• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२१ जेठ २०८३, बिहीबार
२१ जेठ २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

ईभी उत्पादन क्षमता विस्तार गर्दै प्रोटोन, नेपालमा पनि नयाँ मोडल ल्याउने तयारी
  • ६ घण्टा 

अभिनेत्री स्वस्तिमा खड्का ‘लिभोन’ को नयाँ ब्रान्ड एम्बासडरमा नियुक्त
  • ७ घण्टा 

बजारमा अधिक तरलता, राष्ट्र बैंकले फेरि ७० अर्ब रुपैयाँ खिच्दै
  • ८ घण्टा 

सेन्सेइद्वारा ‘विश्वकप हेरौला अफर’ सार्वजनिक : यस्ता छन् सुविधा
  • ९ घण्टा 

एकैदिन दुई हजार ३०० सवारीचालक ट्राफिक कारबाहीमा, रु २० लाख ८४ हजार राजस्व सङ्कलन
  • १० घण्टा 

मिड-भ्याली इन्टरनेसनल कलेज र वाइजएडमिट बिच समझदारी : चीनको एनयूएएसँग शैक्षिक तथा प्राविधिक सहकार्य विस्तार हुने
  • ११ घण्टा 

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • ११ घण्टा 

पश्चिमी प्रणाली तथा स्थानीय वायुको आंशिक प्रभाव : देशका विभिन्न क्षेत्रमा बदली र वर्षा, तराईमा तातो लहरको प्रभाव कायमै
  • ११ घण्टा 

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा एएमएल/सीएफटी सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
  • १ दिन 

लोकप्रिय समाचार

  • १. वीरगञ्ज हुँदै चार अर्ब दुई करोड मूल्यका विद्युतीय सवारीसाधन आयात

  • २. एलपीएल २०२६ मा नेपाली क्रिकेटको बलियो उपस्थिति : दिपेन्द्र, सन्दीप र कुशल छनोट

  • ३. बाढी, पहिरो र सडक मर्मतले देशका प्रमुख राजमार्ग प्रभावित, कतै पूर्ण बन्द त कतै एकतर्फी सञ्चालन

  • ४. सर्वोत्तम पेन्ट्सले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्दै

  • ५. साउनदेखि कुन कर्मचारीले कति तलब पाउँछन् ?

  • ६. ओमोडा ई५ प्रो नेपाली बजारमा सार्वजनिक, कतिपर्छ मूल्य ?

  • ७. २७३ प्रकारका औद्योगिक कच्चा पदार्थमा भन्सार दर घटाइयो

  • ८. एमएडब्लू राइड्सद्वारा यामाहा सेल्स स्किल कन्टेस्टका क्षेत्रीय विजेता घोषणा, राष्ट्रिय प्रतिस्पर्धाको तयारी सुरु

  • ९. मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडा प्रतिनिधीको भेटवार्ता : अटोमोटिभ क्षेत्रको नीतिगत संवाद

  • १०. जंक फुड, इनर्जी ड्रिङ्क्स र सुर्तीजन्य वस्तुमा कर बढ्यो, ३६० वस्तुको अन्तःशुल्क खारेज

यसकारण फरक छ फाइजर खोप, कस्ता व्यक्तिले लगाउन मिल्दैन ?

admin २०७८, कार्तिक, २८

काठमाडौं ।आइतबार देखि कोरोनाविरुद्धको फाइजर खोप लगाउन सुरु गरिँदै छ। मङ्सिर ४ गतेसम्म पहिलो मात्रा र दोस्रो मात्रा मङ्सिर २७ देखि पुस २ गतेसम्म सञ्चालन हुँदै छ ।

खोप १२ वर्षभन्दा माथिका दीर्घरोगीलाई देशभरिका २४ वटा अस्पतालबाट प्रदान गरिनेछ । नेपालमा हालसम्म आएका कोरोनाविरुद्धको खोपमध्ये १८ वर्षभन्दा कम उमेर सूहलाई लगाउन मिल्ने गरी आएको यो खोप नै पहिलो हो ।

कस्तो हुन्छ फाइजर खोप ?
फाइजर–बायोएनटेक खोप भायलमा उपलब्ध हुने र जमेको अवस्थामा बाक्लो झोल हुन्छ । यो खोप सामान्य अवस्थामा झोल सेतो वा हल्का धमिलो सेतो रङको हुन्छ । यो खोपलाई लगाउनुभन्दा पहिला घोल्नुपर्ने र एउटा भायल घोल्नको लागि १.८ मिलि घोलक आवश्यक पर्ने बताइएको छ ।

