोलन नरोकिने तथा संबिधान जारी गरिने भनिएको दिन देखि पूर्वी क्षेत्र ठप्प पारिने उद्घोष गरेका थिए ।

Top Changing Nepal

युट्युब सट्स