भोलिदेखि काठमाडौंमा अस्ट्राजेनेका खोपको दोस्रो डोज लगाइने
कोरोनाभाइरसविरुद्धको अस्ट्राजेनेका खोपको दोस्रो मात्रा भोलिदेखि काठमाडौं जिल्लामा लगाइने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले आज सूचना जारी गर्दै ९ गतेबाट काठमाडौंका आठवटा स्थानीय तहमा पहिलो डोज लगाएका १८ वर्षमाथि उमेर समूहलाई दोस्रो डोज दिन लागेको जनाएको छ ।
काठमाडौं महानगरपालिका, कागेश्वरी मनोहरा नगरपालिका, तारकेश्वर नगरपालिका, कीर्तिपुर नगरपालिका, चन्द्रागिरि नगरपालिका, नागार्जुन नगरपालिका, टोखा नगरपालिका र गोकर्णेश्वर नगरपालिकाबाट खोप प्रदान गरिने भएको छ ।
महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पताल, छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल, रत्नपार्कस्थित वीर अस्पताल, थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पताल र बानेश्वस्थित निजामती कर्मचारी अस्पतालबाट पनि खोप दिइनेछ । उक्त खोप अभियान स्थानीय तहका खोप केन्द्रमा तीन दिन र तोकिएका अस्पतालमा दुई दिन सञ्चालन हुनेछन् ।
सम्बन्धित समाचार
सेतो चिनीले साँच्चै बढाउँछ त डाइबिटिज ? जान्नुहोस वास्तविकता
नेपाल इको प्यानलद्धारा कर्मचारी तथा परिवारका सदस्यको वार्षिक स्वास्थ्य र आँखा परीक्षण
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नारायणी अस्पताल घटनाको विरोधमा रौतहटमा पनि चिकित्सकको आन्दोलन
मष्तिष्क सक्रिय र ब्यायाम गराउन पजल खेल सबैभन्दा बढी उत्तम
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

