करिश्मा मानन्धरलाई केपी ओलीको फोन आए पछी , करिश्माले खुशी हुँदै यस्तो लेखिन
जानकारी केन्द्र
२०७८, आश्विन, २
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले चर्चित नायिका करिश्मा मानन्धरलाई फोन गरेका छन् । नायिका मानन्धरले सामाजिक सञ्जाल फेशबुकमार्फत अध्यक्ष ओलीले आफूलाई फोन गरेको जानकारी दिएकी छिन् ।
उनले फोनमा केपी शर्मा ओली भनेर आउँदा सुरुमा आफू छक्क परेको पनि उल्लेख गरेकी छिन् । उनले फोनमा ओलीको आवाज सुन्दा आफूलाई घर मुलिले छोराछोरीसँग बोलेजस्तो लागेको जनाएकी छिन् ।
फोनवार्तामा ओलीले करिश्मालाई परीक्षा कस्तो चल्दैछ भनेर सोधेको पनि उनले उल्लेख गरेकी छिन् । उनले ठूलो मान्छे भएर पनि आफूजस्तो सामान्य कलाकारलाई फोन गरेको भन्दै ओलीलाई धन्यवाद दिएकी छिन् । उनले ओलीलाई बुवा भनेर सम्बोधन गरेकी छिन् ।

उनले फेशबुकमा यस्तो लेखेकी छिन्-
फोन आउदा मेरो मोबाइल स्क्रिन मा K.P Sharma Oli भन्ने आयो म छक्क परे !!
मजाक हो कि भन्ने पनि लग्यो तर वाहा हाम्रो देशको पुर्व प्रधानमन्त्री हुनुहुन्थ्यो ।
उहाँको आवज सुन्दा घरको मुलिले छोराछोरीलाई गरे जस्तो सुनिन्थ्यो !!
करिश्मा परिक्षा कस्तो भैरहेको छ ?
हजुर ठिक छ सर !!
तपाई के पि ओलि ?????
अ हो बिश्वस लागेन !!!
लागेन सर !!
अनि वाहाले सुनाएको डुङ्गा को कथा सुनेर लाग्यो यो हाम्रो के पि जी हो ।
आधुनिकता को यो दौडमा सद्भाव र मायाको दुरि मेटाउन येत्रो ठुलो
मान्छे भयेर पनि सामान्य कलाकारलाई कल गरिदिनु भयेकोमा धन्यवाद के पि बुवा
सम्बन्धित समाचार
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि

