यसकारण फरक छ फाइजर खोप, कस्ता व्यक्तिले लगाउन मिल्दैन ?
काठमाडौं ।आइतबार देखि कोरोनाविरुद्धको फाइजर खोप लगाउन सुरु गरिँदै छ। मङ्सिर ४ गतेसम्म पहिलो मात्रा र दोस्रो मात्रा मङ्सिर २७ देखि पुस २ गतेसम्म सञ्चालन हुँदै छ ।
खोप १२ वर्षभन्दा माथिका दीर्घरोगीलाई देशभरिका २४ वटा अस्पतालबाट प्रदान गरिनेछ । नेपालमा हालसम्म आएका कोरोनाविरुद्धको खोपमध्ये १८ वर्षभन्दा कम उमेर सूहलाई लगाउन मिल्ने गरी आएको यो खोप नै पहिलो हो ।
कस्तो हुन्छ फाइजर खोप ?
फाइजर–बायोएनटेक खोप भायलमा उपलब्ध हुने र जमेको अवस्थामा बाक्लो झोल हुन्छ । यो खोप सामान्य अवस्थामा झोल सेतो वा हल्का धमिलो सेतो रङको हुन्छ । यो खोपलाई लगाउनुभन्दा पहिला घोल्नुपर्ने र एउटा भायल घोल्नको लागि १.८ मिलि घोलक आवश्यक पर्ने बताइएको छ ।
घोलेपछि एक भायलमा ६ मात्रा हुन्छ यो खोपको एक मात्रामा ०.३ मिलि हुने गर्दछ । यो खोप २१ देखि २८ दिनको फरकमा दुई मात्रा दिनु पर्दछ र यो तालिकाअनुसार दुई मात्रा लगाएमा यसको प्रभावकारिता ९५% भएको अध्ययनले देखाएको छ ।
यो खोप अल्ट्रा कोल्ड चेन (–८०० से.) बाट +२० देखि +८० से. तापक्रममा राखेपछि खोप प्रयोग गर्न मिल्ने अवधि बढीमा ३१ दिनसम्म मात्र हुन्छ, यो नै खोपको म्याद गुज्रिने मिति रहेको बताइएको छ ।
कस्तो अवस्थामा फाइजर खोप लगाउन हुँदैन ?
– कोभिड–१९ विरुद्धको अन्य कुनै पनि खोप लगाएको
– १२ वर्षभन्दा कम उमेर व्यक्ति
– यो खोपको पहिलो मात्रा लगाएपछि कुनै पनि गम्भीर प्रकारको एलर्जिक प्रतिक्रिया भएको (जस्तै : एनाफाइलेक्सिस)
फाइजर–बायोएनटेक खोप तत्कालको लागि लगाउन नहुने अवस्था
– मोनोक्लोनल एन्टिबडिज, कन्भालेसेन्ट प्लाज्मा थेरापी उपचारमा भएको व्यक्तिलाई यो खोप लगाउन हुँदैन । तर, यस प्रकारको उपचार लिएको ९० दिनपछि मात्र यो खोप लगाउन मिल्छ ।
– कोभिड –१९ संक्रमित भएको अवस्थामा यो खोप लगाउन हुँदैन तर निको भएको ३० दिनपछि यो खोप लगाउन हुन्छ ।
– कुनै पनि प्रकारको गम्भीर बिरामी भएको वा उच्च ज्वरो आएको अवस्थामा यो खोप लगाउनु हुँदैन । तर, यस प्रकारको अवस्थामा ठीक भएपछि यो खोप लगाउन हुन्छ ।
– उपचारमा भएको व्यक्तिलाई यो खोप लगाउनु हुँदैन, तर यस प्रकारको उपचार लिएको ९० दिनपछि यो खोप लगाउन हुन्छ ।
यसकारण अन्य भन्दा फाइजर फरक
फाइजर खोप नेपालमा हालसम्म लगाइएका अन्य चार खोप जस्तै दुई मात्रा लगाइन्छ । यो खोप भायलमा उपलब्ध हुन्छ । फाइजर खोप अन्यभन्दा फरक अवस्थामा पाइन्छ । यो खोप जमेको अवस्थामा बाक्लो झोलको रूपमा हुन्छ । यो सामान्य अवस्थामा सेतो र हल्का धमिलो रङको हुन्छ । यो खोपको भायलमा ६ मात्रा हुन्छ ।
फाइजर–बायोएनटेकलाई लगाउनुअघि घोलकलाई मिलाएर लगाउनुपर्छ । एउटा भायल घोल्नको लागि १.८ मिलिमिटर घोलकको आवश्यकता पर्छ । अन्य कोरोनाको खोप एक डोजमा ०.५ मिलिमिटर दिइन्थ्यो भने यो खोप भने ०.३ मिलिलिटर मात्र दिइन्छ ।
घोलनलाई घोल्नुअघि माइनस २ डिग्रीदेखि माइनस ८ डिग्री सेल्सियसको तापक्रममा कम्तीमा पनि १२ घण्टा स्टोर गर्नुपर्छ । तब मात्र घोलक भायलमा मिसाएर सुईको माध्यमद्वारा व्यक्तिलाई खोप दिइन्छ ।
सम्बन्धित समाचार
नेपालमा पहिलो राष्ट्रिय अटिजम समिट सम्पन्न, अटिजम समावेशीकरण सम्बन्धी काठमाडौं घोषणापत्र २०२६ मा हस्ताक्षर
सेतो चिनीले साँच्चै बढाउँछ त डाइबिटिज ? जान्नुहोस वास्तविकता
नेपाल इको प्यानलद्धारा कर्मचारी तथा परिवारका सदस्यको वार्षिक स्वास्थ्य र आँखा परीक्षण
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नारायणी अस्पताल घटनाको विरोधमा रौतहटमा पनि चिकित्सकको आन्दोलन
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
