देशभर बढ्यो चिसो, आज यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
काठमाडौं । आज कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली जिल्लामा वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् गंगा नगरकोटीका अनुसार पश्चिमी वायुको प्रभावका कारण आज कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षा र हिमपातको सम्भावना छ ।
यी दुई प्रदेश बाहेक अन्य क्षेत्रमा भने आज मौसम आंशिकदेखि सामान्य बद्ली हुनेछ । काठमाडौंसहित आसपासका क्षेत्रमा दिउँसो घाम लाग्ने सम्भावना रहेको उहाँले बताउनुभयो । तर, भोलि भने काठमाडौं उपत्यकासहित वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षाको सम्भावना छ ।
मौसमविद् नगरकोटीका अनुसार आज राति पश्चिमी क्षेत्रबाट पश्चिमी वायु बिस्तारै पूर्वतर्फ सर्नेछ । प्रदेश-१ र २ बाहेक अन्य प्रदेशमा यसको प्रभाव भोलि देखिने मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिनुभयो । आज काठमाडौंको न्यूनतम तापक्रम १० दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम १९ देखि २१ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
आज पनि पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव कायम रहने
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव कायमै
आज तराईका केही भूभागमा बिहानपख हुस्सु लाग्ने
आज तराईका अधिकांश क्षेत्रमा हुस्सुको प्रभाव, चिसो बढ्ने क्रम जारी
आज तराईका केही स्थानमा हुस्सु लाग्ने
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