घोलेपछि एक भायलमा ६ मात्रा हुन्छ यो खोपको एक मात्रामा ०.३ मिलि हुने गर्दछ । यो खोप २१ देखि २८ दिनको फरकमा दुई मात्रा दिनु पर्दछ र यो तालिकाअनुसार दुई मात्रा लगाएमा यसको प्रभावकारिता ९५% भएको अध्ययनले देखाएको छ ।

यो खोप अल्ट्रा कोल्ड चेन (–८०० से.) बाट +२० देखि +८० से. तापक्रममा राखेपछि खोप प्रयोग गर्न मिल्ने अवधि बढीमा ३१ दिनसम्म मात्र हुन्छ, यो नै खोपको म्याद गुज्रिने मिति रहेको बताइएको छ ।

कस्तो अवस्थामा फाइजर खोप लगाउन हुँदैन ?
– कोभिड–१९ विरुद्धको अन्य कुनै पनि खोप लगाएको
– १२ वर्षभन्दा कम उमेर व्यक्ति
– यो खोपको पहिलो मात्रा लगाएपछि कुनै पनि गम्भीर प्रकारको एलर्जिक प्रतिक्रिया भएको (जस्तै : एनाफाइलेक्सिस)

फाइजर–बायोएनटेक खोप तत्कालको लागि लगाउन नहुने अवस्था
– मोनोक्लोनल एन्टिबडिज, कन्भालेसेन्ट प्लाज्मा थेरापी उपचारमा भएको व्यक्तिलाई यो खोप लगाउन हुँदैन । तर, यस प्रकारको उपचार लिएको ९० दिनपछि मात्र यो खोप लगाउन मिल्छ ।
– कोभिड –१९ संक्रमित भएको अवस्थामा यो खोप लगाउन हुँदैन तर निको भएको ३० दिनपछि यो खोप लगाउन हुन्छ ।
– कुनै पनि प्रकारको गम्भीर बिरामी भएको वा उच्च ज्वरो आएको अवस्थामा यो खोप लगाउनु हुँदैन । तर, यस प्रकारको अवस्थामा ठीक भएपछि यो खोप लगाउन हुन्छ ।
– उपचारमा भएको व्यक्तिलाई यो खोप लगाउनु हुँदैन, तर यस प्रकारको उपचार लिएको ९० दिनपछि यो खोप लगाउन हुन्छ ।

यसकारण अन्य भन्दा फाइजर फरक
फाइजर खोप नेपालमा हालसम्म लगाइएका अन्य चार खोप जस्तै दुई मात्रा लगाइन्छ । यो खोप भायलमा उपलब्ध हुन्छ । फाइजर खोप अन्यभन्दा फरक अवस्थामा पाइन्छ । यो खोप जमेको अवस्थामा बाक्लो झोलको रूपमा हुन्छ । यो सामान्य अवस्थामा सेतो र हल्का धमिलो रङको हुन्छ । यो खोपको भायलमा ६ मात्रा हुन्छ ।

फाइजर–बायोएनटेकलाई लगाउनुअघि घोलकलाई मिलाएर लगाउनुपर्छ । एउटा भायल घोल्नको लागि १.८ मिलिमिटर घोलकको आवश्यकता पर्छ । अन्य कोरोनाको खोप एक डोजमा ०.५ मिलिमिटर दिइन्थ्यो भने यो खोप भने ०.३ मिलिलिटर मात्र दिइन्छ ।

घोलनलाई घोल्नुअघि माइनस २ डिग्रीदेखि माइनस ८ डिग्री सेल्सियसको तापक्रममा कम्तीमा पनि १२ घण्टा स्टोर गर्नुपर्छ । तब मात्र घोलक भायलमा मिसाएर सुईको माध्यमद्वारा व्यक्तिलाई खोप दिइन्छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
ईभी उत्पादन क्षमता विस्तार गर्दै प्रोटोन, नेपालमा पनि नयाँ मोडल ल्याउने तयारी
अभिनेत्री स्वस्तिमा खड्का ‘लिभोन’ को नयाँ ब्रान्ड एम्बासडरमा नियुक्त
बजारमा अधिक तरलता, राष्ट्र बैंकले फेरि ७० अर्ब रुपैयाँ खिच्दै

ताजा

ईभी उत्पादन क्षमता विस्तार गर्दै प्रोटोन, नेपालमा पनि नयाँ मोडल ल्याउने तयारी

अभिनेत्री स्वस्तिमा खड्का ‘लिभोन’ को नयाँ ब्रान्ड एम्बासडरमा नियुक्त

बजारमा अधिक तरलता, राष्ट्र बैंकले फेरि ७० अर्ब रुपैयाँ खिच्दै

सेन्सेइद्वारा ‘विश्वकप हेरौला अफर’ सार्वजनिक : यस्ता छन् सुविधा

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.