Jankari Kendra
२४ भाद्र २०८३, बुधबार
Worldlink

२४ घण्टामा १२ हजार ६५३ परीक्षण, निको हुने भन्दा संक्रमित बढी

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७८, कार्तिक, २५
२४ घण्टामा १२ हजार ६५३ परीक्षण, निको हुने भन्दा संक्रमित बढी

पछिल्लो २४ घण्टामा देशभर ३१७ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयले दिएको विवरण अनुसार पीसीआर परीक्षणबाट ३०१ र एन्टिजेन परीक्षणबाट १६ जनाको कोरोना संक्रमण पुष्टि भएको हो ।

२४ घण्टामा ९ हजार ६०९ नमुनाको पीसीआर परीक्षण र ३ हजार ४४ एन्टिजेन परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। जम्मा परीक्षण १२ हजार ६५३ गरिएको छ ।

२७९ जना कोरोनामुक्त भएका छन् । २४ घण्टामा कोरोनाबाट ६ जनाको मृत्यु भएको छ। अहिले देशभर सक्रिय संक्रमितको संक्रमितको संख्या ७ हजार ५३५ छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट गरिएको परीक्षणबाट ८ लाख १६ हजार ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एन्टिजेनबाट कोरोना पुष्टि हुनेको संख्या ९४ हजार ९९५ पुगेको छ ।

हालसम्म ७ लाख ९७ हजार ५९ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार ४६६ पुगेको छ

Top Changing Nepal

युट्युब सट्स